दाङ क्षेत्र नं ३ मा कमल सुवेदी विजयी

   फागुन २३, २०८२       admin

दाङ,२३ फागुन । प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते भएको निर्वाचनको दाङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट कमल सुवेदी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


अन्तिम मतपरिणाम अनुसार सुवेदीले ४४ हजार २४८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । कुल ८८ हजार ६१७ मत गणना हुँदा दीपक गिरी (रुख) ले १६ हजार ४५३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।

त्यसैगरी घनश्याम पाण्डे (सूर्य) ले १२ हजार १९५ मत पाएका छन् । यस्तै धनबहादुर मास्के (तारा) ले ९ हजार ३२८ मत प्राप्त गरेका छन् भने दामोदर भण्डारी (हलो) ले १ हजार ५७ मत प्राप्त गरेका छन् । यससँगै दाङ–३ मा सुवेदी फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालेन विजयी ,ओली पराजित

   फागुन २३, २०८२       admin

काठमाडौं,२३ फागुन । झापा जिल्ला को निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले १८ हजार ७२४ मत प्राप्त गरेका छन् ।

यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छन् ।

झापा–५ यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा चर्चामा रहेको क्षेत्रमध्ये एक बनेको थियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका शाहले उम्मेदवारी दिएपछि यहाँ ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर व्यापक चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समानुपातिक मतगणनाका लागि प्रतिनिधि खटाउन कांग्रेसको निर्देशन

   फागुन २३, २०८२       admin

काठमाडौं ,२३ फागुन । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनाका लागि आफ्ना प्रतिनिधिहरू खटाउन मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालयले एक पत्र जारी गर्दै देशभरका जिल्ला कार्यसमिति तथा १६५ वटै निर्वाचन क्षेत्रीय कार्यसमितिलाई मतगणना प्रतिनिधि व्यवस्थापन गर्न निर्देशन दिएको हो ।


कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सुरु हुन लागेको सन्दर्भमा आ–आफ्नो निर्वाचन क्षेत्रमा मतगणना प्रतिनिधिहरूको आवश्यक व्यवस्था गर्न भनिएको छ ।
साथै, खटाइने प्रतिनिधिहरूको नामावली सकेसम्म छिटो पार्टीको केन्द्रीय कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ ।

पत्रमा भनिएको छ, ‘आ–आफ्नो निर्वाचन क्षेत्रमा मतगणना स्थलमा मतगणना प्रतिनिधिहरूको व्यवस्था गरी उहाँहरूको नामावली चाँडोभन्दा चाँडो केन्द्रमा पठाइदिनु हुन निर्देशनअनुसार अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जाजरकोटमा कांग्रेसका बुढा विजयी

   फागुन २३, २०८२       admin

काठमाडौं,२३ फागुन । जाजरकोट जिल्ला मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेपाली कांग्रेस का उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन् ।
बुढाले २० हजार १४२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी का शक्तिबहादुर बस्नेत ले १७ हजार ४०७ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का डम्बरबहादुर सिंह ले १६ हजार ८८३ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का राघव कार्की ले २ हजार ५७१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राजनीतिबाट बिदा लिने रविन्द्र मिश्रको घोषणा

   फागुन २३, २०८२       admin

काठमाडौं,२३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत वक्तव्य जारी गर्दै मिश्रले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत रहेको भए पनि त्यसलाई संगठित र प्रभावकारी रूपमा अघि बढाउन पार्टी सफल हुन नसकेको बताएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतले त्यसको जिम्मेवारी आफूले पनि लिनुपर्ने उनले उल्लेख गरेका छन् ।

मिश्रले आजकै मितिबाट लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जनाउँदै अब केही समय गैरदलीय (स्वतन्त्र) रूपमा आफ्नो विचार र अडान व्यक्त गर्दै जाने बताएका छन् ।

उनले राजसंस्था पुनर्स्थापना, सुशासन तथा देशको हितका विषयमा आफ्नो अडान भने यथावत रहने स्पष्ट पारेका छन् । बदलिँदो भूराजनीतिक अवस्था र देशभित्र देखिएको जटिल परिस्थितिका बीच नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्लो ९ वर्षको राजनीतिक यात्रामा आफूले सकेसम्म इमानदारीपूर्वक देश र राजनीतिक रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै उनले भविष्यमा पनि देशको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै उनले हालै सम्पन्न निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२७ क्षेत्रमा रास्वपाको जीत

   फागुन २३, २०८२       admin

काठमाडौं,२३ फागुन । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न निर्वाचन क्षेत्रमा उल्लेखनीय जीत हासिल गरेको छ ।

निर्वाचनको अन्तिम परिणामअनुसार रास्वपाले चितवन–२, धनुषा–३, कास्की–३, कास्की–२, काठमाडौं–१०, काठमाडौं–५, काठमाडौं–४, काठमाडौं–६, काठमाडौं–८, काठमाडौं–३, काठमाडौं–१, काठमाडौं–९, काठमाडौं–२, काठमाडौं–७, मोरङ–४, मोरङ–६, बाँके–१, बाँके–३, रुपन्देही–४, रुपन्देही–२, स्याङ्जा–१, बारा–३, पर्सा–१, भक्तपुर–१, पर्वत–१ र कैलाली–१ लगायत क्षेत्रमा जीत निकालेको हो ।

यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) लगायतका प्रमुख दलका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो उपस्थिति बलियो बनाएका छन् ।

विशेषगरी काठमाडौं उपत्यका, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा रास्वपाले उल्लेखनीय मतान्तरसहित जीत निकाल्दै नयाँ राजनीतिक शक्तिको रूपमा आफ्नो प्रभाव विस्तार गरेको विश्लेषण गरिएको छ ।

यस पटकको निर्वाचन परिणामले मतदाताले परम्परागत दलभन्दा फरक राजनीतिक विकल्पप्रति विश्वास व्यक्त गरेको संकेत पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बझाङमा एमालेका महर विजयी

   फागुन २३, २०८२       admin

काठमाडौँ,२३ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बझाङ जिल्ला मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपाली का अनुसार महरले १८ हजार ५ सय ४३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का प्रकाश स्नेही रसाइली ले १६ हजार ३ सय ४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी का मीनबहादुर कुँवर ले ९ हजार ७ सय ५७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार बझाङमा कुल ५७ हजार ९ सय ५४ मत खसेकोमा ५४ हजार ८ सय ३३ मत सदर भएको छ । यसमध्ये ३ हजार १ सय ६१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बनेपालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुम पूर्वबाट प्रचण्ड विजयी

   फागुन २२, २०८२       admin

रुकुम पूर्व,२२ फागुन । पुष्पकमल दाहाल प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी का संयोजक दाहालले १० हजार २ सय ४० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लिलामणी गौतम ले ३ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस की उम्मेदवार कुशुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का लखन कुमार थापाले ८१९ मत प्राप्त गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुन ले २०३ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जुद्धबहादुर बुढाले १९१ मत ल्याउँदा जनमोर्चाका चन्द्रबहादुर शाहीले ३२ मत प्राप्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल माओवादी द्वन्द्वको आधार इलाका मानिने रुकुममा जित सुनिश्चित गर्न चुनावी अभियानका क्रममा यहाँ सक्रिय रहेका थिए । २०६४ साल यता उनले रोल्पा, काठमाडौं, सिराहा, चितवन र गोरखाबाट चुनाव लडिसकेका छन् ।
रुकुम पूर्वमा कुल ३४ हजार ७ सय ७२ मतदाता रहेकामा ५५.१८ प्रतिशत अर्थात् १९ हजार १ सय ८८ मत खसेको थियो । जसमा ९ हजार २४ पुरुष र १० हजार १ सय ६४ महिलाले मतदान गरेका थिए । तीन गाउँपालिका र ३१ वडा रहेको रुकुम पूर्वमा यसपटकको निर्वाचन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन क्षेत्र नं. ३ मा घण्टीको अग्रता कायमै

   फागुन २२, २०८२       admin

दाङ,२२ फागुन  । दाङ निर्वाचन क्षेत्र नं. ३ को हालसम्मको मतगणनाअनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  कमल सुवेदी अग्रस्थानमा रहेका छन् ।

हालसम्म ९ हजार ५०१ मत गणना हुँदा घण्टी चिन्हका उम्मेदवार सुवेदीले ४ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट रुख चिन्हका दिपक गिरिले २ हजार १ सय १ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट सुर्य चिन्हका उम्मेदवार घनश्याम पाण्डेले १ हजार ४ सय १६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीबाट तारा चिन्हका धनबहादुर मास्कीले ७८५ मत प्राप्त गरेका छन् ।

यसैबीच हालसम्म ३ सय २६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा २४ हजार मत गन्दा १ हजार बढी मत बदर

   फागुन २२, २०८२       admin

दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा बदर मतको संख्या १ हजार नाघेको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार हालसम्म २४ हजार ४ सय ५३ मत गणना भएको छ । त्यसमध्ये १ हजार ११ मत बदर भएका छन् भने २३ हजार ४ सय ४२ मत सदर भएको सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १४ हजार ८ सय ७१ मत गणना भएको छ । त्यसमध्ये ६ सय १९ मत बदर भएका छन् भने १४ हजार २ सय ५२ मत सदर भएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर २ मा ३ हजार ९ सय १५ मत गणना भएको छ । त्यसमध्ये २ सय १ मत बदर भएका छन् भने ३ हजार ७ सय १४ मत सदर भएका छन् ।

यस्तै क्षेत्र नम्बर ३ मा ५ हजार ६ सय ६७ मत गणना हुँदा १ सय ९१ मत बदर भएका छन् । यहाँ ५ हजार ४ सय ७६ मत सदर भएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology