एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससपार्क सिटीमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन्।
मनाससपार्क प्रहरी विभागका अनुसार उनीहरू भाडामा बस्दै आएको अपार्टमेन्टको तल्लो तलाबाट ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय छोरा र आठ वर्षीया छोरीको शव फेला परेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चारै जनाको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलमै हतियार फेला परेको प्रहरीको भनाइ छ।

स्थानीय समय अनुसार बिहीबार राति १०:४० बजे घरधनीले भाडामा बसेका परिवारको अवस्था बुझ्न नसकेको भन्दै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुग्दा सबै सदस्य मृत अवस्थामा फेला परेका हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलोन मस्कबीच जारी तिखो बयानबाजीले टेस्ला कम्पनीको शेयरमा गम्भीर असर पारेको छ।
बिहीबार टेस्लाको शेयर १४ प्रतिशतले घट्यो, जसका कारण कम्पनीको कुल मूल्य लगभग १५० अर्ब अमेरिकी डलरले घटेको छ। विश्लेषकहरूका अनुसार यो पछिल्ला केही महिनामा टेस्लाको लागि सबैभन्दा खराब दिनमध्ये एक हो।
विज्ञहरू भन्छन् कि यदि मस्क र अमेरिकी सरकारलेबीचको विवाद झन् चर्कियो भने मस्कको व्यवसायिक साम्राज्यमा थप क्षति पुग्न सक्छ। उनीहरूका अनुसार, “मस्क यस्तो सरकारसँग भिडिरहेका छन् जुन आलोचकहरूमाथि कारबाही गर्न पछि पर्दैन।”
ट्रम्पले स्पेसएक्सजस्ता मस्कका कम्पनीलाई दिइएको सरकारी ठेक्का रद्द गर्ने चेतावनी दिएका छन्। यसको जवाफमा मस्कले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै भनेका छन्, “तिमीलाई जे मन लाग्छ गर, मलाई वास्ता छैन!”
ट्रम्प र मस्कबीचको मतभेद सुरुमा नीति–बहसका रूपमा देखिएको थियो, तर पछि यो विवाद व्यक्तिगत आरोप–प्रत्यारोपमा परिणत भएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
उनले सुरक्षा जोखिमको कारण देखाउँदै अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूको अमेरिका यात्रा पूर्ण रूपमा निषेध गरेका हुन्।
त्यसैगरी, बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक प्रतिबन्ध लागु गरिने घोषणा गरिएको छ।
फक्स न्युजका अनुसार उक्त प्रतिबन्ध ९ जुनदेखि लागू हुनेछ। तर, अमेरिकी ग्रिनकार्ड भएका व्यक्ति, ९ जुनभन्दा अगाडि भिसा प्राप्त गरेका, निश्चित भिसा श्रेणीअन्तर्गत पर्ने तथा अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने यसबाट छुट दिइनेछ।
ह्वाइट हाउसका अधिकारीहरूले ट्रम्पको यो निर्णयलाई “अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने” उनको चुनावी प्रतिबद्धता अनुरूपको कदम भनेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं २० जेठ । भारतको पूर्वी राज्य आसाममा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १२ सयभन्दा बढी गाउँ डुबानमा परेका छन्।
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (ASDMA) का अनुसार २२ जिल्लाका १ हजार २५४ गाउँ बाढीको चपेटामा परेका छन्। बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर र नगाउँ जिल्लामा पुगेको बताइएको छ। पछिल्लो २४ घण्टामा मात्र दुई जनाको डुबेर मृत्यु भएको जानकारी दिइएको छ।
ASDMA का अनुसार २ जुन साँझदेखि अहिलेसम्म करिब २ लाख मानिस बाढीपहिरोबाट प्रभावित भएका छन्। तीमध्ये ३२ हजारको हाराहारीमा घर पूर्ण रूपमा डुबानमा परेका छन्। पीडितका लागि स्थानीय प्रशासनले विभिन्न स्थानमा ३२२ राहत शिविर सञ्चालनमा ल्याएको छ।
बाढीको अवस्था गम्भीर बन्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मा सँग टेलिफोन संवाद गरी अवस्थाबारे जानकारी लिएका छन्। मोदीले केन्द्र सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिएका छन्।
उत्तरपूर्वका अन्य राज्य पनि प्रभावित
भारतीय सञ्चारमाध्यमहरूका अनुसार विगत पाँच दिनदेखिको लगातार वर्षाले भारतका धेरै उत्तरपूर्वी राज्यहरूमा पनि बाढी र पहिरोका घटना भएका छन्। आसाम बाहेक मिजोरम, मणिपुर, त्रिपुरा र अरुणाचल प्रदेशमा पनि ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी । अमेरिकी टेक अर्बपति तथा टेस्लाका सह-संस्थापक एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँगको आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मार्फत् यसबारे जानकारी दिएका हुन्।
सन् २०२५ को जनवरीमा डोनाल्ड ट्रम्प फेरि ह्वाइट हाउस फर्किएपछि उनले सरकारी खर्च कटौतीका लागि एलन मस्कलाई विशेष जिम्मेवारी दिएका थिए। मस्कलाई सरकारी दक्षता विभाग (Department of Government Efficiency – DOGE) को नेतृत्व सुम्पिएको थियो।
मस्कले बिहीबार एक्समा लेखेका छन्, “विशेष सरकारी कर्मचारीको रूपमा मेरो कार्यकाल समाप्त हुँदै गर्दा, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई अनावश्यक खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु।”
DOGE विभाग मार्फत् मस्कले सरकारी खर्च कटौती, कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन तथा नवीन प्रविधिको प्रयोग गरेर सरकारी प्रणालीमा सुधार ल्याउने प्रयास गरेका थिए।
हाल मस्क आफ्नो निजी व्यवसायहरू—टेस्ला, स्पेस एक्स, न्युरालिंक, र एक्स प्लेटफर्म—प्रति केन्द्रित छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१४ जेठ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नयाँ नीतिसँगै, अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई अर्को सूचना नआएसम्म विद्यार्थी भिसा नदिन निर्देशन दिएको जनाइएकोे छ ।
समाचारअनुसार, यो निलम्बन कहिलेसम्म जारी रहने हो भन्ने अझै स्पष्ट छैन। दूतावास तथा वाणिज्य दूतावासका कर्मचारीहरूले ‘केही दिनभित्र’ थप निर्देशन प्राप्त गर्ने जनाइएको छ।
ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विदेशी विद्यार्थीहरूमाथि दबाब बढाइरहेको बेला आएको यो निर्णय अमेरिका जान चाहने विद्यार्थीहरूका लागि ठूलो झट्का लागेको छ ।
गत हप्ता ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न नपाउने निर्णय लिएको थियो। चिनियाँ पक्षसँगको साँठगाँठ र यहूदी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उक्त कदम चालिएको बताइएको थियो। तर, एक संघीय न्यायाधीशले उक्त निर्णयलाई हालका लागि स्थगित गर्न आदेश दिएका छन्।
यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले हार्वर्डसँग रहेको बाँकी संघीय सम्झौता पनि चाँडै तोड्न सक्ने सम्भावना रहेको जनाइएको छ। यदि सो सम्झौता तोडियो भने, यो प्रकरण हालसम्मकै ठूलो बन्नेछ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले अमेरिकामा प्रवेश गर्न चाहने सबैले त्यहाँको कानुन बुझ्नुपर्ने र आपराधिक उद्देश्य नराख्नुपर्ने स्पष्ट पारिन्।
उनले विद्यार्थी भिसाका लागि सामान्य प्रक्रिया अपनाउनु पर्ने भए तापनि थप जाँचको सम्भावना रहेको पनि बताइन्। ूयदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिइरहनु भएको छ भने, प्रक्रिया पूरा गर्नुस् र जाँचको सामना गर्न तयार रहनुहोस्,ू ब्रुसको भनाइ थियो।
ट्रम्प प्रशासनका पछिल्ला निर्णयहरूले अस्थायी रूपमा अमेरिका बसोबास गरिरहेका व्यक्तिहरूका अधिकार र शैक्षिक स्वतन्त्रतासम्बन्धी संवैधानिक बहस उत्पन्न गराएका छन्।
गत हप्ता अमेरिकी विदेशमन्त्री रुबियोले सिनेटमा बोल्दै, राष्ट्रपति ट्रम्पले २० जनवरीमा कार्यभार सम्हालेयता ुहजारौुं भिसा रद्द गरिएको जानकारी दिएका थिए। यद्यपि, यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२ जेठ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन।
गत शनिबार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको आइतबार बिहान बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो।
१० दिने भ्रमणका क्रममा उनले सोमबार र शुक्रबार दुई वटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। आजको कार्यक्रम चीनका विभिन्न छिमेकी राष्ट्रहरूबाट आएका राजनीतिक दलका प्रतिनिधिहरूबीच संवादका लागि आयोजना गरिएको हो।
सो कार्यक्रममा भण्डारीले प्रमुख अतिथि भएर बेइजिङको स्थानीय समयअनुसार सोमबार बिहान मन्तव्य दिनेछिन ।
यस्तै, आउँदो शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रममा समेत उनले प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
एजेन्सी,१० जेठ । गाजामा भएको बम आक्रमणबाट ७६ जना प्यालेष्टाइन नागरिकको मृत्यु भएको छ । गाजामा इजरायलले पछिल्लो २४ घण्टामा गरेको बम आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार जारी हमलाहरूमा हताहत हुनेहरूको संख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजामा द्वन्द्व सबैभन्दा क्रूर चरणमा पुगेको बताएका छन् ।
गुटेरेसले भोकमरीको चपेटामा परेकाहरुकोमा सहायता पुग्न नसकेको बताएका छन् । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा इजरायलको युद्धमा कम्तिमा ५३ हजार ८ सय २२ प्यालेस्टिनीहरू मारिएका छन् भने एक लाख २२ हजार जना घाइते भएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
वासिङ्टन डीसी, १७ चैत । अमेरिकामा विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो ।
एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले एक विज्ञप्तिमा भनेको छ । विमानले एक पटकमा ६ जनासम्म बोक्न सक्थ्यो । विमानमा सवार कोही पनि जीवित नरहेको बताइएको छ । घरका बासिन्दाहरू घाइते नभएको तर घर आगलागीबाट पूरै नष्ट भएको ब्रुकलिन पार्कका प्रवक्ता रिसिकत अदेसाओगुनले बताएका छन् ।
विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एफएएले बताएको छ । विमान अनोका काउन्टी–ब्लेन विमानस्थलमा अवतरण हुन जाँदै थियो । यो मिनियापोलिसको अर्को उपनगरमा अवस्थित छ । घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
बेओग्रेड, सर्बिया। सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि संसद् भवनमा कोलाहल मच्चिएको छ। संसद् बैठक चलिरहेको बेला सांसदहरूले विरोधस्वरूप ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ।
विपक्षी सांसदहरूले हाल देशमा भइरहेको विद्यार्थी आन्दोलनको समर्थन गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए। संसद्भित्र सुरक्षा बलहरूले नियन्त्रण गर्न खोज्दा झडप भएको र त्यसक्रममा तीन जना सांसद घाइते भएको बताइएको छ। प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, एक सांसदलाई हृदयाघात भएको छ र उनको अवस्था गम्भीर छ।
चार महिनाअघि एउटा रेल स्टेशनको छाना खस्दा १५ जनाको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। आन्दोलन बिस्तारै व्यापक रूप लिँदै गएको छ।
सत्तारूढ पक्षले भने आन्दोलनलाई बाह्य शक्तिहरूले उचालेको दाबी गरेको छ। उनीहरूको आरोपअनुसार, पश्चिमा गुप्तचर निकायहरूले सरकारलाई अस्थिर बनाउन प्रदर्शनलाई उक्साइरहेका छन्।
तस्बिर एजेन्सी
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस