एम्बुलेन्स भाडा २५ हजार तोकिएपछि स्थानीयको विरोध

   फागुन ०३, २०८२       admin

काठमाडौँ, ३ फागुन। एम्बुलेन्स भाडा २५ हजार रुपैयाँ तोकिएपछि जुम्लाका स्थानीयले विरोध जनाएका छन्। जुम्ला–नेपालगञ्जको भाडादर जिल्ला एम्बुलेन्स समितिले आफूखुसी निर्धारण गरेको आरोप लगाउँदै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२’ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा पुस २४ गते बसेको बैठकले जुम्ला जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सहरूको नयाँ भाडादर निर्धारण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख किरणकुमार शर्माले जानकारी दिए।

निर्धारित भाडादरबारे जनगुनासो आएको स्वीकार गर्दै प्रमुख शर्माले आवश्यक परेमा आगामी बैठकबाट पुनरावलोकन गर्न सकिने बताए। उनका अनुसार चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्स भाडा ६ सय रुपैयाँ तोकिएको छ भने जिल्लाभित्र कच्ची सडकमा प्रतिकिलोमिटर १०० र पक्की सडकमा ९० रुपैयाँ (दुवैतर्फ) निर्धारण गरिएको छ।

त्यस्तै, जुम्लाका सम्पूर्ण स्थानदेखि सुर्खेतसम्म २० हजार र नेपालगञ्जसम्म २५ हजार रुपैयाँ भाडा तोकिएको प्रमुख शर्माले बताए।

जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले दूरी र स्थानका आधारमा भाडादर निर्धारण गरिएको स्पष्ट पारे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक श्रेणीका एम्बुलेन्स सञ्चालनमा रहेकाले भाडामा एकरूपता ल्याउन समिति सक्रिय भएको उनको भनाइ छ।

सिंजा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले जिल्ला एम्बुलेन्स समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेका छन्।

तर सुर्खेत र नेपालगञ्जसम्मको भाडा अत्यधिक महँगो भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। बिरामी लक्षित सेवा नै यति महँगो हुँदा गरिब तथा विपन्न नागरिकको जीवनसँग खेलबाड भएको उनीहरूको गुनासो छ।

जिल्ला एम्बुलेन्स समितिले भने दूरी, इन्धन खर्च, मर्मतसम्भार तथा चालक खर्चलाई आधार मानेर भाडादर निर्धारण गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वेस्ट इन्डिजलाई नेपालको १३४ रनको लक्ष्य

   फागुन ०३, २०८२       admin

दाङ,३ फागुन।आईसीसी टी–२० विश्वकप अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको हो।

नेपालका दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक प्रहार गरे। उनले ४७ बलमा ५८ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याए। सोमपाल कामी २६ रनमा अविजित रहे। टी–२० विश्वकपमा कुनै पनि नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो।

वेस्ट इन्डिजका जोसन होल्डरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।

नेपालका खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक बनाएका हुन्। यसअघि सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो। ‘सुपर–एट’ चरणमा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि

   फागुन ०३, २०८२       admin

काठमाडौं ,३ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। गत शुक्रबार भने सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य आज प्रतितोला चार हजार ९८५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जाजरकोटमा ढुङ्गाले लागेर एक जनाको मृत्यु

   फागुन ०३, २०८२       admin

जाजरकोट,३ फागुन । जाजरकोटमा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। चुनिचाँदे गाउँपालिका–१० लमरा निवासी नरबहादुर रोकायको ज्यान गएको हो।

बाख्रा चराउन जङ्गल गएका रोकायको टाउकामा भिरमाथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए।

उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएकोमा आज उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

स्थानीयवासी बेगवान बस्नेतका अनुसार घाइते रोकायलाई तत्काल अस्पताल पुर्‍याइए पनि ज्यान बचाउन नसकिएको हो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक करोड ८२ लाख मतपत्र छपाइ सम्पन्न

   फागुन ०२, २०८२       admin

काठमाडौँ,२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोग नेपालले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार शनिबारसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छापिइसकेको छ।

शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएकोमा शनिबार थप तीन जिल्लाको काम पूरा भएको हो। अब काठमाडौँ उपत्यकासहित आसपासका ११ जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको छ। आयोगले अबको दुई दिनभित्र सम्पूर्ण छपाइ सम्पन्न हुने अनुमान गरेको छ।

छापिएका सबै जिल्लाको मतपत्र प्याकिङसमेत भइसकेको छ। हालसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ गरिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।

मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा छापिँदै आएको हो। गत पुस २२ गतेदेखि छपाइ सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

समानुपातिक प्रणालीतर्फ माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको छपाइ माघ १६ गतेदेखि सुरु भएको हो। छपाइ सकिएका मतपत्र कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी सुरु गरिएको छ। सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र पठाउन थालिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा बलात्कार आरोपमा एक जना पक्राउ

   फागुन ०२, २०८२       admin

दाङ,२ फागुन । दाङमा बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–७ कुमाल गाउँका ३१ वर्षीय यज्ञ बोहरा पक्राउ परेका हुन्।

५१ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनलाई हिजो शुक्रबार दिउँसो पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपाको ‘सङ्कल्पपत्र’ सार्वजनिक

   फागुन ०२, २०८२       admin

काठमाडौँ,२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि ‘सङ्कल्पपत्र’ नाम दिइएको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्पपत्र सार्वजनिक गरे ।

राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई अघि सार्दै प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो पालिका भएको दुई तहको शासकीय प्रणालीको प्रस्ताव गरेको छ। साथै पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्नुपर्ने उल्लेख गरेको छ।

‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने नारासहित पार्टीले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

आर्थिक क्षेत्रमा पाँच वर्षभित्र वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्‍याउने, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने तथा वैदेशिक लगानी आकर्षित गर्न लगानीमैत्री कानुन बनाउने योजना पनि घोषणापत्रमा समेटिएको छ।

यसैगरी वित्तीय पारदर्शिता कायम गर्दै मनी लाउन्ड्रिङ नियन्त्रण, नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्ने, सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम सुरक्षित गर्ने लक्ष्य लिइएको छ। अध्यक्ष लिङ्देनले घोषणापत्रमा समेटिएका प्रतिबद्धता कार्यान्वयनयोग्य रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आइतबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

   फागुन ०२, २०८२       admin

काठमाडौं,२ फागुन । नेपाली कांग्रेसले भोलि (आइतबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। कांग्रेसले जारी गरेको विज्ञप्तिअनुसार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिनेछ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प प्रस्तुत गरिनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गहुँको समर्थन मुल्य तोक्ने तयारी

   फागुन ०२, २०८२       admin

काठमाडौं,२ फागुन । नेपाल सरकार , कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न १० जिल्लामा स्थलगत अध्ययन थालेको हो ।

अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।

सिफारिस भएर आएको मूल्यमा विभागीय मन्त्रालयले थप छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने विभागले जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उत्पादन लागत र अन्य सान्दर्भिक आधारहरू समेटेर गरेको मूल्य सिफारिसलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नेछ । सबै प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्ने छ ।

यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिए । सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद हुने जनाउँदै उनले यस वर्ष २२ लाख मेट्रिकटन गहुँ उत्पादन हुने अनुमान गरिएको बताए। 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हंगेरी पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

   फागुन ०२, २०८२       admin

काठमाडौँ ,२ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई हंगेरी पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन्। उनले एक जना पीडितबाट तीन लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology