काठमाडौं,२७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०१ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर नौ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३३ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र तिहारलाई अविस्मरणीय बनाऔँ!”
साविक गोल्टाकुरीगाविस, हालको दंगीशरण गाउँपालिका वडा नं। २ दाङमा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो। समुद्र सतहदेखि १५५६ मिटरको उचाइमा अवस्थित यो स्थल घना जंगलले ढाकिएको छ। तुलसीपुर बजारदेखि करिब २० किलोमीटर दक्षिणतिर रहेको राजाकोट, तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको छ र यहाँ पुग्न करिब ५ किलोमीटर पैदल यात्रा गर्नुपर्छ।
दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औँ–१५औँ शताब्दी सम्म शासन गरेका भुरेटाकुरे राजाहरुसँग राजाकोट जोडिएको छ। सुकौराकोटका राजा दंगीशरण गर्मीमा यहाँ बस्ने गर्दथे, त्यसैले यसलाई राजाकोट भनिएको हो। थारु भाषामा कोटलाई “रज्जवाकोट” भनिन्थ्यो। राजा दंगीशरण सिकारमा पारखी थिएस रानीसँगै बुल्बुल्या तालमा नुहाउने प्रचलन पनि थियो, जसको परम्परा आज पनि माघिमा जारी छ।
शिवालिग चुरे श्रृङ्खलामा रहेको राजाकोट भौगर्भिक र ऐतिहासिक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ। ऐतिहासिक तथ्यअनुसार दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औं शताब्दी देखि १५औं शताब्दी सम्म शासन गर्ने भुरेटाकुरे राजाहरूसँग पनि राजाकोटको सम्बन्ध रहेको छ। इतिहासले के देखाउँछ भने दाङ सुकौराकोटको सम्बन्ध बझाङ र सल्यानी राज्यसँग पनि रहेको थियो। दाङ सुकौराकोटका राजा दंगीशरण गर्मीको समयमा राजाकोटमा बस्ने हुनाले उक्त स्थानको नाम ‘राजाकोट’ रहन गएको हो।
थारु भाषामा कोटलाई ‘रज्जवाकोट’ भनिन्छ। सुकौराकोट थारु राजाले शासन गरेको स्थान हो। त्यस समयमा दंगीशरणले सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका थिए। दाङ उपत्यकामा औंलो लाग्ने र दंगीशरण राजा गर्मी छल्नका लागि सुकौराकोटदेखि दक्षिणतर्फको चुरे पर्वतमा रहेको राजाकोट भन्ने ठाउँमा बसेर राजकाज गर्थे।
दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोट लगायतका संरचनाहरू अहिले पनि देख्न सकिन्छ।
राजा आफ्नो सम्पत्ति सुरक्षित राख्न धनटाकुरामा पैसा र वस्तु गाडेको कथाले यहाँको ऐतिहासिक महत्त्व थप्छ। राजाकोट नजिकैको तिलकन्याको कोटमा राज्यको गौडा रहेको अनुमान पनि छ। यहाँको कुकुरगौडा पाण्डवसँग जोडिएको भन्ने कथा रहस्यमय छ।
कुनैबेला राजाकोट, तिलन्याका टाकुरा दाङ उपत्यकाको लागि चल्तीको राजमार्ग बनेको थियो । दाङबाट नेपालगञ्ज जाने बेला पैदल अथवा घोडाको यात्रामा तिलकन्याको कोट हुदैं राजमार्गमा पर्ने बाघखोरमा निस्किएर मानिसहरुको यात्रा हुने गर्दथियो ।
गोल्टाकुरीबाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर थकाइ नमार्ने मानिसहरु नै हुँदैनथे ।
नेपालगञ्ज–दाङ गर्ने घोडेहरुको लस्कर, नुन तेल किन्न जाने हटारुको समूह, घोडा चडेर राजाकोट वारपार गर्नेहरुलाई आजभोलि ति दिनहरु संस्मरण मात्र बनेको होला ।
राजाकोटको चुचुरोबाट नेपालगञ्ज, बहराइज, थर्कोट, स्वर्गद्वारी र महाभारत श्रृङ्खला संगै हिमाली सेताम्मे हिम श्रृङ्खला र रमणीय स्थलहरू देख्न सकिन्छ। देउखुरी उपत्यका भएर बग्ने राप्ती नदि र दाङ उपत्यका भएर बग्ने बबई नदीको नागबेली आकारले बनेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभिन्छ।
पहिला राजमार्गको रूपमा प्रयोग हुने तिलकन्याको बाटो आजको तुल्सिपुर–अमेलिया–घोराही–लमही मसोट सडक सञ्चालन अघि प्रमुख मार्ग थियो। त्यहाँ टाकुरोमा होटल सन्चालन हुन्थ्यो र हजारौं मानिस यहाँ यात्रा गर्थे।
तर, राजाकोट अहिले पनि उस्तै छ। यहाँ चिसो हावा र रमणीय दृश्यहरूले यहाँ पुग्ने मानिसलाई आनन्दित पार्दछन्। यद्यपि, वन फडानीका कारण वातावरणमा विग्रह भएको छ। अब पैदल यात्रा र घोडाका सवार राजाकोट र तिलकन्यामा भेटिँदैनन्। तर, यहाँको चिसो हावा र वातावरणीय सौन्दर्य भने कायम छ।
नेपाल प्रहरीसँगको ऐतिहासिक सम्बन्ध
राजाकोट–तिलकन्या क्षेत्र नेपाल प्रहरीको इतिहाससँग पनि जोडिएको छ। हाम्रो पुर्खालाइ त यो थाहा थिएन, र शायद धेरैलाई तिलकन्या प्रहरी नामले कमै थाहा होला। त्यहाँ प्रहरी कहिले बस्न थाले, त्यो नेपाल प्रहरीको लागि पनि एक इतिहाँसको खोजिको बिषय हो र हुनु पनि पर्छ । जुन अहिले गोल्टाकुरी प्रहरी चौंकीको रुपमा दंगिशरण गाँउपालिका २ गोल्टाकुरीमा रहेको छ यो पनि एक जीवित इतिहास हो र अनुसन्धानको विषय बन्नुपर्छ।
आज पनि राजाकोट चिसो हावा, घना जंगल र रमणीय दृश्यले यात्रुहरूलाई मनमोहक अनुभव दिन्छ। तर वन विनास र वातावरणीय परिवर्तनले वन्यजन्तु र चराचुरुङ्गीहरू कम देखिन्छन्।
अन्त्यमा
राजाकोट केवल प्राकृतिक सौन्दर्य होइन, यहाँ लुकेको ऐतिहासिक, सांस्कृतिक र प्रहरी सम्बन्धी तथ्यहरू पनि छ। नयाँ पुस्ताले यसको खोजी गर्नु आवश्यक छ। इतिहासलाई बुझ्न र अनुभव गर्न कार्तिक १ मा राजाकोट पुग्न अनुरोध छ।
राजाकोट तिहारको पूर्वसन्ध्यामा — सबै मिलेर जीवित यादगार बनाऔँ,तिहार नजिकिँदैछ यस वर्ष तिहारमा केवल दियो बाल्ने उत्सव मात्रै होइन — हाम्रो गौरव, इतिहास र प्राकृतिक सुन्दरताको उत्सव गरौँ ।
किन राजाकोटपुग्नेरु यहाँ छन् केही कारणहरू
: ऐतिहासिक महत्व
राजाकोट सुकौराकोटमा रहेको दरबार, कोटलगायत संरचनाहरुले देखाउँछन् कि राजा दंगीशरणले यहाँ राजकाज चलाउँथे र गर्मी छल्ने ठाउँको रूपमा यो स्थल प्रयोग हुन्थ्यो । यो थारू संस्कृति र स्थानीय परम्परासँगजोडिएको ऐतिहासिक स्थल हो ।
प्राकृतिक सौन्दर्य र रमणीयता
चुरे पर्वतको उचाइमा रहेको साथै सुन्दर हावापानी, हरियाली र घाटी दृश्यहरु यहाँका विशेष आकर्षण हुन् ।
तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको र पिकनिक स्थलहरु पर्यटकको खोजीको स्थल हुन सक्छन् ।
पर्यटनले आर्थिक फाइदा
तपाइ हामिले यसलाइ चिनाउन सक्यौ भने यो क्षेत्र पर्यटनको अर्को गन्तव्यको रुपमा विकास हुने छ .
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ भदौ । पछिल्ला दिनहरूमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले मुलुकलाई तहसनहस बनाइदिएको छ। सुरुमा माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण नाराबाजी केही घण्टामै उग्र बनेको थियो। युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भएर सडकमा ओर्लिए र प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन हिंसात्मक रूप लियो। राजधानीका विभिन्न क्षेत्रमा टायर जलाइए, सरकारी सवारी साधन तोडफोड गरिए र प्रहरीसँग भीषण झडप भए। ललितपुर, भक्तपुर र काठमाडौंका सडकहरू आक्रोशित भीडले भरिए भने कर्फ्यु आदेशको पर्वाह नगरी युवाहरू राति अबेरसम्म सडकमा रहिरहे। यस क्रममा २० जनाभन्दा बढीले ज्यान गुमाए र ३०० भन्दा बढी घाइते भए, जसले राजधानीका अस्पतालहरूमा रगतको अभावसमेत सिर्जना गर्यो।
सरकारले सुरुमा आन्दोलनलाई सामान्य बनाउने प्रयास गर्यो। सामाजिक सञ्जाल बन्द गर्ने, कर्फ्यु आदेश जारी गर्ने र सुरक्षाकर्मी परिचालन गरेर बलपूर्वक दबाउने रणनीति लिइयो। तर, आन्दोलन दिन प्रतिदिन चर्किंदै गएपछि सरकारले आफ्नै नीति फिर्ता लिन बाध्य भयो। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गर्यो र हिंसात्मक घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गर्यो।
यद्यपि आन्दोलन यतिमै रोकिएन। घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए, त्यसपछि प्रधानमन्त्री ओलीले पनि राजीनामा घोषणा गर्न बाध्य भए। ऊर्जामन्त्री, भौतिक पूर्वाधार मन्त्री, सूचना तथा सञ्चार मन्त्रीलगायत अन्य मन्त्रीहरूले समेत क्रमशः राजीनामा दिए र सत्तापक्षसँग सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिँदै संसद् बहिष्कार गरे। यसरी जेन्जी पुस्ताको विद्रोहले सम्पूर्ण मन्त्रिपरिषद नै पतन भएको छ, जुन नेपालको राजनीतिक इतिहासकै एउटा दुर्लभ क्षण बनेको छ।
यो आन्दोलन केवल सडकमा देखिएको भीड मात्र होइन, नेपालको राजनीतिको गहिरो अविश्वासको अभिव्यक्ति भएको विश्लेषकहरू बताउँछन् । लामो समयदेखि बेरोजगारी, भ्रष्टाचार र नीतिगत अस्थिरताबाट आक्रोशित युवाहरूले सामाजिक सञ्जाललाई हातियार बनाएर क्षणभरमै हजारौँको संख्यामा सडकमा ओर्लिएको देखियो। सरकारले संवाद र सहमतिको बाटो खोज्ने सट्टा बल प्रयोग गरेर आन्दोलनलाई दबाउने प्रयास गर्दा यो विद्रोह झन् चर्कियो। अन्ततः सरकारले झुक्नुपरेको घटनाले नयाँ पुस्ताले मुलुकको राजनीतिक भविष्यमा निर्णायक हस्तक्षेप गर्न सक्ने स्पष्ट संकेत दिएको छ।
यो आन्दोलनले नयाँ पुस्ताको शक्ति औपचारिक रूपमा स्थापित गरिदिएको छ। पारम्परिक दलहरूमाथि विश्वास घट्दै गएको छ भने वैकल्पिक नेतृत्वको आवश्यकता अझै प्रखर बनेको छ। सरकारको आत्मसमर्पणले केवल तत्कालीन संकटलाई अन्त्य गरेको छैन, यसले नेपालको लोकतान्त्रिक अभ्यासमा नयाँ अध्यायको सुरुवात पनि गरेको छ। अब मुलुक कुन बाटो लाग्छ भन्ने प्रश्न अझै खुला भए पनि एउटा कुरा प्रष्ट भइसकेको छ, युवाहरू अब केवल दर्शक मात्र होइनन्, बरु वास्तविक निर्णयकर्ताको रूपमा उदाएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
भिम मरासिनी, दाङ । आज असार १५ को हरियाली बिहानी। आकाश हल्का बादलले ढाकेको थियो। खेतमा चिरबिर स्वर र हाँसोको गुञ्जन । हरियो धानको बिरुवा र हिलो मिसिएको पानीबीच हरियो टीसर्ट लगाएका विद्यार्थीहरू मस्त खेलिरहेका थिए।
कोही हातमा बिरुवा समाएर रोपिरहेका थिए। कोही हिलोमा चिप्लिँदै रमाइरहेका थिए।
सदैव कापी–कलम र झोला बोकेर कक्षामा बस्ने यी विद्यार्थीहरू असार १५ धान दिवसको अवसरमा खेतमा उत्रिएका थिए।
दंगीशरण–४, बैबाङका किसान लक्ष्य बहादुर ओलिले उनीहरूलाई खेतमा अनुभव लिन निम्त्याएका थिए।
तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा कानुन र व्यवस्थापन पढ्ने विद्यार्थीहरू अभ्यास सिक्न खेत पुगेका हुन्।
तीन घण्टा खेतको हिलोमा उनीहरूले जीवन उपयोगी सीप सिके। धानको बिरुवा रोप्दै उनीहरूले पसिना र अनुभव साटे।
केही विद्यार्थी घुँडासम्म हिलोमा डुबेका थिए। कोही साथीलाई हिलो दल्दै रमाइरहेका थिए।

कानुन विषय पढ्दै गरेकी प्रशंसा केसीले पहिलोपटक यस्तो काम गर्दा धेरै रमाइलो हुनुका साथै माटोको महत्व बुझेको बताइन् । उनीहरुले करिब तीन कठ्ठा खेतमा धान रोपेका थिए । धेरैका लागि यो नयाँ अनुभव थियो।
सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञान दीर्घकालीन हुने भएकाले विद्यालयले समय–समयमा यस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको प्रधानाध्यापक मधुसूदन केसीले बताए। हिलोमा धान रोप्न पाउँदा विद्यार्थीहरूको अनुहारमा हाँसो थियो। किसान पनि खुसी देखिन्थे।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २८ चैत । दुर्गा प्रसाई पक्राउ परेका छन् । तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका हुन ।
भारतको आसाम राज्यमा उनी पक्राउ परेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको दाबी गरेका छ्न ।
प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्कँदै छन्।प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए। चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी। भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लाको बद्रीनाथ क्षेत्रमा शुक्रबार गएको ठूलो हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन्। हालसम्म १६ जनालाई उद्धार गरिए पनि ४१ जना अझै बेपत्ता छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले हिमपहिरो प्रभावित क्षेत्रमा व्यापक उद्धार कार्य भइरहेको जानकारी दिएका छन्। उनले भने, “सीमा सडक संगठन (बीआरओ) का कामदारहरू मानानजिकै काम गरिरहेका बेला अकस्मात् हिमपहिरो खस्दा धेरै जना हिउँमुनि परेका छन्। उद्धारका लागि सेना र अन्य सुरक्षा निकाय परिचालित छन्।”
हिमपहिरोमा परेकामध्ये गम्भीर घाइते भएका व्यक्तिहरूलाई मानानजिकै रहेको सेनाको क्याम्पमा उपचारका लागि पठाइएको छ। तर, भारी हिमपातका कारण उद्धार टोलीलाई कठिनाइ भइरहेको भारतीय अधिकारीहरूले बताएका छन्।
प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेका अनुसार उद्धार कार्यमा सेनाका विशेष टोली, बीआरओ, राज्य आपत्कालीन टोली र स्थानीय प्रशासन सक्रिय छन्। “हामी बाँकी फसेका कामदारहरूको उद्धारका लागि सबै प्रयास गरिरहेका छौँ,” उनले भने।
उक्त क्षेत्र उच्च हिमाली भूभागमा पर्ने भएकाले हिउँपहिरोको जोखिम पनि उत्तिकै रहेको उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ भदौ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले रुकुम–पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक विज्ञप्ती जारी गर्दै उक्त दुःखद् घटनाले अत्यन्तै मर्माहत तुल्याएको उल्लेख गरे।
काठमाडौैंबाट रुकुम पूर्व आउंदै गर्दा आज विहान रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गल्कोट नगरपालिका–२ भुङखानीमा दुर्घटना हुंदा उपाध्यक्ष बुुढा सहित पुथाउत्तरगंगा गाउँपालिका वडा नं २ का अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्ष बुढाको आमा गोपीमाया बुढाको निधन भएको छ । चालक प्रेम बहादुर पुन घाईते भएका छन् ।
सभामुख घर्ती मगरले दुःखद् यस घडीमा दिवंगत भुपेन्द्रा बुढासहित मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छ्न । साथै घाईतेको शिघ्रस्वास्थ्य लाभको कामना कामना गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तीय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरू मनोनयन गरेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३१ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरे । यस्तै, उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए ।
सभाको विशेष समयमा बोल्दै सांसद सोनामग्याल्जेन शेर्पाले विद्युतीय जोखिमका क्षेत्रमा काम गर्नेलाई प्रभावकारी बीमाको प्रबन्ध गर्न, सुरक्षाका उपकरणको प्रयोग गर्न तथा सञ्चार सम्पर्कको व्यवस्थित प्रबन्ध गर्न माग गरे । उनले राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन तथा त्यसको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए । राष्ट्रिय सहमतिका आधारमा नै संविधान संशोधनलगायतका विषयलाई अगाडि बढाउनुपर्ने सांसद शेर्पाको भनाइ छ ।
सांसद झक्कुप्रसाद सुवेदीले माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई हिसांत्मक द्वन्द्व भनिएकामा आपत्ति प्रकट गरे । उनले जनताको अधिकार स्थापित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको राजनीतिक अभियानलाई गलत संज्ञा दिइएकाप्रति गुनासो गरे ।
सांसद सुवेदीले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो मूल्य मान्यता विपरीत गएर संविधान संशोधन गरेर दुई दलीय व्यवस्था ल्याउन खोजेको हो रु भनेर प्रश्न गरे । उनले संविधान संशोधन गरेर जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्न तथा पूर्ण लोकतान्त्रिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए । समाजको बनोटअनुसार संसद्को बनोट हुनुपर्ने उनले उल्लेख गरे ।
सांसद नारायणदत्त भट्टले मुलुकको द्वन्द्व व्यवस्थापनका लागि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएकामा खुसी व्यक्त गरे । उनले राजनीतिक दलका बीचको आरोप प्रत्यारोपले कुनै पनि निकास ननिस्किने बताए । सबै वर्ग तथा क्षेत्रलाई थप अधिकार सम्पन्न बनाउनेगरी संशोधन गर्नुपर्नेमा उनको भनाइ छ ।
सांसद गोमादेवी तिमिल्सिनाले संविधान परिवर्तनीय दस्तावेज भएकाले त्यसलाई समयक्रममा संशोधन गर्न सकिने भए पनि लामो सङ्घर्षपछि नेपाली जनताको प्राप्त गरेको अधिकार कुण्ठित नहोस् भन्ने धारणा राखिन् । सरकारी स्वामित्वका उद्योग तथा सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपका कारण बन्द हुनु दुःखद रहेको उनले बताइन् । रोजगारी प्रदान गर्ने, देशभित्रै सहज रुपमा कच्चापदार्थ उपलब्ध हुने उद्योग बन्द हुँदा ठूलो समस्या पैदा भएको सांसद तिमिल्सिनाको भनाइ थियो ।
सांसद मोहम्मद खालिदले कमला पुलको निर्माणमा ध्यान नदिइएका कारण स्थानीयवासी मर्कामा परेका भए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
सांसद विष्णुकुमारी सापकोटाले युवा शक्तिलाई देशभित्रै रोजगारी दिनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताइन् । मुलुकलाई समृद्ध बनाउने उद्देश्य राखेर गरिबीको दुश्चक्रबाट बाहिर निकाल्ने गरी अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपालको संविधानले नागरिकलाई समानताको हकको प्रबन्ध गरेको भए पनि महिलालाई सधैँ दयामा राखिएकामा आपत्ति प्रकट गरिन् । महिलाले खोजेको समानता र समावेशी हालसम्म प्राप्त हुन नसकेको उनको भनाइ छ ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाउन नसकेकामा गुनासो गरे । उनले सूचीकृत हुन बाँकी रहेका अपाङ्गता भएका नागरिकलाई सूचीकरण गरी संविधानको मौलिक हकमा भएको व्यवस्था अनुसारको प्रबन्ध गर्न माग गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
उमा भण्डारी, दाङ। वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक एवम् वातावरणविद सञ्जीवनी योञ्जन श्रेष्ठले पछिल्लो समय पर्यावरण असन्तुलनको अवस्था भयावह बन्दै गएको बताएकी छन् । प्राकृतिक श्रोतको मनपरी प्रयोग, दोहन र होडबाजिको औद्योगिकरणले पर्यावरणमा असन्तुलन र जलवायुमा परिवर्तन हुँदा प्रकृति र मानवीय सभ्यतालाई पनि खतरामा पु¥याएको उनले बताएकी हुन् ।
लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको चक्रिय अर्थतन्त्र र जलवायु परिर्वतन सम्वन्धी दुईदिने तालिमको अवसरमा उनले वातावरणीय संरक्षणमा दिगोपना ल्याउन नसक्दा पर्यावरणमा क्षति पुगेको बताएकी थिइन् । आर्थिक विकास र सम्वृद्धिको नाममा प्रकृतिमाथी भइरहेको तीव्र दोहनले पर्यावरणीय सकंट बढ्दै गएको उनको भनाई थियो ।
पृथ्वीको तापक्रम बढ्दै जानु, समयमा पानी नपर्नु,समयमा हिँउ नपर्नु, ओजनतहमा ह्रास आउनु, प्रत्येक वर्ष मानसिक विचलनका बिरामीको सँख्या बढ्दै जानु,प्रजनन् प्रकृयामा फेरबदल हुनु, खाद्य उत्पादन घट्दै जानु जस्ता उदाहरण दिँदै उनले विश्वमा प्राकृतिक सभ्यता संकटमा परेको जानकारी गराएकी थिइन् ।
‘पछिल्लो समय आमाको दूधमा प्लाष्टिक भेटिनु, डिएनएमा समस्या देखिनु, डिप्रेसनका बिरामी बढ्दै जानु मानव सभ्यताका लागि राम्रो संकेत होइन,उनले भनिन्– हामीले वातावरणमैत्री ढंगले प्राकृतिक श्रोतसाधनको उपभोग र संरक्षण गर्न आजैबाट लाग्न जरुरी छ । ’
तालिममा उनले पर्यावरणीय संरक्षका लागि राज्यका हरेक निकायले चक्रिय अर्थतन्त्रको अवधारणलाई अवलम्वन गर्नुपर्ने बताइन् । वातावरण संरक्षणका लागि चक्रिय अर्थतन्त्रले शुन्य फोहोर अवधारणाको विकासको गरेको जानकारी दिँदै उनले रहेक बस्तुको उत्पादन र उपभोलाई त्यससंग जोडन् जरुरी रहेको बताइन् ।
त्यस, अवसरमा वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ वातावरण निरिक्षक निर्मल चौधरीले जलवायु परिवर्तन र नेपालको निर्धारित राष्ट्रिय देनका बारेमा जानकारी गराएका थिए। जलवायु परिवर्तन महासन्धी अन्र्तगत पेरिस सम्झौता बमोजिम नेपालले तय गरेको लक्ष्य प्राप्तीको दस्तावेज, दीर्घकालिन हरीतगृह ग्याँस नियन्त्रणका लागि शुन्य उत्सर्जनको रणनीति र यसका क्षेत्रका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए।
मानवीय कृयाकलापका कारणले वातावरणीय प्रदुषण र जलवायु परिवर्तन भइरहेको भन्दै मानव मार्फत प्रदुषण र यसको असर प्रभाव व्यवस्थापन आजको महत्वपूर्ण विषय बनेको उनको भनाई थियो।
सो अवसरमा वन्यजन्तु संरक्षण संघ नेपालका कोर्डिनेटर राजेश्वर रिजाल, वातावरण पत्रकार शेरबहादुर केसी,पर्यावरण संचार विज्ञ पिताम्वर सिक्देलले वातावरण संरक्षणका निमित्त पछिल्लो समय भएगरेका प्रयासहरुका बारेमा जानकारी गराएका थिए। उनीहरुले चक्रिय अर्थतन्त्रको पद्दतीमा रहेर पर्यावरण संरक्षण गर्नतर्फ लाग्नुपर्ने बताएका थिए ।
हामीले उत्पादन तथा निर्माण गरेका, उपभोग गरेका हरेक वस्तु माटोसंग घुल्न सक्ने खालको हुनुपर्ने उनीहरुको भनाई थियो । कुनैपनि वस्तु एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न मिल्ने अथवा त्यसलाई परिमार्जन गरी प्रयोग गर्न मिल्ने खालको हुनुपर्ने उनीहरुले बताएका थिए ।
तालिममा सहभागी पत्रकारहरुले मानीवय व्यवहारलाई प्रकृतिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। चक्रिय अर्थतन्त्रलाई लागु गर्न हरेक व्यक्ति, टोल, समुदाय, समाज र राष्ट्र आ–आफ्नो ठाउँमा सचेत र जिम्मेवार बन्नुपर्ने बताएका थिए ।
वातावरण संरक्षण र जलवायु परिवर्तन न्युनिकरणलाई पहिलो प्राथमिकतामा राखेर राज्ये नीति तथा कार्यक्रम ल्याउनुपर्ने र त्यसको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई थियो।
युरोपियन युनियनको आर्थिक सहयोगमा वन्यजन्तु संरक्षण संघ र ईम्प्याक्ट हबको समन्वयमा उक्त तालिम सञ्चालन भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस