रास्वपाले निर्वाचन विथोल्न खोजेको एमालेको आरोप

   फागुन ०, २०८२       admin

काठमाडौं,९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन विथोल्न खोजेको आरोप लगाएको छ।

शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने अवस्था देखिएपछि रास्वपा अस्थिरता सिर्जना गर्ने गतिविधितर्फ लागेको दाबी गरेको हो।

एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले रास्वपाले एमालेको झण्डा तथा प्रचार सामग्री जलाउने, घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाए। निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको उनको भनाइ छ।

शाहीले शान्ति–सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको आरोप पनि लगाए। देशभर एमालेको आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने र पार्टी नेतृत्वविरुद्ध दुष्प्रचार गर्ने काम तीव्र बनेको उनले जिकिर गरे।

उनले यस्ता गतिविधि चुनावी द्वन्द्वतर्फ देशलाई धकेल्ने गम्भीर षड्यन्त्र भएको दाबी गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउन सरकारसँग माग गरे। आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउनेबीचको जनमत संग्रह’का रूपमा लिएको उल्लेख गर्दै कथित ‘भोट फर चेन्ज’को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण सार्वजनिक गर्ने र मतदातालाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाए।

एमालेले स्वच्छ, निष्पक्ष र भयरहित मतदानको वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। निर्भीक रूपमा मतदान केन्द्रसम्म पुग्ने आम मतदाताको नैसर्गिक अधिकार संरक्षण गर्ने दायित्व सरकारकै भएको उसको भनाइ छ।

त्यस्तै, निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उल्लेख गर्दै एमालेले होली पर्वका अवसरमा अमुक दलको चुनाव चिन्ह अंकित टिसर्ट वितरण गरिएको आरोप लगाएको छ। आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग उदासीन देखिएको पनि एमालेको आरोप छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस–रास्वपा कार्यकर्ताबीच झडप

   फागुन ०, २०८२       admin

काठमाडौं,९ फागुन । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच सुनसरीको भोक्राहामा झडप भएको छ।

कांग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले गाली गर्न थालेपछि सामान्य भनाभन सुरु भएको र त्यसै क्रममा झडप भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार कांग्रेसको कार्यक्रममा जाने क्रममा बाटोमै दुवै पक्षबीच विवाद भएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

   फागुन ०, २०८२       admin

दाङ, ९ फागुन । दुई मोटरसाइकल आपसमा ठोक्किँदा कैलालीमा तीनजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा परी धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २२ वर्षीय हरिश वली, गौरीगंगा नगरपालिका–१का २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका–१का २६ वर्षीय हरिश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घाइतेहरूको उपचारका क्रममा नवजीवन अस्पताल धनगढी र सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।

दुर्घटनामा गोदावरी नगरपालिका–६का २३ वर्षीय जीवन पाठक घाइते भएका छन्। उनको धनगढीमै उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए।

शुक्रबार बेलुका करिब ६ः४५ बजे गोदावरी नगरपालिका–४ वनदेवी मन्दिर नजिक उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सुपप्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ गइरहेको सुपप्र ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार मृतकमध्ये हरिश वली र उपचाररत जीवन पाठक सुपप्र ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकलमा सवार थिए भने अन्य दुई जना मृतक सुपप्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकलमा सवार थिए। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गौर झडपः सवारीसाधनमा आगजनी

   फागुन ०, २०८२       admin

काठमाडौँ,९ फागुन। गौरमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण अवस्था तनावग्रस्त बनेको छ। तीन दिनअघि जन्ती लिएर गएका हिन्दु समुदायका केही व्यक्तिहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको स्थानीय स्रोतले जनाएको छ।

शनिबार दुई समूहबीच पुनः झडप हुँदा तीन वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार शुक्रबार पनि दुवै पक्षबीच झडप भएको थियो।

गौर नगरपालिका–६स्थित सवगडा गाउँमा दुई दिनदेखि लगातार तनाव र झडप भइरहेको छ। प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ। आक्रोशित समूहले गौरस्थित एक पेट्रोल पम्पमा समेत तोडफोड गरेका छन्।

यसैबीच, फागुन ८ गतेदेखि मुस्लिम समुदायको मुख्य पर्व रमजान सुरु भएको छ। रमजानका अवसरमा मुस्लिम धर्मावलम्बीहरूले एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म निराहार व्रत बसेर नमाज अदा गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

झण्डा जलाउने प्रकरणमा थप दुई जना पक्राउ

   फागुन ०, २०८२       admin

दाङ, ९ फागुन। दाङको तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरिएको हो। उनीहरू घटना पश्चात् फरार रहेका थिए।

यसअघि शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका थिए। हालसम्म झण्डा जलाउने घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अन्य सम्भावित व्यक्तिहरूको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ।

दाङको घोराहीमा आयोजित कार्यक्रममा सहभागी हुन रवि लामिछाने र बालेन शाह आउने खबरपछि तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूले झण्डा जलाएको आरोप छ। घटनापछि एमालेले घोराही, तुलसीपुर, लमहीलगायत स्थानमा विरोध कार्यक्रम समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैदेशिक व्यापार १५.७६% बढ्यो

   फागुन ०, २०८२       admin

काठमाडौं,९ फागुन । नेपालको कुल वैदेशिक व्यापार (आयात र निर्यात) चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा १५.७६ प्रतिशतले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

भन्सार विभागको मासिक तथ्यांकअनुसार साउनदेखि माघसम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब २७ अर्ब २० करोड रुपैयाँमा सीमित थियो।

आयात भने १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यससँगै व्यापार घाटा १०.९१ प्रतिशतले वृद्धि भई ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

यद्यपि केही संरचनात्मक सूचकमा सुधार देखिएको छ। निर्यात–आयात अनुपात ७.७७ बाट घटेर ६.६८ मा झरेको छ भने कुल व्यापारमा निर्यातको हिस्सा ११.४० प्रतिशतबाट बढेर १३.०२ प्रतिशत पुगेको छ।

आयाततर्फ पेट्रोलियम पदार्थ र कच्चा सोयाबिन तेलको वर्चस्व कायम छ। सात महिनामा ७० अर्ब ९९ करोड रुपैयाँको कच्चा सोयाबिन तेल आयात भएको छ। यस्तै ६९ अर्ब ९१ करोडको डिजेल, ३८ अर्ब १३ करोडको पेट्रोल र ३१ अर्ब ८५ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ।

प्रविधि तथा विलासितातर्फ २६ अर्ब ६८ करोड रुपैयाँबराबरका स्मार्टफोन आयात भएका छन् भने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यान ८ अर्ब ७६ करोड रुपैयाँको आयात भएको तथ्यांक छ।

निर्याततर्फ भने ८ अर्ब ६१ करोड रुपैयाँबराबरको अलैंची, ६ अर्ब ६७ करोड रुपैयाँको प्रशोधित सोयाबिन तेल र ५ अर्ब ७८ करोड रुपैयाँको सूर्यमुखी तेल प्रमुख छन्।

वैदेशिक व्यापारमा भारतको हिस्सा अझै ठूलो रहेको छ। साथै, आयाततर्फ वीरगन्ज भन्सार कार्यालयको वर्चस्व कायम रहँदै कुल आयातको ४६.२० प्रतिशत हिस्सा ओगटेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

झण्डा जलाउने र अराजक गतिविधिप्रति तरुण दल तुलसीपुरको आपत्ति

   फागुन ०८, २०८२       admin

दाङ,८ फागुन । निर्वाचनको प्रचारप्रसारका क्रममा देखिएको अराजक गतिविधिप्रति नेपाल तरुण दल तुलसीपुर कार्यसमितिले आपत्ति जनाएको छ।

तरुण दल तुलसीपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचार–प्रसारका क्रममा देखिएका झण्डा जलाउने, पोष्टर च्यात्ने, सवारीसाधन अवरोध गर्ने तथा हुलहुज्जतजस्ता गतिविधिप्रति आपत्ति जनाएको हो ।

अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकीको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा -“फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताभित्र रही प्रचार–प्रसार गर्न पाउने वैधानिक अधिकार रहेको उल्लेख गरिएको छ। तर प्रचारका क्रममा केही राजनीतिक दल तथा तिनका कार्यकर्ताबाट निर्वाचन आचारसंहिताले तोकेको समयसीमा बाहिर गएर फरक दलका झण्डा जलाउने, पोष्टर च्यात्ने, उम्मेदवारका गाडीमा अवरोध सिर्जना गर्ने, अश्लील नाराबाजी गर्ने तथा हुलहुज्जत गर्ने जस्ता गतिविधि भएको भन्दै आपत्ति जनाइएको छ।”-उल्लेख छ।

विज्ञप्तिमा यस्ता कार्यले लोकतान्त्रिक मूल्य–मान्यता र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उल्लेख गर्दै स्वच्छ, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु सबै राजनीतिक दलको दायित्व भएको जनाइएको छ।

तरुण दलले सबै प्रतिस्पर्धी दललाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्न निर्वाचन आयोग कार्यालय र प्रशासनसँग सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ।

साथै, अराजक गतिविधिमाथि कारबाही नभए स्वच्छ निर्वाचन प्रणालीमै गम्भीर असर पर्न सक्ने चेतावनी पनि दिएको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पार्टीको झण्डा जलाएको आरोपमा तुलसीपुरका एकजना पक्राउ

   फागुन ०८, २०८२       admin

दाङ,८ फागुन। दाङ प्रहरीले नेकपा एमालेको चुनाव चिन्ह् अंकित झण्डा जलाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा चुनाव चिन्ह् अंकित झण्डा जलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहिबार राति ९ः३० बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दाङ आगमनका क्रममा आयोजित स्वागत कार्यक्रममा भीडभाडका बीच केही व्यक्तिले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

उक्त घटनाको अनुसन्धानका क्रममा संलग्न रहेको पहिचान भएका तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार (आज) दिउँसो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए हो

उनका अनुसार, अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ भने पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २२ मा साधारण तारेख

   फागुन ०८, २०८२       admin

काठमाडौं,८ फागुन। प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २२ गतेका लागि साधारण तारेख दिएको छ।

रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट साधारण तारेख पाएको जानकारी दिएका छन्।

यसअघि कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद र नेपाली काँग्रेसले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

उनीहरूले दायर गरेको रिटमा विपक्षीहरूसँग लिखित जवाफ मागिएको थियो। सबै रिटमा विपक्षीबाट लिखित जवाफ पेस भए पनि अदालतले हालसम्म साधारण तारेख मात्रै दिएको छ। यसबीच प्रारम्भिक सुनुवाइ मात्र भएको छ भने थप सुनुवाइ कहिले हुने भन्नेबारे टुंगो लागेको छैन।

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई असंवैधानिक रूपमा पदमा नियुक्त गरिएको दाबी गर्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वीरेन्द्रको शालिकमाथि गरिएको दुर्व्यवहारप्रति राप्रपा लुम्बिनीको आपत्ति

   फागुन ०८, २०८२       admin


दाङ,८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको दाङ आगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका–स्थित वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि केही रास्वपा कार्यकर्ता उभिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रदेश सचिव राजेन्द्र अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनालाई ‘अपमानपूर्ण र अभद्र’ भन्दै घोर भर्त्सना तथा खेद प्रकट गरिएको उल्लेख छ। राप्रपाले कसैको आस्था र भावनामा चोट पुग्ने गतिविधि असह्य हुने जनाएको छ।

साथै, घटनाबारे रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ। यस्ता घटना पुनः नदोहोरिने प्रतिबद्धता गर्न पनि पार्टीले आग्रह गरेको छ।

विज्ञप्तिमा निर्वाचनको समयमा मतदाताले निर्धक्क रूपमा मतदान गर्न सक्ने वातावरण बनाउन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।

स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम राख्दै अन्य दलको आस्थामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न राप्रपाले सबै राजनीतिक दल र व्यक्तिहरूलाई अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology