घोराहीमा प्रदेशस्तरीय बक्सिङ छनोट प्रतियोगिता हुने

   जेठ २८, २०८३       admin

दाङ,२८ जेठ । लुम्बिनी प्रदेशस्तरीय बक्सिङ खेलाडी छनोट प्रतियोगिता घोराहीमा हुने भएको छ। लुम्बिनी प्रदेश बक्सिङ संघको आयोजनामा जेठ २९ गते बिहान ७ बजेदेखि घोराही–१५ स्थित दरबार स्केट पार्कमा प्रतियोगिता सञ्चालन हुनेछ।

आगामी असार ८ देखि १३ गतेसम्म काठमाडौंमा हुने ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो।

छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

देशभर वर्षासँगै गर्मी घट्यो

   जेठ २८, २०८३       admin
ranning

दाङ,२८ जेठ ।देशका अधिकांश क्षेत्रमा वर्षा भएपछि तराईसहित सबैजसो ठाउँमा गर्मी घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोसम्म लुम्बिनी,सुदुरपश्चिम सहित तराईमा तातो दिन रहे पनि वर्षापछि तापक्रम घटेको हो। आज र भोलि पनि वर्षा हुने भएकाले भोलिसम्म तातो दिन नहुने जनाइएको छ।

गएको ६ घण्टामा सबैभन्दा बढी वर्षा मधेश प्रदेशको बारामा ६३.४ मिलिमिटर मापन गरिएको छ। चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया र काठमाडौँलगायत क्षेत्रमा मध्यम वर्षा भएको छ।

आज देशभर बदली रही विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ। भोलि र पर्सि केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार भारतमा जुन ४ मा मनसुन प्रवेश भइसकेकाले अब केही दिनमै नेपालको पूर्वी भागबाट मनसुन भित्रिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानलाई २२ देशको संयुक्त चेतावनी

   जेठ २८, २०८३       admin

काठमाडौ,२८जेठ । अमेरिका, बेलायत र अस्ट्रेलियासहित २२ देशले इरानलाई विदेशी भूमिमा हुने आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन्।

संयुक्त विज्ञप्तिमा ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।

उनीहरूले यस्ता गतिविधिले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थामाथि चुनौती खडा गरेको भन्दै तुरुन्त अन्त्य गर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) र त्यसअन्तर्गतको कुद्स फोर्सले विभिन्न देशमा दुर्भावनापूर्ण गतिविधि सञ्चालन गरेको आरोप पनि उल्लेख गरिएको छ।

यसैबीच, युरोपका केही स्थानमा भएको आगजनी घटनामा इरानसँग सम्बन्धित समूहको संलग्नता रहेको दाबी गरिएको छ। इरानले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तीनजना चिनियाँ डाक्टर निलम्बन

   जेठ २८, २०८३       admin

काठमाडौ,२८ जेठ । नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आवद्ध रही चिकित्सा अभ्यास गरेको आरोपमा तीन चिनियाँ डाक्टरको अस्थायी दर्ता निलम्बन गरेको छ।

काउन्सिलका अनुसार डा. उ सिएनलिन, डा. चेन सिएलिन र डा. लिउ जिकिनले भिसा सर्तविपरीत अवैध संस्थामा काम गरेको पाइएपछि दर्ता निलम्बन गरिएको हो।

उनीहरूले दर्ता नभएको बालुवाटारस्थित मारिया अस्पतालमा काम गर्दै आएका थिए। उजुरीपछि जेठ १ गते गरिएको निरीक्षणका क्रममा गैरकानुनी गतिविधि पुष्टि भएको काउन्सिलले जनाएको छ।

काउन्सिलले उक्त अस्पताललाई बन्द गराउन र कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गरेको छ भने त्यहाँ कार्यरत केही नेपाली डाक्टरलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बर्डफ्लु पीडित किसानलाई ४२ करोड राहत दिइने

   जेठ २७, २०८३       admin

काठमाडौ,२७ जेठ। बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा तथा अण्डा नष्ट हुँदा प्रभावित किसानलाई सरकारले करिब ४२ करोड रुपैयाँ राहत दिने भएको छ।

पशुसेवा विभागका अनुसार हालसम्म देशभर ५ लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन्। प्रभावित १० जिल्लाका ७२ फार्ममा लेयर्स र स्थानीय कुखुरा नष्ट गरिएको हो। यससँगै १० लाख ९०० अण्डा र २ लाख ५ हजार किलो दाना पनि नष्ट गरिएको छ।

बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार नष्ट गरिएका पक्षीजन्य उत्पादनको लागत मूल्यको ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था छ। सोही आधारमा किसानलाई राहत वितरण गरिने जनाइएको छ।

महानिर्देशक डा. उमेश दाहालका अनुसार द्रुत कार्य टोलीले सङ्कलन गरेको क्षति विवरणका आधारमा राहत रकम निर्धारण गरिन्छ भने जिल्लाअनुसार लागत मूल्य फरक पर्न सक्ने भएकाले सम्बन्धित निकायले निर्णय गर्नेछन्।

केही महिनायता काठमाडौं उपत्यकासहित १० जिल्ला प्रभावित भएका छन्। बर्डफ्लु रोगको उपचार नभएकाले संक्रमित क्षेत्रका कुखुरा, अण्डा र दाना नष्ट गर्नु नै नियन्त्रणको मुख्य उपाय भएको पशु चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२५ लाख किसान सूचीकृत

   जेठ २७, २०८३       admin

काठमाडौ,२७ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन्।

कृषि सूचना केन्द्रका अनुसार किसानलाई जमिनको विवरण र उत्पादनका आधारमा विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको हो। कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेकाले अझै १६ लाखभन्दा बढी सूचीकृत हुन बाँकी छन्।

बाँकी किसानलाई पनि सूचीमा समेट्ने काम भइरहेको जनाइएको छ। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी, साना, मझौला र ठूला गरी चार वर्गमा वर्गीकरण गरिने मन्त्रालयको योजना छ।

वर्गीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिनेछ भने अनुदान, मल, बीउ र अन्य सेवामा पहुँच सहज बनाइनेछ। केन्द्रले सबै किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा कार र ट्यांकर आपसमा ठोक्किदा पाँचजना घाइते

   जेठ २७, २०८३       admin

दाङ,२७ जेठ । लमही नगरपालिका–९ च्याउखोला नजिक पूर्व–पश्चिम राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको दूध ट्याङ्कर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक दाङ शान्तिनगर–६ का २५ वर्षीय दिपेश भण्डारीसहित कारमा सवार चार जना घाइते भएका छन्।

घाइते हुनेहरूमा सुर्खेत गुर्भाकोट–४ की २७ वर्षीया गीता विक, गुर्भाकोट–१ का ६१ वर्षीय मादले विक, तुलसीपुर–९ का २५ वर्षीय कपिल केसी र बाँके कोहलपुर–१० की ३२ वर्षीया कौसिला विक रहेका छन्।

घाइते सबैलाई उपचारका लागि बाँके पठाइएको छ। दुर्घटनामा संलग्न ट्याङ्कर चालक कपिलवस्तु बुद्धभूमि–९ का ३४ वर्षीय शिवनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारी निर्णयविरुद्ध दाङमा पत्रकारहरूको धर्ना

   जेठ २७, २०८३       admin

दाङ,२७ जेठ । निजी सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा दाङका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा देशव्यापी आन्दोलनअन्तर्गत महासंघ दाङ शाखाको अगुवाइमा जिल्लाका क्रियाशील पत्रकारहरू धर्नामा सहभागी भएका हुन्।

पत्रकारहरूले सरकारको निर्णयले प्रेस स्वतन्त्रता, स्वतन्त्र सञ्चारमाध्यम र नागरिकको सूचना पाउने अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले सञ्चार क्षेत्र कमजोर पार्ने र निजी मिडियाको अस्तित्वमै चुनौती सिर्जना गर्ने चेतावनीसमेत दिएका छन्।

धर्नामा महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकीलगायतको सहभागिता रहेको थियो।

यसैबीच, सरकारको निर्णयविरुद्ध संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाइएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दल त्याग गरेका एमालेका ८ वडाध्यक्षको पद रिक्त

   जेठ २७, २०८३       admin

दाङ,२७ जेठ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

एमाले केन्द्रीय सचिवालयको सिफारिससहित प्राप्त जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ अनुसार आयोगले उक्त निर्णय गरेको हो।

पद रिक्त हुनेमध्ये दाङको घोराही–४ का मधुसुदन शर्मा, ओखलढुङ्गाका विभिन्न पालिकाका कमलबहादुर बानिया, कमल तामाङ र शुरेश कुमार थापा रहेका छन्। यस्तै पाल्पा, ललितपुर र मोरङका विभिन्न वडाका अध्यक्षहरूको पद पनि रिक्त भएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिल्ला अस्पतालको फार्मेसीमा चोरी

   जेठ २७, २०८३       admin

रुकुम पश्चिम,२७ जेठ । रुकुम पश्चिमको जिल्ला अस्पताल मुसिकोट नगरपालिका–१ सल्लेमा रहेको फार्मेसीबाट नगद चोरी भएको छ।

मंगलबार राति फार्मेसीमा कार्यरत कर्मचारी शौचालय गएको समयमा काउन्टरमा राखिएको करिब १५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि मुसिकोट नगरपालिका–३ का १९ वर्षीय दिपेश वली, वडा–१ का २२ वर्षीय अल्बड सिंह र १९ वर्षीय जगदीश परियारलाई पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार पक्राउ परेकाहरू मानसिक अवस्था ठिक नभएका र परिवारविहीन भई सडकमा बस्दै आएका व्यक्ति हुन्। सोधपुछपछि उनीहरूलाई छाडिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology