दाङ,२ चैत । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्यसूचीअनुसार यस्तो देखिएको हो।
महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २७५ रुपैयाँ रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र आपूर्ति व्यवस्थापनमा परेको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको जनाएको छ।
निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको हो। मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २१६ रुपैयाँ वृद्धि गरिएको छ।
मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १८८ रुपैयाँ, डिजेल प्रतिलिटर १९६ रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर २,१२६ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्ट पारेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ चैत । सुर्खेत स्थित भेरी नदी मा दुई छोराछोरीसहित एक महिला बेपत्ता भएको आशंका गरिएको छ। गुर्भाकोट नगरपालिका–१२ पिप्ले निवासी ३८ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दिपक कठायत सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत का अनुसार तीनै जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। मायाका श्रीमान भूपेन्द्र कठायत ले घरबाट सम्पर्कविहीन भएको जानकारी सोमबार बिहान प्रहरीलाई दिएका थिए।
प्रहरीका अनुसार सूचना पाएपछि खोजी गर्ने क्रममा घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको थियो। हाल भेरी नदी आसपासका क्षेत्रमा प्रहरी टोलीले उनीहरूको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२ चैत । दुबई अन्तर्राष्ट्रिय विमानस्थल सोमबार बिहान ड्रोन आक्रमणपछि अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल नजिकै भएको उक्त आक्रमणपछि सुरक्षालाई ध्यानमा राख्दै उडान सेवा रोकिएको हो।
ड्रोन प्रहारपछि विमानस्थल नजिक रहेको इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको बताइएको छ। ठूलो आवाजसँगै आगोको लप्का देखिएपछि विमानस्थलमा रहेका यात्रु र कर्मचारीहरूमा केही समय त्रास फैलिएको थियो।
दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू निलम्बन गरिएको जनाएको छ। प्राविधिक तथा सुरक्षा जाँच पूरा भएपछि मात्रै विमानस्थल पुनः सञ्चालनमा आउने जानकारी दिइएको छ।
दुबई मिडिया अफिसका अनुसार ड्रोन आक्रमणका कारण विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा क्षति पुगेको भए पनि आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।
घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन भने आक्रमणको कारणबारे पनि आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध अघिल्लो सरकारले लगाएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आज नेपालको सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
आइतबार सुनुवाइ हुन नसकेपछि सर्वोच्च अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि मिति तोकेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो।
रिटमा महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयबारे दिएको प्रतिक्रियालाई पनि उल्लेख गरिएको छ। उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ चैत । सरकारले रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा ओमप्रकाश अर्याल लाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभाको रिक्त सिटमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका अर्यालले उक्त निर्णयबारे जानकारी दिएका हुन्।
राष्ट्रिय सभामा हरेक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुने व्यवस्था छ। तीमध्ये तीन जना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा रामचन्द्र पौडेल (राष्ट्रपति) बाट मनोनित हुने प्रावधान छ।
यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए। उनको कार्यकाल गएको फागुन २० गते सकिएको थियो। मन्त्रिपरिषद्बाट सिफारिस भएका अर्याल राष्ट्रपतिबाट मनोनित भएमा उनी आगामी ६ वर्षका लागि सांसद रहनेछन्।
राष्ट्रिय सभाका सांसद मन्त्री बन्न पाउने व्यवस्था भए पनि प्रधानमन्त्री बन्न भने पाउँदैनन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १ चैत । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाउन माग गरेको छ।
अभियानको टोलीले सडक डिभिजन कार्यालय दाङ पुगेर फोरलेन सडक तथा सोही सडकअन्तर्गत निर्माण भइरहेका पुलहरूको काम छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराएको हो। निर्वाचनपछि सडक निर्माणको काम सुस्त भएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढेपछि अभियानले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको जनाएको छ।
घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन को नेतृत्वमा गएको टोलीले कार्यालयसँग यस विषयमा छलफल गरी ज्ञापनपत्र समेत बुझाएको थियो।
कार्यालयका प्रवक्ता इन्जिनियर अशोक चौधरीले ज्ञापनपत्र बुझ्दै फोरलेन सडक र पुल निर्माणको काम समयमै सम्पन्न गर्न आफूहरू गम्भीरतापूर्वक लागिरहेको बताए।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल बुढाथोकी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य चिन्तामणि पौडेल तथा राष्ट्रिय खेलाडी बिरु भाइ बज्राचार्य लगायतको उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१ चैत । नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सांसदको नामावली टुंगो लगाएको छ।
आइतबार बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फका २० सांसदको नामावली टुंगो लगाएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसे का अनुसार उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइनेछ।
उनले समानुपातिकतर्फ चयन भएका सांसदहरूको नामावली आयोगले नै सार्वजनिक गर्ने बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १ चैत । रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्।
रोल्पाको रुन्टिगढी गाउँपालिका–७ खाक्सिवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको हो।
घटनामा सोही स्थानकी २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पा का अनुसार उनीहरूको अवस्था मध्यम रहेको छ र उपचार जारी छ।
घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो करिब साढे १२ बजेतिर घर लिप्ने माटो लिन सात जना स्थानीय महिलाहरू घरनजिकैको डाँडामा गएका थिए। माटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरू पुरिएका थिए।
ढिस्कोले पुरिँदा निर्मला बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१ चैत । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कतार एयरवेजले कतारको राजधानी दोहा र काठमाडौं बीच उडान सञ्चालन गर्ने भएको छ।
एयरवेजले सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च ९चैत २ र ३० मा दोहा–काठमाडौं उडान हुनेछ। त्यसैगरी १७ र १८ मार्च ९चैत ३ र ४० मा काठमाडौं–दोहा उडान तय गरिएको छ।
यो उडानमार्फत कतार जाने वा दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा यात्रा गर्ने यात्रुले सेवा लिन सक्नेछन्।
कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन र पेरिसलगायत गन्तव्यमा पनि विशेष उडान सञ्चालन गरिरहेको जनाएको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण केही देशहरूले हवाई मार्गमा सतर्कता अपनाउँदै कतिपय उडान रद्द वा मार्ग परिवर्तन गरिरहेका छन्। यस्तो अवस्थामा दोहा–काठमाडौं उडान सञ्चालन हुनु यात्रुका लागि सकारात्मक मानिएको छ।
हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वका प्रमुख ट्रान्जिट हबमध्ये एक भएकाले वैदेशिक रोजगारीमा रहेका नेपाली, नेपाल फर्कने यात्रु तथा विदेश जाने विद्यार्थीका लागि यो उडान महत्वपूर्ण मानिन्छ।
एयरलाइन्सले यात्रुहरूलाई उडानसम्बन्धी पछिल्लो जानकारीका लागि आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्सीमार्फत अद्यावधिक जानकारी लिन आग्रह गरेको छ। बदलिँदो सुरक्षा अवस्था अनुसार उडान तालिकामा परिवर्तन हुन सक्ने बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस