दुई छोरीसहित एक वर्षदेखि गुफामा बसेकी रुसी महिला फेला

   श्रावण ०१, २०८२       admin

एजेन्सी। भारतको दक्षिणी राज्य कर्नाटकको सामातीर्थ पहाडमा एक रुसी महिला दुई छोरीसहित एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। प्रहरी गस्तीका क्रममा गत ९ जुलाईमा उनीहरुलाई उद्धार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

रुसी नागरिक ५० वर्षीया निना कुटिना सन् २०१७ मा भारत आएकी थिइन्। उनी बिजनेस भिसामा आएकी थिइन् तर भिसाको अवधि सकिएर पनि भारतमै बसेकी थिइन्। कुटिनाले नेपालसहित अन्य चार देशको यात्रा गरेकी थिइन्। सन् २०१८ को सेप्टेम्बरमा नेपाल पुगेकी उनी फेरि भारत फर्किएकी थिइन्।

प्रहरीका अनुसार निनाले भिसा नवीकरण नगरीकन कर्नाटकको सामातीर्थ पहाडमा गुफा बनाइ बसोबास गर्दै आएकी थिइन्। प्रहरीको बयानअनुसार उनी र उनका छोरी झरनामा नुहाएर, पेन्टिङ गरेर र कविता लेखेर दिन कटाउँथे।

“जंगलमा प्रकृतिसँग रमाएर बाँच्नु एउटा अद्भुत अनुभव हो। म मेरा छोरीलाई मार्न यहाँ ल्याएकी होइन। हामी जीवित रहनेछौं,” कुटिनाले उद्धारपछि प्रहरीलाई बताएकी छन्।

उनले छोरीहरुको बारेमा धेरै जानकारी दिन अस्वीकार गरेकी प्रहरीको भनाइ छ। भिसा अवधि सकिएको र कुनै कानुनी अनुमति नलिई बसोबास गरेको आरोपमा भारतीय प्रशासनले उनलाई अवैध आप्रवासीको सूचीमा राखेको छ।

प्रहरीले उनीहरुको स्वास्थ्य परीक्षण र अन्य कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानको मिसाइल आक्रमणले कतारस्थित अमेरिकी बेसमा क्षति

   असार २८, २०८२       admin

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले इरानको हवाई आक्रमणका कारण कतारमा रहेको अमेरिकी अल उदेइद हवाई अड्डामा केही क्षति पुगेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता सीन पार्नेलका अनुसार २३ जुनमा भएको घटनामा अमेरिका र कतारको संयुक्त वायु रक्षा प्रणालीले अधिकांश इरानी क्षेप्यास्त्रहरू नष्ट गर्न सफल भए पनि एउटा ब्यालिस्टिक क्षेप्यास्त्र भने एयर बेसमा खसेको थियो।

उनले बताएअनुसार आक्रमणका कारण आधारभूत संरचना र केही उपकरणमा सानो क्षति भएको हो तर कुनै घाइतेको खबर छैन। घटनापछि पनि यो एयर बेस पूर्ण रूपमा सञ्चालनमै रहेको र कतारसँगको सहकार्यमा सुरक्षा र स्थिरता कायम राख्ने काममा सक्षम रहेको जानकारी दिइएको छ।

बीबीसी फारसीको एक तथ्य-जाँच टोलीले हमलाअघि र पछिका उपग्रह तस्बिरहरूको अध्ययन गरेको छ। तस्बिरमा एयर बेसको एन्टेना क्षेत्रमा क्षति पुगेको र केही भवनमा पनि असर परेको देखिएको छ।

यसअघि इजरायलले इरानका थुप्रै सैन्य र आणविक केन्द्रमा आक्रमण गरेको थियो। त्यसपछिका १२ दिन दुई देशबीच झडप चलेको थियो।

यो द्वन्द्वमा संयुक्त राज्य अमेरिका पनि प्रत्यक्ष संलग्न भएको र इरानका तीन आणविक स्थल—फोर्डो, नातान्ज र इस्फहानमाथि कारबाही गरेको बताइएको छ। जवाफस्वरूप इरानले अल उदेइद एयर बेसलाई निशाना बनाएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुवै पाइलटको मृत्यु

   असार २५, २०८२       admin


एजेन्सी । भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ । वायुसेनाको जगुआर ट्रेनर विमान बुधबार राजस्थानको चुरु जिल्लामा दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नियमित प्रशिक्षण मिसनका क्रममा विमान उड्दाउड्दै जमिनमा खसेको हो।

वायुसेनाले जारी गरेको विज्ञप्ति अनुसार, दुर्घटनामा विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको छ। यसबाहेक अन्य कुनै नागरिक वा सम्पत्तिलाई क्षति नभएको भारतीय वायुसेनाले जनाएको छ।वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरेको छ।

प्रारम्भिक जानकारी अनुसार, विमान नियमित प्रशिक्षण मिसनमा थियो र प्राविधिक कारणले दुर्घटना भएको हुन सक्छ तर वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।

सेना स्रोतका अनुसार, यो जगुआर लडाकु जेट श्री गंगानगर नजिकैको सुरतगढ एयरबेसबाट उडेको थियो।जगुआ र विमान कम उचाइबाट आक्रमण गर्ने लडाकु जेट हो।

यो एक ब्रिटिस(फ्रान्सेली सुपरसोनिक जेट आक्रमण विमान हो, जुन जमिन आक्रमण र जहाजविरोधी मिसनका लागि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

   असार २५, २०८२       admin

काठमाडौँ,२५ असार । भारतको गुजरात राज्यमा आनन्द र पाद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य ९ जनाको उद्धार गरिएको गुजरातको बडोदरा प्रहरीले जानकारी दिएको छ।

बडोदरा प्रहरीका अधिकारी रोहन आनन्दका अनुसार, “अझै दुईवटा ट्रक पानीमा छन्। ती ट्रकलाई बाहिर निकालेपछि मात्रै त्यहाँ कसैको जीवित वा मृत अवस्था थाहा हुनेछ।”

बीबीसी गुजरातीका अनुसार, बुधबार बिहान बडोदरा जिल्लाको बाहिरी क्षेत्रमा मही नदीमाथि बनेको उक्त पुल भत्किँदा धेरै सवारी साधन नदीमा खसेका थिए।

घटनाको खबर पाएलगत्तै स्थानीय प्रशासनले राहत तथा उद्धार कार्य सुरु गरेको छ।

सडक तथा भवन विभागका मुख्य अभियन्ता सीपी पटेलले पुल सन् १९८५ मा निर्माण भएर सञ्चालनमा आएको जानकारी दिए। दुर्घटनाको कारणबारे उनले भने, “यसको जाँच भइरहेको छ। निरीक्षणको विवरण र जाँच पूरा भएपछि मात्रै यकिन रुपमा भन्न सकिन्छ।”

उनले थपे, “हामी सबै पुलहरूको मनसुनअघि र मनसुनपछि नियमित निरीक्षण गर्छौं। रेकर्डको अध्ययनपछि मात्रै यस पुलको अवस्था कस्तो थियो भन्ने खुल्नेछ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एक विज्ञप्तिमा जनधनको क्षति अत्यन्त पीडादायी भएको बताएका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेका छन्, “प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिनेछ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानपछि यमनमा आक्रमण, तीन बन्दरगाह ध्वस्त

   असार २३, २०८२       admin

तेल अभिभ । इजरायल र इरानबीच शान्तिका संकेत देखिँदै गर्दा मध्यपूर्वमा फेरि तनाव चर्कने सङ्केत देखिएको छ। इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ।

इजरायलले ‘अपरेशन ब्ल्याक फ्ल्याग’ अन्तर्गत यमनको पश्चिमी भागमा रहेका तीन प्रमुख बन्दरगाहहरू– अल हुदैदाह, रास इसा र सलिफमा आक्रमण गरेको जनाएको छ। यसअघि इजरायलले इरानका आणविक स्थलहरूलाई निशाना बनाएको थियो।

आक्रमणअघि इजरायली सेनाले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेको थियो। चेतावनीको केही घण्टामै व्यापक बमबारी सुरु भएको हो।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आक्रमणको पुष्टि गर्दै भने, “हुथीहरूले जेसुकै कदम चालून्, उनीहरूले यसको मूल्य चुकाउनैपर्छ। यमन पनि इरानको जस्तै अवस्थामा पुग्नेछ। इजरायलविरुद्ध हात उठाउने जोकोहीको हात काटिनेछ।”

इजरायल रक्षा बल ९आईडीएफ० ले माइक्रोब्लगिङ साइट एक्समार्फत आक्रमणको कारण स्पष्ट गरेको छ। उसका अनुसार हुथी विद्रोहीहरूले इरानबाट हतियार आयात गरेर इजरायल र त्यसका साझेदारहरूविरुद्ध आतङ्क योजनामा संलग्न थिए। आक्रमणमा हुथी–नियन्त्रित पावर स्टेसन रस कनाटिबलाई पनि लक्षित गरिएको थियो, जसले इब्ब र ताइज शहरलाई बिजुली आपूर्ति गर्दै आएको थियो।

आईडीएफका अनुसार, गुप्तचर सूचनाका आधारमा अल हुदैदाह, रास इसा, सलिफ बन्दरगाह र रस कनाटिब पावर प्लान्टमा रहेका हुथीहरूका हतियार भण्डारण र आतंकवादी आधारशिविरमा आक्रमण गरिएको हो। ती स्थानहरू इरानी हतियारको आपूर्ति र ड्रोन तथा मिसाइलद्वारा आक्रमणका लागि प्रयोग भइरहेको दाबी गरिएको छ।

आक्रमणमा २०२३ मा हुथीहरूले कब्जा गरेको ‘ग्यालेक्सी लिडर’ जहाजलाई समेत लक्षित गरिएको बताइएको छ। यो जहाजमा हुथीहरूले अन्तर्राष्ट्रिय जहाजहरूको निगरानीका लागि राडार प्रणाली जडान गरेका थिए।

हुथीहरू नजिकका मिडियाले हुदैदाह बन्दरगाहमा आक्रमण भएको पुष्टि गरेका छन्। तर अन्य क्षेत्रका आक्रमणबारे कुनै टिप्पणी गरेका छैनन्। क्षति र हताहतको विवरण सार्वजनिक गरिएको छैन।

समाचार एजेन्सी रोयटर्सका अनुसार, हुथी विद्रोहीहरूले आक्रमणपछि आफ्नो हवाई रक्षा प्रणाली सक्रिय भएको र केही मिसाइलले जवाफी कारबाही गरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रूसले प्रहार गर्यो ११ क्रुज र ब्यालिस्टिक मिसाइलहरू

   असार २०, २०८२       admin

एजेन्सी । युक्रेनको हवाई सेनाले युक्रेनले रूसले प्रहार गरेका रेकर्ड ५३९ ड्रोनमध्ये ४७६ वटालाई रोकेको बताएको छ । रूसले ११ क्रुज र ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको बताइएको छ ।

आक्रमणका कारण हजारौँ बासिन्दाहरूले रातभर मेट्रो स्टेसन र भूमिगत पार्किङ स्थलहरूलाई आश्रयस्थल बनाएको बताइएको छ । शुक्रबार बिहानै सहरमा विस्फोटहरू र ड्रोनहरूको आवाज सुनिएको समाचारमा उल्लेख छ ।


“किभमा पूर्णरूपमा भयानक र निद्रारहित रात बितेको छ । अहिलेसम्मकै सबैभन्दा खराबमध्ये एक रात हो यो,” युक्रेनका विदेशमन्त्री आन्द्रिय सिबिहाले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई देशले देखेको सबैभन्दा ठूलो हवाई आक्रमणहरूमध्ये एक भनेर वर्णन गरेका छन् ।

युक्रेनको आपतकालीन सेवाका अनुसार, यी आक्रमणहरूका कारण धेरै सहरका भवनहरू र संरचनाहरूमा आगलागी भएको छ । भवनहरूमा आंशिक क्षति पुगेको छ । किभको रेल मार्गको एक हिस्सा नष्ट हुनुका साथै घाइतेहरूको उद्धारमा खटिएका पाँचवटा एम्बुलेन्स पनि क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जापानलाई ३५ प्रतिसम्म कर लगाउने ट्रम्पको चेतावनी

   असार १८, २०८२       admin

काठमाडौँ, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलाई ३५ प्रतिशतसम्म कर लगाइने चेतावनी दिएका छन् । उनले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्याइने चेतावनी दिएका हुन् ।

जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव रहेको भन्दै राष्ट्रपति ट्रम्पले हाललाई कर वृद्धि गर्ने सम्भावनाबारे सोचिरहेको बताएका छन् ।

अमेरिकी चामलको आयात स्वीकार गर्न जापानले अनिच्छा देखाएको र दुई देशबीचको सवारी साधनको व्यापारमा असन्तुलनको आलोचना गर्दै एयर फोर्स वानमा पत्रकारहरूसँग भने –“मलाई विश्वास लागिरहेको छैन कि जुलाई ९ अगावै सम्झौता गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोमा परी नौ मजदूर बेपत्ता

   असार १५, २०८२       admin

काठमाडौँ,१५ असार । पहिरोमा परी भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा नौजना मजदूर बेपत्ता भएका छन । यमुनोत्री राष्ट्रिय राजमार्गमा पर्ने सिलाई बैंड नजिकै खसेको पहिरोले त्यहाँ रहेको एक श्रमिक शिविर पहिरोको चपेटामा परेको बीबीसीले नाएको छ ।

प्रहरीका अनुसार, शिविरमा १९ जना मजदूर थए । तीमध्ये १० जनालाई सकुशल उद्धार गरिएको छ भने नौ जना अझै बेपत्ता छन् । घटनास्थलमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, एनएच बडकोट र स्वास्थ्य विभागका टोलीहरू खटिइरहेका छन् र उद्धार तथा राहतको काम चलिरहेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत लगातार अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन्। ठूलो पानी परेको र पहिरोको जोखिमलाई ध्यान दिँदै सतर्कता बढाइएको छ भने स्थानीय प्रशासनलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रिल बनाउदा बनाउदै १३औं तलाबाट खसिन नन्दनी

   असार १३, २०८२       admin

एजेन्सी । भारतको बेंगलुरुमा एक युवती १३औँ तलामा रिल बनाउँदै गर्दा छतबाट खसेकी छन्।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी त्यहाँ आफ्नी साथीको घरमा पार्टीमा सहभागी हुन गएकी थिइन्। उनको नाम नन्दिनी थियो।

अधिकारीहरूका अनुसार ती युवती बुधबार राति साथीहरूसँग परप्पाना अग्रहारा प्रहरी चौकीको क्षेत्राधिकारअन्तर्गतको भवनमा गएकी थिइन्।

उनी भवनमा पछि लिफ्ट जडान गरिने ठाउँ खाल्डोमा खसेको एक अधिकारीले बताएका छन्।

केही रिपोर्टले उनी रिल खिचिरहेको बताए पनि अधिकारीले उनको फोनबाट त्यस्तो कुनै रेकर्डिङ फेला नपरेको बताएका छन्।

सबै कोणबाट अनुसन्धान भइरहेको र अहिलेसम्म युवती दुर्घटनावश लडेको अनुमान गरिएको प्रहरीले जनाएको छ।

अप्राकृतिक मृत्युको जाहेरी दर्ता गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गाजा विस्फोटमा सात इजरायली सैनिकको मृत्यु

   असार ११, २०८२       admin

काठमाडौं११ असार । प्यालिस्टनको गाजास्थित खान युनिस सहरमा भएको एक विस्फोटमा सात इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्स ९आईडीएफ०का अनुसार मंगलबार दक्षिणी गाजामा उनीहरूको बख्तरबन्द गाडीमा राखिएको बम विस्फोट हुँदा सात इजरायली सैनिकको मृत्यु भएको हो ।

आईडीएफका अनुसार उनीहरूको बख्तरबन्द वाहकमा विस्फोट र आगलागी हुँदा सैनिकहरू खान युनिस क्षेत्रमा थिए । यो गाजाको दोस्रो ठूलो सहर हो ।

सेनाले हालसम्म ६ जना सैनिकको नाम सार्वजनिक गरेको सीएनएनले जनाएको छ । उनीहरूको उमेर १९ देखि २१ वर्षसम्म भएको बताइएको छ । एकजनाको नाम अझै सार्वजानिक हुन बाँकी छ ।

मंगलबार भएको अर्को घटनामा, सैनिकहरूमाथि रकेट–प्रोपेल्ड ग्रिनेड प्रहार भएको थियो । आईडीएफका अनुसार दुई सैनिक घाइते भए पनि कसैको मृत्यु भएको छैन । – सिएनएन

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology