अभिनेत्री रान्या राव सुन तस्करीमा पक्राउ

   फागुन २१, २०८१       admin

बेंगलुर। अन्तर्राष्ट्रिय विमानस्थलमा अभिनेत्री रान्या राव पक्राउ परेकी छन्। उनीमाथि सुन तस्करीको आरोप लागेको छ।

राजस्व गुप्तचर निर्देशनालय (DRI) ले सोमबार राति उनलाई नियन्त्रणमा लिएको हो। रान्याको साथबाट १४.८ किलो सुन बरामद गरिएको छ।

३३ वर्षीया रान्या कर्नाटकका वरिष्ठ आईपीएस अधिकारी के. रामचन्द्र रावकी सौतेनी छोरी हुन्। रामचन्द्र कर्नाटक राज्य पुलिस आवास निगमका डीजीपी हुन्।

रान्या दुबईबाट एमिरेट्स उडानमार्फत बेंगलुरु आएकी थिइन्। १५ दिनमा चारपटक दुबई गएकाले उनी प्रहरीको निगरानीमा परेकी थिइन्।

पक्राउपछि उनलाई आर्थिक अपराध अदालतमा पेश गरियो। अदालतले उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ।

रान्या कन्नड फिल्म ‘माणिक्य’ मा सुपरस्टार सुदीपसँग देखिएकी थिइन्। उनले अन्य कन्नड तथा दक्षिण भारतीय फिल्महरूमा पनि अभिनय गरेकी छन्।

प्रहरीले यो तस्करीमा उनी एक्लै थिइन् वा ठूलो सञ्जालको हिस्सा हुन् भन्नेबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रपसंगको विवादपछि ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की

   फागुन १७, २०८१       admin

काठमाडौं,१७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कडा बहसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार शुक्रबार करिब १० मिनेटसम्म चलेको विवादपछि जेलेन्स्की नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डललाई ओभल अफिसबाट बाहिर जान भनिएको थियो। बहसपछि युक्रेनी टोली अर्को कोठामा सरेको भए पनि अमेरिकी पक्ष भने बैठकस्थलमै बसेको थियो।

यसपछि ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेशमन्त्री मार्को रुबियो र अधिकारी माइक वाल्ट्जसँग छलफल गरेका थिए। छलफलपछि ट्रम्पले जेलेन्स्की वार्ताका लागि उपयुक्त अवस्थामा नरहेको बताउँदै उनलाई फर्किन सन्देश दिन निर्देशन दिएका थिए।

जेलेन्स्कीले पुनः संवाद गर्न चाहेको बताउँदा पनि उनले अवसर पाएनन्। साथै, दुवै नेताबीच तय गरिएको संयुक्त पत्रकार सम्मेलनसमेत रद्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युक्रेनको शान्तिको लागि राष्ट्रपति पद त्याग्न तयार छु:जेलेन्स्की

   फागुन १२, २०८१       admin

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि आफूले राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन्। उनले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि बताए।

जेलेन्स्कीले युक्रेनको शान्तिको शुनिश्चितता भए र युक्रेनले नेटोको सदस्यता पाए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्।

राजधानी किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र संयुक्त राज्य अमेरिका दुवैको समर्थन आवश्यक रहेको बताए। यस समयमा उनले युक्रेनको नेटो सदस्यता र राष्ट्रपतिको रूपमा आफ्नो बाँकी जीवनको बारेमा सोधिएका प्रश्नहरूको जवाफ दिए।

सोमबारदेखि युक्रेनमा युरोपेली देशका नेताहरूको बैठक हुने तय भएको छ। यसबारे सोधिएको प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय लिनुपर्ने पनि उल्लेख गरे।

उनले सो मिटिङमा रणनीतिको बारेमा छलफल गरिने तथा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीको बारेमा पनि कुरा गर्ने उल्लेख गरे। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस(युक्रेन युद्ध रोक्न साउदी अरेबियामा रुससँग वार्ता गर्ने बताएका थिए।

वार्ताको मिति अझै घोषणा गरिएको छैन तर अमेरिकाले युक्रेनलाई अझैसम्म यसका लागि निमन्त्रणा गरेको छैन।

जेलेन्स्कीले युद्ध रोक्न हुने छलफलमा युक्रेनलाई समावेश गर्नु महत्त्वपूर्ण भएको बताएका छन्। उनीबाहेक धेरै युरोपेली देशहरूले पनि युक्रेनसँगै युरोपलाई पनि यस्ता वार्तामा समावेश गर्नुपर्ने बताएका छन्।

जेलेन्स्कीले आफ्नो चिन्ता सुरक्षा ग्यारेन्टीको बारेमा भएको पनि बताएका छन्। सम्झौता पछि रूसले भविष्यमा युक्रेनमाथि आक्रमण नगर्ने ग्यारेन्टी चाहेको उनले बताए।

उनले भने, -‘यो युद्ध हो, केटाकेटीहरूको खेल होइन। हामीलाई साझेदारी चाहिन्छ, हामीलाई सहयोग चाहिन्छ तर हामीले हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं । हामीले हाम्रो सम्मान गुमाउन सक्दैनौं।’ साभार: बीबीसी

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युएसएआईडिका १६ सय कर्मचारी बर्खास्त

   फागुन १२, २०८१       admin

वासिङटन डिसी । अमेरिकामा ट्रम्प प्रशासनले ठूलो संख्यामा युएसएआईडीका कर्मचारीहरूलाई बर्खास्त गरेको छ। साथै, थुप्रै कर्मचारीहरूलाई बिदामा बस्न बाध्य पारिएको बिबिसी समाचारमा उल्लेख छ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) अन्तर्गत ४२ सय कर्मचारीलाई बिदा दिइएको छ भने कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ। बीबीसी समाचारका अनुसार, प्रशासनले संघीय कर्मचारीहरूको संख्या घटाउने नीति अवलम्बन गर्दै आएको छ।

यद्यपि, बर्खास्त गरिएका कर्मचारीहरूमध्ये कतिलाई पुन: नियुक्त गरिनेछ भन्ने स्पष्ट पारिएको छैन। ट्रम्प प्रशासनले सरकारी खर्च कटौती गर्ने उद्देश्यले एलोन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (DODGE) योजना अन्तर्गत संघीय कर्मचारी सङ्ख्या घटाउने प्रयास गरिरहेको बताइएको छ।

सन् १९६१ मा स्थापना भएको युएसएआईडीमा पछिल्लो समय कर्मचारी कटौती हुनुअघि करिब १०हजार कर्मचारी कार्यरत थिए। संघीय बजेट कटौतीको प्रभावस्वरूप, यो संस्था पनि प्रभावित बनेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हमासले ४ इजरायली बन्धकहरूको शव फिर्ता गर्दै

   फागुन ०८, २०८१       admin

गाजा। प्यालेस्टिनी लडाकू समूह हमासले आज बिहीबार ४ इजरायली बन्धकहरूको शव फिर्ता गर्ने जनाएको छ। फिर्ता गरिने शवमा शिरी बिबास, उनका दुई छोरा— ४ वर्षीय एरियल बिबास र ९ महिनाका केफिर बिबास, तथा चौथो बन्धक ओडेड लिफशिट्जको शव रहेको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा यी चारै जना बन्धक बनाइएका थिए। त्यसबेला केफिर सबैभन्दा कान्छा बन्धक थिए। हमासले नोभेम्बर २०२३ मा शिरी र उनका दुई छोरा इजरायली बम आक्रमणमा मारिएको दाबी गरेको थियो। तर, इजरायलले यो दाबी अस्वीकार गर्दै आएको छ।

यसअघि, केफिरका पिता यार्डेन बिबासलाई यसै महिनाको सुरुमा रिहा गरिएको थियो। बन्धक बनाइएको बेला उनले हमासद्वारा जारी भिडियोमा आफ्ना परिवारका सदस्यहरूको मृत्युको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई दिएका थिए।

यसबाहेक, हमासले शनिबार थप ६ जना बन्धकहरूलाई रिहा गर्ने योजना बनाएको छ। यो संख्यामा पहिले अपेक्षा गरिएभन्दा दोब्बर हो। हमाससँग भएको सम्झौताअनुसार, शनिबार रिहा गरिएका बन्धकहरूको बदलामा इजरायलले अक्टोबर २०२३ यता पक्राउ परेका १९ वर्ष मुनिका सबै महिला र प्यालेस्टिनीलाई रिहा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

यात्रुवाहक गाडी रोकेर सात जनाको हत्या

   फागुन ०७, २०८१       admin

इस्लामाबाद, ७ फागुन । पाकिस्तानको बलुचिस्तान प्रान्तको बरखान जिल्लामा अज्ञात बन्दुकधारीहरूले यात्रुवाहक गाडी रोकेर सात जनाको हत्या गरेका छन्।

स्थानीय अधिकारीहरूका अनुसार क्वेटाबाट लाहोरतर्फ जाँदै गरेको गाडीमा सवार यात्रुलाई बन्दुकधारीहरूले जबरजस्ती ओरालेर परिचयपत्र जाँच गरेपछि गोली हानी हत्या गरेका हुन्। रोयटर्सका अनुसार बरखानका डेपुटी कमिस्नर वकार खुर्शीदले घटनाको पुष्टि गरेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार मारिनेहरू पाकिस्तानको पञ्जाब प्रान्तका रहेको प्रहरीले जनाएको छ।

बलुचिस्तान पाकिस्तानको पृथकतावादी विद्रोहीहरूको सक्रिय क्षेत्र हो, जहाँ सशस्त्र समूहहरूले ठूलो स्वायत्तता र प्राकृतिक स्रोतहरूको उचित बाँडफाँटको माग गर्दै आएका छन्। पछिल्ला महिनाहरूमा यस क्षेत्रमा सुरक्षा बल, चिनियाँ पूर्वाधार परियोजना तथा पञ्जाब प्रान्तका कामदारहरूलाई लक्षित गरी आक्रमणहरू बढ्दै गएका छन्।

गत अगस्ट महिनामा पनि विद्रोही समूहले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरेका थिए। पछिल्ला घटनाहरूले पाकिस्तानको सुरक्षा व्यवस्थामाथि थप चुनौती खडा गरेको सुरक्षा विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकी एयरलाइन्सको विमान दुर्घटना:हालसम्म १८ जनाको शव फेला

   माघ १७, २०८१       admin

काठमाडौं, १७ माघ । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको घटनामा अहिलेसम्म १८ जना मृत भेटिएका छन् ।

सीबीएस न्यूजकाअनुसार नदीबाट १८ वटा शव निकालिएको छ । खोजी कार्यमा रहेको टोलीले अहिलेसम्म कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजि विमान हेलिकोप्टरसँग ठोक्किएको थियो ।

अमेरिकी एअरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेको पुष्टि गरेको छ । “हामी ती सबैको बारेमा चिन्तित छौं,” एअरलाइनले भन्यो, “हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं । आपत्‌कालीन टोलीलाई मद्दत गर्दैछौँ ।”

वाशिङ्गटन डीसीको आपत्‌कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

डीसी फायर र ईएमएस विभागकाअनुसार विमान हेलिकोप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो । विभागले एक्समार्फत फायरबोटहरू नदीमा खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रूस युक्रेन द्वन्द्व: वार्ताका लागि मस्को तयार

   माघ १२, २०८१       admin

मस्को ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्व समाधान गर्न वार्ताका लागि आफ्नो सरकार तयार रहेको बताएका छन्। शुक्रबार सार्वजनिक बयानमा उनले यसबारे रूसले सधैं सकारात्मक दृष्टिकोण राखेको भन्दै वार्ताका लागि अनुकूल वातावरण तयार गर्न युक्रेन र उसका प्रायोजकहरूलाई जिम्मेवार ठहराए।

पुटिनले भने, “हामीले बारम्बार यो कुरा स्पष्ट पारिसकेका छौं र आज फेरि दोहोर्याउन चाहन्छु – रूस वार्ताका लागि तयार छ। तर यसका लागि पहिले युक्रेनले आफ्नो प्रतिबन्ध हटाउनेतर्फ कदम चाल्नुपर्छ।”

उनका अनुसार युक्रेनी पक्षबाट लागू भएका प्रतिबन्धहरूले द्विपक्षीय वार्ता सम्भव नहुने अवस्था सिर्जना गरेको छ। साथै, पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग वार्ता गर्न निषेध गर्ने आदेश जारी गरेकाले समस्या झन् जटिल भएको बताए।

“यो आदेश जारी रहँदा वार्ता सुरु हुने कुनै विश्वास छैन,” पुटिनले भने। “वार्ताका लागि पहिले प्रारम्भिक छलफल र विश्वासको वातावरण निर्माण गर्नुपर्छ।”

रूसी राष्ट्रपतिले युक्रेनलाई सहयोग गर्दै आएका पश्चिमी देशहरूलाई वार्ताको वातावरण बनाउन दबाब दिन आग्रह गरे। उनले भने, “युक्रेनी नेताहरूले बाह्य आदेश पालना गर्न हतार नगर्ने स्पष्ट छ। त्यसैले, कीभलाई सहयोग गर्ने देशहरूले जिम्मेवारी लिनुपर्नेछ।”

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व आर्थिक मञ्चमा बोल्दै रूस-युक्रेन वार्ता प्रक्रिया सकारात्मक रूपमा अघि बढिरहेको टिप्पणी गरेका छन्। उनले अमेरिकाले शान्ति स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको पनि जनाए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टर्कीमा आगलागी हुँदा ७६ जनाको मृत्यु

   माघ ०, २०८१       admin

एजेन्सी ।टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ ।

आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताए। आगलागी होटलको भान्साबाट शुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ३ बजेको समयमा आगलागी भएको थियो ।

उक्त पर्यटकीय होटल चिसो र हिउँ जमेको स्थानमा भएकाले दमकल पुग्न एक घण्टाभन्दा बढी समय लागेको लागेको थियो । दमकल पुगेपछि पनि आगो निभाउन झण्डै १२ घण्टा लागेका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनापछि प्रहरीले होटलका मालिकसहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनामा लापरबाही गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका छन्। मृतकहरुको सम्झनामा टर्कीमा आज राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तिब्बत भूकम्प:९५ जनाको मृत्यु १३० घाइते

   पुष २३, २०८१       admin

काठमाडौँ ,२३ पुस। चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ ।

मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६।८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु९गहिराइ० १० किलोमिटर रहेको छ ।

भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।

यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७।१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७।० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology