ओली र लेखकलाई २६ गते रिहा गर्न सर्वोच्चको आदेश

   चैत २४, २०८२       admin


काठमाडौ,२४चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतबाट मुक्त गर्न परमादेश जारी गरेको छ।
जिल्ला अदालत काठमाडौंले दिएको पाँच दिनको म्याद समाप्त भएपछि उनीहरूलाई रिहा गर्न आदेश दिइएको हो।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि अब म्याद थप नगर्न स्पष्ट निर्देशन दिएको थियो।

उनीहरूलाई २३–२४ भदौमा भएको ‘जेन–जी आन्दोलन’मा दमन गरेको आरोपमा १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मध्यपूर्वमा ८८ हजार नेपालीको विवरण संकलन

   चैत २३, २०८२       admin

काठमाडौं,२३ चैत। मध्यपूर्वमा जारी द्वन्द्वका बीच हालसम्म ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयमार्फत द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न तथ्यांक संकलन कार्य जारी रहेको बताए। उनका अनुसार प्रारम्भिक चरणमा हटलाइनमा धेरै फोन आए पनि अहिले त्यस्तो दबाब घटेको छ।

“अहिले आउने फोनहरू असुरक्षाभन्दा पनि भिसा सकिएको वा अन्य नियमित समस्यासँग सम्बन्धित छन्,” उनले भने, “त्यहाँ रहेका नेपालीहरूले आफूलाई सुरक्षित नै महसुस गरिरहेको प्रतिक्रिया आएको छ।”

नेपालीहरूको सहज फिर्तीका लागि नेपाल एयरलाइन्सले दुबई तथा साउदी अरेबियामा नियमित उडान सञ्चालन गरिरहेको र अन्य देशबाट साउदीमार्फत ल्याउने व्यवस्था मिलाइएको उनले बताए।

द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाल आयल निगम गम्भीर घाटामा जाने अवस्था रहेको मन्त्री खनालले बताए। पछिल्लो विश्लेषणअनुसार १५ दिनमै करिब १७ अर्ब रुपैयाँ घाटा हुने देखिएको छ।

इन्धन खपत घटाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने र विद्यालयको शैक्षिक सत्र ढिलो सुरु गर्ने निर्णयसमेत गरिसकेको उनले जानकारी दिए। साथै द्वन्द्वको असर मल, कच्चा पदार्थ र रेमिट्यान्समा समेत पर्न सक्ने भन्दै सरकार अध्ययनमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देवचुलीमा पुरुष मृत भेटिए, श्रीमती गम्भीर घाइते

   चैत २३, २०८२       admin

काठमाडौ,२३ चैत । नवलपरासीको देवचुली नगरपालिका–१६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा भेटिएकी छन्।

स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा धारिलो हतियार प्रहार भएजस्तो चोटसहित मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी ७० वर्षीया श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएकी छन्। प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार उनलाई उपचारका लागि चितवन पठाइएको छ।

प्रहरीका अनुसार दम्पती मात्रै घरमा बस्दै आएका थिए भने उनका छोराबुहारी छुट्टै बस्दै आएका थिए।

घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

   चैत २३, २०८२       admin

दाङ,२३ चैत । प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश सर्वसम्मत रूपमा स्वीकृत भएका छन्।

आज बसेको बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरेको हो।

बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेशहरू स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती अध्यादेश अस्वीकार गर्ने कुनै सूचना प्राप्त नभएको जानकारी गराएका थिए।

यसैबीच, बैठकले रामचन्द्र भट्टराईको निधनप्रति शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २४ गते मंगलबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

   चैत २३, २०८२       admin

काठमाडौं,२३चैत। राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित घोषणा गरेको हो।

राष्ट्रियसभामा सहभागी दलहरुबीचको सहमति अनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनका प्रस्तावक एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुन्।

भण्डारीको निर्वाचितमा समर्थन नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाहले जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक महिनामा २३ स्थानमा बर्डफ्लुः एकलाख बढि कुखुरा नष्ट

   चैत २३, २०८२       admin

दाङ,२३चैत । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए। यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन ।

यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ । उनले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए ।

उनका अनुसार ती स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ । काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो । सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा दाहालले बताए ।

“बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,” उनले भने, “हामीले बर्डफ्लु रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमूनामा बर्डफ्लुको सङ्क्रमण देखिएको छैन ।”

सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिपूर्ति किसानलाई उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नाइजेरिया अपहरणमा परेका ३१ जनाको उद्धार

   चैत २३, २०८२       admin


काठमाडौँ,२३चैत । नाइजेरियाको सैनिक बलले कादुना राज्यको उत्तरपश्चिमी क्षेत्रमा ईस्टर पर्वको अवसरमा अपहरण गरिएका ३१ जनालाई उद्धार गरेको घोषणा गरेको छ । कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

क्यालेब बावा माआजीका अनुसार, स्थानीय क्याथोलिक र इभान्जेलिकल चर्चहरूमा आक्रमण भएको थियो । अपहरणको घटना अबुजाबाट करिब १०० किलोमिटर उत्तरमा रहेको अरिको गाउँमा घट्यो । यसअघि पुलिस प्रमुखले ईस्टर पर्वको अवसरमा पूजा स्थलहरूमा ‘व्यापक सुरक्षा व्यवस्था’ गर्न आदेश दिएका थिए ।

सैनिक बलका अनुसार, द्रुत प्रतिक्रियामार्फत आतंककारी आक्रमण असफल पार्दै ३१ जनालाई उद्धार गरिएको हो । सैनिकहरूले आक्रमणकारीसँग गोलीबारी गरेको र त्यसपछि अपहरणकर्ताहरूले होस्टेज छोड्न बाध्य भएको जनाएको छ । घटनामा कम्तीमा पाँचजनाको मृत्यु भएको छ, तर माआजी अनुसार सातजनाको मृत्यु भएको थियो ।

जनवरीमा कादुनामा तीन चर्चमा १७० भन्दा बढी व्यक्तिहरू अपहरणमा परेका थिए । तीमध्ये ८० जना भाग्न सफल भए र बाँकीको तीन हप्तापछि वार्तापश्चात रिहाइ भएको थियो ।

कादुना उत्तरपश्चिमी र मध्य नाइजेरियाका केही राज्यहरूमा वर्षौंदेखि अपराधी गिरोह ९ब्यान्डिट्स०ले समुदायहरूमा आक्रमण गरी अपहरण गर्ने गतिविधि जारी छ । यद्यपि, यी ब्यान्डिटहरू प्रायः आर्थिक लाभका लागि हिंसा गर्छन्, उनीहरू पूर्वोत्तरका जिहादी समूहहरूसँग पनि सहकार्य गर्दै आएका छन् । सैनिकले प्रयोग गरेको ‘आतंककारी’ शब्द जिहादी वा ब्यान्डिटलाई जनाउँछ कि भन्ने स्पष्ट छैन ।

यसैबीच, नाइजेरियाली सेना जाम्फारा राज्यमा ६५ ब्यान्डिट मारिएको रिपोर्ट पनि सार्वजनिक भएको छ । यो आक्रमण अपहरण भएको क्षेत्रमा होइन, तर सैनिक बलले त्यहाँ ‘महत्त्वपूर्ण सफलता’ हासिल गरेको जनाएको छ ।

नाइजेरियामा हिंसा बढ्दै गएपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँका क्रिश्चियनहरूमाथि भएको ‘हत्याकाण्ड’ बारे ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन–चाँदीको मूल्य घट्यो

   चैत २३, २०८२       admin

काठमाडौ,२३ चैत । आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुन प्रतितोला २ हजार ६०० रुपैयाँले घटेर आज २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा समेत मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्व प्रदेश सांसद शर्मा थुनामुक्त

   चैत २३, २०८२       admin

काठमाडौ,२३ चैत। काठमाडौँ जिल्ला अदालतले बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी पूर्व प्रदेश सांसद रेखा शर्मालाई थुनामुक्त गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै यस्तो आदेश दिएको हो।

शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालय पाटनले प्रमाण अभावमा मुद्दा नचलाउने निर्णय गरिसकेका थिए।

उक्त निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरिसकेको अवस्थामा प्रतिवादीलाई थुनामा राखिरहनु आवश्यक नभएको अदालतले ठहर गरेको हो।

शर्माको पक्षमा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु जवालेलीले बहस गरेका थिए।

अदालतको आदेशअनुसार उनलाई हिरासतबाट मुक्त गरी अनुसन्धान प्रक्रिया भने जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यातायात कार्यालयमा बिचौलिया प्रवेशमा रोक

   चैत २३, २०८२       admin

दाङ,२३ चैत । तुलसीपुर यातायात कार्यालयमा बिचौलियाविरुद्ध कडाइ, प्रत्यक्ष सेवा प्रणाली लागू
यातायात व्यवस्था कार्यालय तुलसीपुरले सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउन बिचौलियाको चलखेल रोक्ने उद्देश्यसहित कडाइ सुरु गरेको छ।

कार्यालयले सूचना जारी गर्दै सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा दिने व्यवस्था लागू गरिएको जनाएको छ। यससँगै कार्यालय परिसरभित्र बिचौलिया प्रवेशमा रोक लगाइएको छ।

विगतमा लेखापढी व्यवसायी तथा बिचौलियाको हस्तक्षेपका कारण सेवाग्राहीले अनावश्यक दुःख पाएको र भ्रष्टाचारजन्य गतिविधि बढेको गुनासो आएपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

यातायात व्यवस्था विभाग र सम्बन्धित मन्त्रालयको परिपत्रअनुसार कार्यालयले निगरानी तथा कडाइ बढाएको हो।

अब कार्यालयभित्र कर्मचारी बाहेक अन्य अनधिकृत व्यक्तिको प्रवेश निषेध गरिएको छ। इजाजतप्राप्त लेखापढी व्यवसायीले भने कार्यालय परिसर बाहिरबाट मात्र मर्यादित रूपमा सेवा दिनुपर्ने व्यवस्था गरिएको छ।

सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ। सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ। साथै, सेवा लिँदा कुनै समस्या वा अवाञ्छित गतिविधि भएमा सिधै कार्यालय प्रमुख वा सूचना अधिकारीलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology