सांसद साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

   बैशाख १६, २०८३       admin

काठमाडौ,१६ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत साम्पाङले सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहले नैतिक रूपमा पद छाड्नुपर्ने बताएका हुन्।

उनले सुकुमवासी बस्तीमा डोजर चलाउने निर्णयलाई लिएर सरकारमाथि प्रश्न उठाउँदै न्यूनतम मानवता नदेखिएको टिप्पणी गरेका छन्।

साम्पाङले अन्तर्राष्ट्रिय स्तरमै यस विषयमा चासो र आलोचना बढेको दाबी गर्दै यसलाई देशकै प्रतिष्ठासँग जोडिएको विषय भएको बताएका छन्।

सरकारले सुकुमवासी बस्ती हटाउने अभियान सञ्चालन गरेपछि यस विषयमा राजनीतिक र सामाजिक रूपमा विरोध बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले वृद्धि

   बैशाख १६, २०८३       admin

दाङ,१६ वैशाख । सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभागले बुधबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा समायोजन गरिएको जनाएको हो।

सूचनाअनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गका मालवाहक तथा तराईका मालवाहक सवारीमा समान ५/५ प्रतिशतले भाडा वृद्धि गरिएको छ।

बढेको भाडा आजैदेखि लागू भएको विभागले जनाएको छ। यो निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा गरिएको हो।

तर, विद्युतीय सवारीसाधनमा भने यो भाडा वृद्धि लागू नहुने विभागले स्पष्ट पारेको छ। विद्युतीय सवारीले भाडा बढाए कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यसअघि गत चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिष्ठानमा मुटु उपचार सेवा सुरु

   बैशाख १६, २०८३       admin

दाङ,१६ वैशाख । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु गरिएको छ।प्रतिष्ठानले दाङमै पहिलोपटक कोरोनरी एन्जियोग्राफी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिको नेतृत्वमा रहेको टोलीले इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गरेको हो।

डा. उप्रेतिका अनुसार हाल कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिस सेवा सञ्चालनमा ल्याइएको छ। यस प्रविधिबाट मुटुको रक्तनलीमा समस्या छ वा छैन भन्ने पत्ता लगाउन सहयोग पुग्नेछ।

प्रतिष्ठानमा क्याथेल्याब मेसिन उपलब्ध भइसकेकाले आगामी दिनमा हर्टअट्याक भएका बिरामीको एन्जियोप्लास्टी सेवा पनि सुरु गर्ने तयारी रहेको जनाइएको छ। यससँगै मुटुको इको सेवा समेत सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनचाँदीको मूल्यमा गिरावट

   बैशाख १६, २०८३       admin

दाङ,१६ वेशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर ४ हजार ९१४ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा पनि मूल्य घटेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देशभर १५ दिने पोषण लेखाजोखा अभियान सुरु

   बैशाख १६, २०८३       admin

काठमाडौं, १६ वैशाख। “समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार” भन्ने नारासहित देशभर पोषण लेखाजोखा अभियान सुरु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गर्न १५ दिने अभियान सञ्चालन गरिएको हो।

वैशाख १५ देखि सुरु भएको अभियान ७५३ वटै स्थानीय तहमा वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ। प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अभियानबाट कुपोषणको अवस्था पहिचान गरी लक्षित कार्यक्रम बनाउन आधार तयार हुनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुकुम्बासी बस्ती हटाउने मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

   बैशाख १६, २०८३       admin

काठमाडौ, १६ वैशाख। सरकारको सुकुम्बासी बस्ती हटाउने कदमविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। बहसका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजु चापागाईं लगायतले बस्ती हटाउने कार्यले आवास अधिकारसहितका मौलिक हक उल्लंघन गरेको बताएका छन्।

उनीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी जबर्जस्ती विस्थापन गर्नु गैरकानुनी भएको जिकिर गरेका छन्। प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारसँग लिखित जवाफ माग्दै कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले आवश्यक ठाने अन्तरिम आदेश जारी गर्न सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्दै

   बैशाख १६, २०८३       admin

काठमाडौ,१६ वैशाख । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता नियन्त्रण गर्न निक्षेप संकलन गर्ने गरेको छ ।

केन्द्रीय बैंकले बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। हाल बैंकिङ प्रणालीमा निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेपछि तरलता व्यवस्थापन गर्न यस्तो कदम चालिएको हो।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ। न्यूनतम १० करोड रुपैयाँबाट बोल गर्न पाइनेछ।

यस निक्षेप संकलन उपकरणको सावाँ र ब्याज २०८३ असार ३ गते भुक्तानी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज लुम्बिनीसहित चार प्रदेशमा तीव्र हावाहुरीको जोखिम: उच्च सर्तकता अपनाउन आग्रह

   बैशाख १६, २०८३       admin

दाङ,१६ वैशाख । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनीसहित देशका चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार बुधबार साँझदेखि लुम्बिनी, कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनीका बर्दिया, बाँके, दाङ र अर्घाखाँची , कोशीका मोरङ, मधेसका धनुषा र बारा तथा सुदूरपश्चिमका डडेलधुरा र डोटी आसपासका क्षेत्रमा यसको प्रभाव बढी रहनेछ।

विभागले साँझ ५:४५ बजेदेखि सुरु हुने हावाहुरी बिहीबार बिहानसम्म जारी रहने अनुमान गरेको छ। यससँगै मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने सम्भावना पनि रहेको छ।
हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने, कमजोर संरचना भत्किने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

यस अवधिमा घरबाहिर ननिस्कन, झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर छानो मजबुत बनाउन र अग्ला रुख तथा विद्युतका तार नजिक नबस्न आग्रह गरिएको छ। साथै मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सेना र प्रहरीले माग्यो सुकुम्बासी विवरण: अधिकार क्षेत्रबारे प्रश्न

   बैशाख १५, २०८३       admin

दाङ,१५ वैशाख ।देशका विभिन्न जिल्लामा सेना र प्रहरीले पालिकाहरूसँग सुकुमवासी तथा अव्यवस्थित बसोबासीको विवरण मागेपछि त्यसको औचित्यबारे बहस सुरु भएको छ।

नेपाली सेना र नेपाल प्रहरीले बर्दिया, बाँके, उदयपुर, दाङलगायतका स्थानीय तहबाट बस्ती, घरधुरी संख्या, बसोबास मिति र सम्पर्क विवरण माग गरेका छन्।

सेनाले सरकारको शासकीय सुधारअन्तर्गत १०० बुँदे कार्यसूची कार्यान्वयनका लागि विवरण आवश्यक भएको जनाएको छ भने प्रहरीले सुरक्षा व्यवस्थापन र तथ्यांक अद्यावधिकका लागि डाटा संकलन गरिएको बताएको छ।

सेना र प्रहरीले सिधै पालिकासँग विवरण माग्नु अधिकार क्षेत्रको दुरुपयोग भएको टिप्पणी हुदै आएको छ।

वरिष्ठ अधिवक्ता राजुप्रसाद चापागाईंले सुरक्षा निकायको यस्तो संलग्नता सान्दर्भिक नभएको भन्दै आ आफ्नो जिम्मेवारी सीमित राख्नुपर्ने बताएका छन्।

कतिपय स्थानीय तहले भने माग गरिएको विवरण उपलब्ध गराइसकेको र केहीले तयारी भइरहेको जनाएका छन्।

सुकुमवासी व्यवस्थापन र सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रणका नाममा सुरु गरिएको यो प्रक्रिया अहिले अधिकार र समन्वयबारे बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संविधान संसोधनको तयारीमा सरकार

   बैशाख १५, २०८३       admin

काठमाडौ,१५ वैशाख । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यलाई तीव्र बनाएको छ। बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले परामर्श प्रक्रिया अघि बढाएको हो।

कार्यदलले आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा कानुनविद्सँग विशेष छलफल गरेको छ। यसअघि हिजो संविधानविद्सँग पनि छलफल गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत १६ गतेको निर्णयअनुसार गठन गरिएको कार्यदलले विभिन्न सरोकारवालाबाट सुझाव संकलन गर्दै संविधान संशोधनसम्बन्धी ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology