स्थानीय शासन सुदृढीकरणका लागि प्रदेशस्तरीय सह–सृजना कार्यशाला

   बैशाख ०३, २०८३       admin

दाङ, वैशाख ३ । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना  कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ।
बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (PLGSP) को सहयोगमा संचालन कार्यक्रमको समन्वय लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्न नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। उनीहरूले विकास निर्माणका योजना तथा निर्णय प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न यस्ता सह–सृजना कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
कार्यक्रम प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रमका प्रबन्धक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव सुरेशचन्द्र आचार्यको अध्यक्षतामा तथा शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलको प्रमुख आतिथ्य्ता  एवम  गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष  विष्णु गिरी विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका १० पालिकाका प्रमुख/ उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा तथा विधान समिति सदस्य, गाउँपालिका महासंघ, नगरपालिका संघ, गैरसरकारी संस्था महासघ , सरोकारवालाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रदेश सुशासन विज्ञ डा. विष्णु विक, नागरिक संलग्नता कार्यक्रमका टिम लिडर डा. नहकुल केसी, क्षमता विकास विज्ञ डा. केशवराज आचार्य तथा सुप प्रदेश संयोजक केशव ढुंगेल सहजकर्ताको रुपमा रहेका छन ।
कार्यक्रमले स्थानीय तहमा नागरिक संलग्नता बढाउने उपाय, योजना निर्माणमा नागरिकको सहभागिता, पारदर्शिता अभिवृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको बेस संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरीले जानकारी दिए ।
कार्यक्रममा बेस संस्थाका महासचिव लोकजन चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सहजीकरण श्रमराम चौधरीले गरेका थिए ।


दुइदिनसम्म सञ्चालन हुने कार्यशालाले प्रदेश तथा स्थानीय तहबीच सहकार्य सुदृढ गर्दै सुशासन प्रवर्द्धनमा टेवा पुर्‍याउने, आबश्यक नीति निर्माण र कार्य योजना निर्माणमा सहयोग पुग्ने तथा बिधिमा सुधार हुने अपेक्षा गरिएको छ । कार्यक्रम सुदूर पश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका ३० वटा पालिकामा सञ्चालन भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हर्मुज जलमार्ग खोल्न चीनको आग्रह

   बैशाख ०३, २०८३       admin

काठमाडौ,३ वैशाख । चिनियाँ विदेशमन्त्री वाङ यीले अब्बास अराघची लाई हर्मुज जलमार्गमा सामान्य आवागमन पुनःस्थापित गर्न आग्रह गरेका छन्।

वाङले जलमार्गमा इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान गरिनुपर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय नेभिगेसनको स्वतन्त्रता पनि सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनले यो मार्ग खुला हुनु सबै देशको हितमा हुने बताए।

चीनले युद्धविराम कायम राख्दै वार्ता पुनः सुरु गर्न समर्थन गरेको पनि वाङले बताएका छन्।
यसअघि डोनाल्ड ट्रम्प ले हर्मुज जलमार्ग सधैंका लागि खोल्ने बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत विश्वका लागि यो आवश्यक कदम भएको उल्लेख गरेका छन्।

हर्मुज जलमार्ग विश्वको महत्त्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्छ। अमेरिका र इजरायल को आक्रमणपछि इरानले यस क्षेत्रमा नाकाबन्दी लगाएपछि विश्व बजारमा तेल–ग्यासको मूल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रवक्ता झाले अस्वीकार गरे समिति सभापति उम्मेदवारी

   बैशाख ०३, २०८३       admin

काठमाडौ, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले संसदीय समिति सभापति उम्मेदवार बन्न अस्वीकार गरेका छन्।

सिंहदरबारस्थित संसदीय दलको बैठकमा उनको नाम उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि प्रस्ताव गरिएको थियो। तर झाले आफू उम्मेदवार नबन्ने जानकारी गराएका हुन्।

बैठकमा बालेन शाह र रवि लामिछानेले उनको नाम प्रस्ताव गरेका थिए। स्रोतका अनुसार झा बैठकमा उपस्थित नभई जनकपुरधाममा रहेका छन्।

झाले अस्वीकार गरेपछि सो समितिको सभापति उम्मेदवारमा रहबर अन्सारीलाई अघि सार्ने निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानबाट नेपाली नागरिक झा रिहा

   बैशाख ०३, २०८३       admin

दाङ,३ वैशाख। इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत झा रिहा भएको जानकारी दिएका हुन्। झा इरानको मानार्थ महावाणिज्य दूतावास र कतारस्थित दूतावासको समन्वयमा सम्पर्कमा रहेको जनाइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार आवश्यक प्रक्रिया पूरा गरी उनलाई नेपाल फर्काउने तयारी भइरहेको छ। उदयपुरका झालाई चैत पहिलो साता तेल लिन जाने क्रममा हर्मुज नजिकको समुद्री क्षेत्रमा इरानी सुरक्षाकर्मीले पक्राउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चलिरहेको बसबाट खस्दा युवकको मृत्यु

   बैशाख ०३, २०८३       admin

रोल्पा,३ वैशाख । रोल्पामा गुडिरहेको बसबाट खस्दा एक युवकको मृत्यु भएको छ। रुन्टिगढी गाउँपालिका–७ खर्चेमा बुधबार बिहान भएको दुर्घटनामा २२ वर्षीय ओपीलाल घर्तीको मृत्यु भएको हो।

नेपाल प्रहरी का अनुसार बान्द्रेबाट दाङतर्फ जाँदै गरेको बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका घर्तीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लगिएको थियो। अस्पताल लगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

उक्त घटनामा २३ वर्षीय नबिन खड्का सामान्य घाइते भएका छन्। उनको उपचारपछि डिस्चार्ज गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा कीर्ते कागज बनाएर चोरीका मोटरसाइकल बेच्ने तीन पक्राउ

   बैशाख ०३, २०८३       admin

दाङ,३वैशाख। सरकारी छाप र दस्तखत कीर्ते गरी चोरीका मोटरसाइकल बेचबिखन गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुर–५ माछापुच्छ्रे टोलस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरूमा सल्यान बागचौर–२ का २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेका छन्।

वैशाख १ गते दिउँसो चोरीका मोटरसाइकल बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। खानतलासीका क्रममा नक्कली सरकारी छाप, सवारी दर्ता किताब र मोटरसाइकल बरामद भएपछि उनीहरू पक्राउ परेका हुन्।

बरामद सामग्रीमा विभिन्न नम्बरका सवारी दर्ता किताब, यातायात कार्यालयको डिजिटल छाप र एउटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि लिखत सम्बन्धी कसुरमा दाङ जिल्ला अदालत बाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीका पूर्व सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

   बैशाख ०२, २०८३       admin

दाङ,२ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत रहँदा शीतभण्डार निर्माणमा गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारमा सम्झौताअनुसार काम नगरी अधुरै छाड्दै भुक्तानी लिएको आरोप छ। सो क्रममा ७१ लाख ९७ हजार ९८० रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त रकम बराबर बिगो तथा जरिवाना माग गर्दै मुद्दा दायर गरिएको हो।

यस प्रकरणमा तत्कालीन सचिव अधिकारीसँगै वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्रलगायतलाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

   बैशाख ०२, २०८३       admin

काठमाडौ,२ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गराएको छ। प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी प्लेटफर्म पहिचान गरी बन्द गरिएको हो। उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार हालसम्म अधिकांश सेवा प्रदायकले १० हजारभन्दा बढी यस्ता एप तथा वेबसाइट बन्द गरिसकेका छन् भने नेपाल टेलिकमले मात्रै २१ हजारभन्दा बढी प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा यो कदम चालिएको हो। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत १०० कार्यसूचीअन्तर्गत सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको थियो। सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै यस्ता अवैध डिजिटल प्लेटफर्म पहिचान गरी बन्द गर्ने अभियान तीव्र बनाएको जनाएको छ।

कानुनी रूपमा पनि नेपालमा सट्टेबाजी निषेधित छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन पाइँदैन र उल्लंघन गरेमा रकम जफतसहित एक वर्षसम्म कैद तथा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ। त्यस्तै विज्ञापन ९नियमन गर्ने० ऐन, २०६६ ले समेत जुवा वा सट्टेबाजी प्रवर्द्धन गर्ने विज्ञापनमा रोक लगाएको छ।

प्राधिकरणले नागरिकलाई यस्ता अवैध गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। सरकारले पनि सट्टेबाजी एप वा वेबसाइट सञ्चालन तथा प्रयोग नगर्न चेतावनी दिँदै उल्लंघन भए कडा कानुनी कारबाही हुने जनाएको छ। साथै, शंकास्पद डिजिटल प्लेटफर्मबारे सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बँदेल ठानेर गोली हान्दा किशोरको मृत्यु

   बैशाख ०२, २०८३       admin

दाङ,२ वैशाख । जंगलमा बँदेल ठानेर चलाइएको गोली लाग्दा एक किशोरको मृत्यु भएको छ। प्युठानको
गौमुखी गाउँपालिका–४ स्थित चुपाल सामुदायिक वनमा चैत २९ गते १९ वर्षीय सुशिल परियारमाथि गोली लागेको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा सँगै रहेकी १८ वर्षीया किशोरी घाइते भएकी छन्। उनको लुम्बिनी सिटी हस्पिटल मा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको जनाइएको छ।

प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जना शिकार खेल्न जंगल गएका थिए। सो क्रममा जंगली जनावर ठानेर चलाइएको गोली लाग्दा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संघीय समितीका सभापतिको निर्वाचन ४ गते

   बैशाख ०२, २०८३       admin

काठमाडौ,२ वैशाख । प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन वैशाख ४ गते हुने भएको छ।

संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। कार्यक्रमअनुसार बिहीबार दिउँसो १ देखि ४ बजेसम्म सम्बन्धित समितिका सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ।

सचिव हर्कराज राई का अनुसार प्रस्ताव दर्ता गर्दा एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य हुनुपर्नेछ। सोही दिन ४ः३० बजेसम्म दर्ता भएका प्रस्तावहरूको सूची सार्वजनिक गरिनेछ।

शुक्रबार दिउँसो १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्ताव पेश, समर्थन र त्यसपछि निर्णयार्थ प्रस्तुत गरिनेछ। एकभन्दा बढी समितिमा सदस्य रहेका मन्त्रीहरूले मतदान गर्नुपर्ने भएमा २४ घन्टाअघि जानकारी गराउन सचिवालयले अनुरोध गरेको छ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र दुई संयुक्त समिति रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology