दाङ,१३ चैत । गायिका तथा पूर्वसांसद कोमल वली पितृशोकमा परेकी छन्। उनका पिता ललितबहादुर वलीको शुक्रबार तुलसीपुरस्थित आफ्नै निवासमा निधन भएको हो। छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षको उमेरमा उनको मृत्यु भएको जनाइएको छ।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको निधनबारे जानकारी दिएकी हुन्। पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि तुलसीपुरस्थित निवासमा राखिएको छ।
वली दाङको साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। उनका ‘दर्पण’ र ‘मातृभूमि’ जस्ता कृति प्रकाशित छन् भने केही गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ चैत । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेका निर्णयको स्वागत गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत उच्चस्तरीय आर्थिक सुझाव आयोगले खारेज गर्न सिफारिस गरेका १५ वटा असान्दर्भिक ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाउने वाग्लेको निर्णय सकारात्मक सुरुआत भएको बताएका हुन्।
“आयोगले सिफारिस गरेका असान्दर्भिक ऐनहरू खारेज गर्न प्रक्रिया अघि बढाउने अर्थमन्त्रीको पहिलो निर्णयले शुभारम्भको संकेत गरेको छ,” उनले उल्लेख गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ चैत । अमरेशकुमार सिंहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पद अस्वीकार गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई मन्त्रीका रूपमा प्रस्ताव गरेको थियो। सर्लाही–४ बाट निर्वाचित सिंहले परराष्ट्रमन्त्री दाबी गरेका थिए।
तर उद्योगमन्त्री प्रस्ताव गरिएपछि उनले उक्त पद अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ।
यसपछि उद्योग मन्त्रालय वालेन्द्र साह (बालेन)ले आफैसँग राखेका छन्। प्रधानमन्त्री शाहले यसअघि नै रक्षा मन्त्रालय पनि आफैसँग राखेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१३ चैत । वालेन्द्र साह (बालेन)ले प्रधानमन्त्रीसँगै तीन मन्त्रालय आफैँसँग राखेका छन्।
उनले प्रधानमन्त्रीसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने भएका हुन्।
शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१३ चैत । वालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रामचन्द्र पौडेलले आज बिहान साहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल सरकार गठनको प्रक्रियाअन्तर्गत साह प्रधानमन्त्री नियुक्त भएका हुन्। नियुक्तिसँगै उनले आजै शपथ लिने तयारी गरेका छन्। शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा शपथग्रहण कार्यक्रम तय गरिएको छ।
शपथ समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने जनाइएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइने तयारी गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ चैत । तुलसीपुरमा श्रीमानबाटै श्रीमतीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–१९ की २७ वर्षीया कमला वलीको श्रीमानको कुटपिटबाट मृत्यु भएको हो।
घरायसी विवादका क्रममा ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ करिब ७ बजेतिर कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको प्रहरी निरीक्षक बावराम बस्नेतले जानकारी दिएका छन्।
घटनापछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। मृतक कमलाको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक सरकारी अधिकृत र एक बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध बिहीबार आरोपपत्र दर्ता गरेको जनाएको छ।
आयोगका अनुसार सवारी सरुवा सहमति मिलाइदिने नाममा सेवाग्राहीसँग रकम मागिएको भन्ने उजुरीपछि खटिएको टोलीले उनीहरूलाई ११ हजार ५०० रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा दुबैबीच समन्वय गरी सेवाग्राहीसँग रकम माग्ने तथा मोलमोलाइपछि घुस लिने सहमति भएको पुष्टि भएको आयोगले जनाएको छ। सोही योजनाअनुसार रकम लिएको प्रमाणित भएपछि कानुनी कारबाही अघि बढाइएको हो।
आयोगले अधिकृत भेटुवालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५०० रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरेको छ भने बिचौलिया पौडेलविरुद्ध पनि सोही ऐन अन्तर्गत समान बिगो कायम गरी कैद र जरिवाना सजायको माग गरिएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ चैत । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ।
मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–३ दमारखोलाका २१ वर्षीय बेदबहादुर बुढा रहेका छन्। उनी हाल दाङको पातेटाकुरामा बस्दै आएका थिए।
कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्काका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति रोल्पा गंगादेव गाउँपालिका–३ का करिब २५ वर्षीय चोपिलाल डाँगी हुन्।
घटनापछि डाँगीसहित अन्य केही युवालाई मलेसिया प्रहरीले नियन्त्रणमा लिएको छ। पेनाङमा भएको उक्त घटनाबारे त्यहाँको प्रहरीले आधिकारिक रूपमा जानकारी सार्वजनिक गरेको जनाइएको छ।
मृतकका काका पर्शुराम बुढाले पोस्टमार्टम तथा प्रहरी प्रतिवेदनपछि शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन्। घटना आइतबार राति मलेसियाको समय अनुसार करिब ९:३० बजे भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार साथीबीचको आपसी विवादका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकका परिवारमा बुवा, आमा र एक दाजु रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२ चैत । छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र आपूर्ति अवरोध हुने समस्यामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आव २०८२/८३ मा ट्रिपिङको सङ्ख्या र विद्युत् अवरोधको समय दुवै घटेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रसारण तथा वितरण लाइन सुदृढीकरण, सबस्टेसन सुधार तथा प्राविधिक समस्या समाधानका कारण सुधार आएको बताएका छन्।
“एक वर्षअघिको तुलनामा ट्रिपिङमा उल्लेख्य कमी आएको तथ्याङ्कले देखाएको छ,” उनले भने।
तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्मका महिनामा ट्रिपिङको सङ्ख्या र विद्युत् अवरोधको समय दुवै घटेको छ। साउनमा १२९ पटक हुने ट्रिपिङ घटेर ११५ मा झरेको छ भने अवरोध समय पनि ५९ घण्टाबाट ४४ घण्टामा झरेको छ।
यस्तै, भदौ, असोज, कात्तिक, मंसिर, पुस, माघ र फागुन महिनामा पनि ट्रिपिङ र अवरोध समय घटेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले चैतदेखि असारसम्म ट्रिपिङ बढी हुने भए पनि गत वर्षको तुलनामा यस वर्ष पनि थप सुधार हुने अपेक्षा गरेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि बुधबार सिंहदरबार, काठमाडौंस्थित संसद भवनमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्।
यसअघि केसीले मंगलबार रामचन्द्र पौडेलबाट शीतलनिवास, काठमाडौंमा शपथ लिएका थिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित पहिलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो र नेपाल कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो दल बनेका छन्।
यस्तै, श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ सिटसहित छैटौँ दल बनेका छन्। सांसदहरूले आ–आफ्नो जातीय पोशाक, मातृभाषा र भेषभूषासहित शपथ लिएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस