बलात्कार आरोपमा एक जना पक्राउ

   चैत २५, २०८२       admin

धनगढी,२५ चैत । बलात्कारको आरोपमा कैलालीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनचाँदीको मूल्यमा वृद्धि

   चैत २५, २०८२       admin

दाङ,२५चैत। बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य सार्वजनिक गरेको हो । आज सुनको मूल्य प्रतितोला सात हजार २०० रुपैयाँले बढेको छ । नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आजको वृद्धिसँगै सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ ।

चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा बढेको छ । चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदी प्रतितोला चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो । आजको वृद्धिले बजारमा चाँदी पनि महँगिएको देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण मूल्य समायोजन गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सेवाग्राहीलाई सास्ती दिने कर्मचारी पक्राउ

   चैत २५, २०८२       admin

सल्यान,२५ चैत । सल्यानमा सेवाग्राहीलाई सास्ती दिने कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत सुब्बा निरज परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

परियारलाई सोमबार साँझ पक्राउ गरिएको थियो । मंगलबार अदालतमा उपस्थित गराइ उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

उनिमाथि सेवाग्राहीलाई दुःख दिने, मुद्दा मिलाइदिने भन्दै आर्थिक लेनदेनको बार्गेनिङ गर्ने तथा फेक च्याट तयार गर्ने आरोप लागेको छ । हाल उनीमाथि ठगी तथा साइबर अपराध कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चैत २१ गते जेनजी अगुवा युवराज खड्काले सामाजिक सञ्जालमार्फत गम्भीर आरोप सार्वजनिक गरेका थिए । उनले प्रशासन कार्यालयमै बसेर सेवाग्राहीलाई सास्ती दिने र आर्थिक चलखेल हुने गरेको दाबी गरेका छन् ।

त्यसको भोलिपल्ट उनले आफूलाई नै जोडेर फेक फेसबुक च्याट बनाइएको आरोप पनि लगाएका छन् । झुटा सामग्री बनाएर चरित्र हत्या गरिएको उनको भनाइ छ ।

यसैबीच, परियारले घुस मागेको भनिएको अडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । अडियोमा रकम दिए मुद्दा मिलाइदिने आशयका कुरा सुनिन्छन्, तर सम्बन्धित व्यक्ति र मुद्दा खुलाइएको छैन ।

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको बताएका छन् । दोषी जो भए पनि कानुनी दायरामा ल्याइने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा अवैध नदीजन्य पदार्थ ओसारपसारमा १३ ट्र्याक्टर कारबाही

   चैत २४, २०८२       admin


दाङ ,२४ चैत । जिल्ला प्रहरी कार्यालय दाङले अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न १३ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ।

प्रहरीका अनुसार चैत १७ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ती ट्र्याक्टर पक्राउ गरिएको हो। ढुंगा, बालुवा र गिट्टीजस्ता नदीजन्य पदार्थ अवैध रूपमा ओसारपसारमा प्रयोग भएका सवारीसाधनलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ।


उक्त अवधिमा ३ लाख ५९ हजार ५७ रुपैयाँ जरिवाना गरिएको पनि जानकारी दिइएको छ। प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नगर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधि विरुद्ध निगरानी कडा बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एउटै विद्यालयमा पटक–पटक भर्ना शुल्क लिन नपाइने

   चैत २४, २०८२       admin

दाङ,२४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एकपटक भर्ना भइसकेपछि पटक–पटक भर्ना शुल्क लिन नपाइने स्पष्ट गरेको छ।

मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि विद्यार्थी भर्ना गर्ने तथा अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ। केही निजी विद्यालयले ‘एन्युअल फी’ शीर्षकमा चर्को शुल्क लिएको गुनासो आएपछि यस्तो कडाइ गरिएको हो।

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ स्थानीय तहलाई विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ।

मन्त्रालयका अनुसार शैक्षिक सत्र सुरू नहुँदै भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर शुल्क लिने तथा कक्षा बढ्दा पनि पटक–पटक भर्ना शुल्क लिने कार्य गैरकानुनी हो।
‘शिक्षा नियमावली, २०५९’ अनुसार शैक्षिक सत्र सुरू नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

साथै नियमविपरीत उठाइएको अग्रिम शुल्क तत्काल फिर्ता गराउन पनि निर्देशन दिइएको छ। निर्देशन अवज्ञा गर्ने विद्यालयलाई कानुनअनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतमा ९ प्रहरीलाई मृत्युदण्ड

   चैत २४, २०८२       admin

काठमाडौं,२४ चैत भारतको अदालतले कोभिड–१९ महामारीका बेला हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार तमिलनाडुस्थित मदुराईका जिल्ला अदालतले व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई दोषी ठहर गरेको हो।
प्रहरी हिरासतमा रहेका उनीहरूलाई क्रूर यातना दिएर हत्या गरिएको जनाइएको छ।

मिडिया रिपोर्टअनुसार मोबाइल पसल सञ्चालन गर्दै आएका बाबुछोरालाई लकडाउनका क्रममा तोकिएको समयभन्दा बढी पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो।

घटनापछि तमिलनाडु सरकारले अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिएको थियो। सीबीआईले ९० दिनभित्र अनुसन्धान पूरा गर्दै नौ जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको थियो।

सुनुवाइका क्रममा ५० भन्दा बढी साक्षीको बयान लिइएको र घटनाले जनभावनामा गम्भीर असर पारेको भन्दै कडा सजायको माग गरिएको थियो।

अदालतले अभियुक्तहरूलाई हत्या तथा प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरेको जनाएको छ।
भारतमा यसअघि पनि गम्भीर आपराधिक घटनामा मृत्युदण्डका सजाय सुनाइँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा थप ६ दिन सार्वजनिक बिदा

   चैत २४, २०८२       admin

दाङ, २४ चैत । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले दिएको बिदा बाहेक थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा थप गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव लोकमणी पाण्डेले जानकारी दिएका छन्।

उनका अनुसार हरितालिका तीज (भदौ २९), कोजाग्रत पूर्णिमा (कात्तिक ८), माघी (माघ २), प्रदेश स्थापना दिवस (माघ २१), बसन्त पञ्चमी (माघ २८) तथा भूम्या, वडका अत्तवारी, भगती जात्रा र मगर दिवस (फागुन १५) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
यससम्बन्धी जानकारी मन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मन्त्रिपरिषद् बैठकमा एजेन्डा सार्वजनिक भएन

   चैत २४, २०८२       admin

काठमाडौ,२४ चैत । प्रधानमन्त्री बालेन शाहले मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय गरिएको छ।

बैठकका कारण गृहमन्त्री सुदन गुरुङको बीपी राजमार्गअन्तर्गत रोशी खोलासम्म पुग्ने भनिएको निरीक्षण कार्यक्रम स्थगित भएको छ।

बैठकका एजेन्डाबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओली र लेखकलाई २६ गते रिहा गर्न सर्वोच्चको आदेश

   चैत २४, २०८२       admin


काठमाडौ,२४चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतबाट मुक्त गर्न परमादेश जारी गरेको छ।
जिल्ला अदालत काठमाडौंले दिएको पाँच दिनको म्याद समाप्त भएपछि उनीहरूलाई रिहा गर्न आदेश दिइएको हो।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि अब म्याद थप नगर्न स्पष्ट निर्देशन दिएको थियो।

उनीहरूलाई २३–२४ भदौमा भएको ‘जेन–जी आन्दोलन’मा दमन गरेको आरोपमा १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मध्यपूर्वमा ८८ हजार नेपालीको विवरण संकलन

   चैत २३, २०८२       admin

काठमाडौं,२३ चैत। मध्यपूर्वमा जारी द्वन्द्वका बीच हालसम्म ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयमार्फत द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न तथ्यांक संकलन कार्य जारी रहेको बताए। उनका अनुसार प्रारम्भिक चरणमा हटलाइनमा धेरै फोन आए पनि अहिले त्यस्तो दबाब घटेको छ।

“अहिले आउने फोनहरू असुरक्षाभन्दा पनि भिसा सकिएको वा अन्य नियमित समस्यासँग सम्बन्धित छन्,” उनले भने, “त्यहाँ रहेका नेपालीहरूले आफूलाई सुरक्षित नै महसुस गरिरहेको प्रतिक्रिया आएको छ।”

नेपालीहरूको सहज फिर्तीका लागि नेपाल एयरलाइन्सले दुबई तथा साउदी अरेबियामा नियमित उडान सञ्चालन गरिरहेको र अन्य देशबाट साउदीमार्फत ल्याउने व्यवस्था मिलाइएको उनले बताए।

द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाल आयल निगम गम्भीर घाटामा जाने अवस्था रहेको मन्त्री खनालले बताए। पछिल्लो विश्लेषणअनुसार १५ दिनमै करिब १७ अर्ब रुपैयाँ घाटा हुने देखिएको छ।

इन्धन खपत घटाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने र विद्यालयको शैक्षिक सत्र ढिलो सुरु गर्ने निर्णयसमेत गरिसकेको उनले जानकारी दिए। साथै द्वन्द्वको असर मल, कच्चा पदार्थ र रेमिट्यान्समा समेत पर्न सक्ने भन्दै सरकार अध्ययनमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology