दाङ,२१ चैत । राप्ती गाउँपालिका–४ गोलिनालामा एक किशोरको हत्या प्रकरणमा संलग्न एक युवतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको नेतृत्वमा खटिएको टोलीले घटना भएको २४ घण्टा नबित्दै उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दिप वली, राप्ती गाउँपालिकाका १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले उनीहरूलाई प्रमाणसहित नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
प्रहरीका अनुसार बिहीबार राति राप्ती गाउँपालिका–२ बराखुट्टीका १६ वर्षीय स्मित प्रधानको हत्या गरी शव वडा नं। ४ गोपीनालास्थित दोलई खोलानजिकको नालामा फालिएको अवस्थामा फेला परेको थियो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको आशंका गरिएको छ।
यस घटनामा एक किशोर घाइते अवस्थामा भेटिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ चैत । यूएईको आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात जना नेपाली घाइते भएका छन्। घटनामा १२ जना घाइते भएकामा सात जना नेपाली परेका हुन्। घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ।
अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ। घटनामा घाइते हुने अरु पाँच जना भारतीय नागरिक हुन्। घाइतेहरूको उपचार भइरहेको छ।
यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ। ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२१ चैत । प्रहरीले यात्रुलाई दुःख र सास्ती दिने १८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति त्रिभुवन विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिसन खाने १८ जनालाई पक्राउ गरिएको हो ।
तीमध्ये १० जना यात्रुहरूसँग कमिसन लिने तथा यात्रुहरूलाई दुर्व्यवहारमा संलग्न रहेको पाइएको प्रवक्ता भट्टराईले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२० चैत । परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज (शुक्रबार)देखि तीन दिन विशेष उडान सञ्चालन गर्ने भएको छ।
मन्त्रालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म नेपाल एयरलाइन्समार्फत युएईको दुबई र साउदी अरबको दमाममा विशेष उडान गरिनेछ। पहिलो उडान शुक्रबार राति ११ः१५ बजे काठमाडौँबाट दुबईका लागि प्रस्थान गर्नेछ भने सोही विमान शनिबार बिहान स्थानीय समय अनुसार ४ः१० बजे काठमाडौँ फर्किनेछ।
यसैगरी अर्को उडान आइतबार बिहान ८ः३० बजे काठमाडौँबाट दमामका लागि हुने र सोही दिन दिउँसो १२ः२० बजे दमामबाट काठमाडौँ फर्कने तालिका रहेको छ।
नेपाल एयरलाइन्सकी सहायक प्रवक्ता कल्पना काफ्लेका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अलपत्र परेका तथा आवतजावत गर्न नसकेका नेपालीलाई लक्षित गर्दै विशेष उडान गर्न लागिएको हो।
उनले आवश्यक कागजात पूरा गरेका जो कोही यात्रुले यी उडानमार्फत यात्रा गर्न सक्ने बताइन्। विशेषगरी टिकट भएर पनि आउन नसकेका तथा अप्ठेरोमा परेका नेपालीलाई प्राथमिकता दिइने जनाइएको छ।
यात्रुको सङ्ख्याअनुसार सानो वा ठूलो विमान पठाइने नेपाल एयरलाइन्सले जनाएको छ। निगमका अनुसार सानो विमानमा १५८ र ठूलो विमानमा २७४ यात्रु अट्ने क्षमता रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० चैत । दाङमा कुटपिटबाट एकजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन् । सामाजिक संजाल फेसबुक मार्फत बोलाएर भेट्न् गएका उनीहरू माथि कुटपिट भएको थियो।
कुटपिटबाट राप्ती गाउँपालिका–२ बह्राखुट्टीका १७ वर्षीय स्मिथ प्रधान मृत फेला परेका हुन्। उनीसँगै रहेका राप्ती गाउँपालिका–१ पाँखापानीका १६ वर्षीय आयुशमान थापा मगर घाइते भएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूलाई फेसबुक मेसेन्जरमार्फत ‘देबीसरा गाहा’ र ‘स्वस्तिका रानामगर’ नामका आइडीबाट भेट्न बोलाइएको थियो। त्यसपछि दुवै जना घरबाट निस्किएका थिए।
प्रहरीका अनुसार उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि दुई महिला र दुई पुरुष अपरिचित व्यक्तिहरूले कुटपिट गरेका थिए। कुटपिटबाट आयुशमानको शरीरका विभिन्न भागमा चोट लागेको छ भने स्मिथको ज्यान गएको हो।
घटनापछि आयुशमान राति करिब ३ बजे आफन्तको घर पुगेका थिए। उनलाई उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनिया लगिएको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिसहनियामा बिहान जानकारी पुगेपछि प्रहरी टोली खटिएको थियो। खोजतलासका क्रममा घटनास्थलदेखि करिब १.५ किलोमिटर पूर्वतर्फ दोलई खोलाको सुख्खा नालामा टाउकोमा चोट लागेको अवस्थामा स्मिथको शव फेला परेको हो।
घटनामा संलग्नहरू फरार रहेका छन् र उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२० चैत । निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधन गर्न सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा चार हजारभन्दा बढी प्रश्नको उत्तर दिइएको जनाएको छ।
आयोगका अनुसार गत माघ ५ गतेदेखि सञ्चालनमा आएको उक्त सेवामार्फत बिहीबारसम्म टेलिफोन र भ्वाइस मेल गरी कुल ४ हजार ३८ जिज्ञासा सम्बोधन गरिएको छ। प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये मतदाता नामावलीसँग सम्बन्धित १ हजार ९ सय ५८, निर्वाचन आचारसंहितासम्बन्धी ३ सय ८६, मतदाता शिक्षासम्बन्धी १ सय ५७ र अन्य १ हजार १ सय ११ जिज्ञासा रहेका छन्। कुल जिज्ञासामध्ये ४ सय २६ ‘भ्वाइस मेल’ रहेका छन्।
आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका सबै वडामा स्वयंसेवक परिचालन गरी घरदैलोमै पुगेर मतदान प्रक्रिया र मताधिकारको महत्वबारे जानकारी दिइरहेको जनाएको छ।
त्यसैगरी, विद्युतीय माध्यमबाट मतदाता शिक्षा प्रवर्द्धन गर्न आयोगले ४ सय ७० वटा सामग्री तयार गरी आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। यस्ता सामग्रीले चुनावबारे सही सूचना प्रवाह गर्न तथा भ्रमपूर्ण जानकारी न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास आयोगले लिएको छ।
आयोगका अनुसार चुनावका लागि आवश्यक मतपत्र तथा सामग्री सातै प्रदेशका सबै जिल्लामा पुर्याइसकिएको छ। साथै, १ लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम गरिएको र उनीहरूका लागि देशभर १ सय ४३ अस्थायी मतदान केन्द्र तोकिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका छन्। राप्ती उपत्यकामा आयोजित ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा उनलेे यस्तो बताएका हुन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले शुक्रबार आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले केही सहकारी संस्थाहरूको खराब नियतका कारण समग्र सहकारी क्षेत्र बदनाम भइरहेको उल्लेख गरे। त्यस्ता संस्थामाथि नियमन कडाइका साथ भइरहेको उनले स्पष्ट पारे।
मुख्यमन्त्री आचार्यले सहकारीहरू सर्वसाधारण नागरिकका लागि महत्वपूर्ण आर्थिक सहारा बनेको उल्लेख गर्दै साना–तिना आर्थिक आवश्यकता सहकारीमार्फत सहज रूपमा पूरा भइरहेको बताए। साथै प्रदेश सरकारले ल्याउने बजेट बराबरकै पुँजी सहकारीमार्फत परिचालन भइरहेको भन्दै प्रदेशको समृद्धिमा सहकारीको योगदान उल्लेखनीय रहेको बताए।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रोत्साहन र नियमन दुवै पक्षमा काम भइरहेको जानकारी दिए। प्रमुख सचिव कृष्णप्रसाद काप्रीले असल अभ्यासलाई आत्मसात गर्दै समस्या आउन नदिन एकीकृत रूपमा काम गर्नुपर्ने धारणा राखे।
मन्त्रालयका अनुसार प्रदेशमा हाल ८ सय ४८ सहकारी संस्था रहेका छन्। तीमध्ये ३३ वटा सहकारीविरुद्ध उजुरी परेको छ भने ८ वटाविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ। १२ वटा सहकारीमाथि थप अनुसन्धानका लागि प्रहरीमा पठाइएको छ भने केही सहकारीसँग बचत फिर्ताका लागि सम्झौता गरिएको छ।
पाँच सहकारी पुरस्कृत
यसै अवसरमा विभिन्न चार विधामा पाँच सहकारी संस्थालाई जनही २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। बचत तथा ऋणतर्फ किसान कमैया कल्याण र राप्ती विश्वासी, बहुउद्देश्यीयतर्फ पश्चिम नेपाल यातायात, उत्पादकतर्फ उत्कृष्ट साना किसान कृषि तथा उपभोक्तातर्फ तुलसी उपभोक्ता सहकारी संस्था पुरस्कृत भएका छन्।
कार्यक्रममा सहकारी क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउन ऐन–कानुन समयानुकूल संशोधन गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२० चैत । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीहरूले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश पठाएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि ९.५ प्रतिशत मात्र थियो।
केन्द्रीय बैंकका अनुसार गएको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको यही महिनामा भने १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको थियो।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० चैत । दाङमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। दाङको शान्तिनगर गाउँपालिका–४ बैसामा एक महिलामाथि खुकुरी प्रहार भएको हो। घटनामा २८ वर्षीया आशा खड्का गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार बिहीबार छिमेकी ४५ वर्षीय तिलकराम घर्तीले खुकुरी प्रहार गरेका हुन्। आन्तरिक विवाद (आलीसाँधी) का कारण भएको उक्त घटनामा खड्काको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
गम्भीर घाइते खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
यसै घटनामा खड्काकी ७ वर्षीया छोरी आयुसा र २२ वर्षीया देउरानी समीक्षा पनि घाइते भएका छन्। उनीहरूको राप्ती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।
खुकुरी प्रहार गर्ने घर्ती फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार घर्ती पूर्व सुरक्षाकर्मी समेत रहेको बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१९ चैत । नेपाल विद्युत प्राधिकरणअन्तर्गत तुलसीपुर वितरण केन्द्रले देशभर मिटर रिडिङ प्रणालीमा समस्या देखिएको जनाएको छ।
वितरण केन्द्रका अनुसार समस्या देखिएसँगै मिटर रिडिङ कार्य प्रभावित भएको छ भने बिलिङ प्रक्रियामा समेत ढिलाइ हुन सक्ने बताइएको छ।
प्राधिकरणले समस्या समाधान नहुँदासम्मका लागि ग्राहकहरूलाई वैकल्पिक रूपमा सहकार्य गर्न आग्रह गरेको छ।
जसअनुसार ग्राहकहरूले आफ्नै मिटरमा देखिएको अंक स्पष्ट देखिने गरी फोटो वा भिडियो खिची कार्यालयमा बुझाउन तथा ग्राहक परिचय खुल्ने कागजात (बिल वा ग्राहक आईडी) सहित सम्पर्क गर्न अनुरोध गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस