अफगानिस्तान सेमिफाइनलमा

   असार १२, २०८१       admin

काठमाडौं,११ असार। आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी(ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो।

सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता पाएको हो।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तान ८ रनले विजयी भएको हो। अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्यमएको बंगलादेशले ओभरमा अल आउट हुदै १०५ रन मात्र बनाउन सक्यो।

बंगलादेशका लागि लिन्टनकुमार दासले बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले। ओपनरका रुपमा क्रिजमा आएका दास अन्तिमसम्म क्रिजमा रहिरहँदा अर्को तर्फबाट भने निरन्तर विकेट निरन्तर गईरहँदा टोली पराजित हुन पुग्यो।

अफगानिस्तानका लागि कप्तान राशिद खान र नभिन उल हकले समान चार चार तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले समान एक एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलमा ४३ तथा इब्राहिम जाद्रानले २९ बलमा १८ रन बनाए। कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए।

बंगलादेशका लागि रिषद होसेनले तीन तथा तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए।

अफगानिस्तानको जितसँगै अष्ट्रेलिया सुपर एट बाटै बाहिरिएको छ। अफगानिस्तानले समूह चरणमा न्यूजिल्याण्ड र सुपर एटमा अष्ट्रेलियालाई पराजित गरेको थियो।

योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले इङ्ल्याण्ड प्रतिद्वन्द्वी पाउँदा दक्षिण अफ्रिकासँग अफगानिस्तान भिड्ने छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वर्षापछिको बाढीका कारण ११ जनाको मृत्यु

   असार ०८, २०८१       admin

हेफेई– चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ ।

निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी र डुबानका कारण विभिन्न बालीमा क्षति पुग्नुका साथै सडकहरू काटिएको छ । स्थानीय अधिकारीले चरम मौसमी अवस्थाको प्रभाव कम गर्न आपत्कालीन प्रतिक्रियाको स्तर बढाएका छन् ।

शुक्रबार वर्षा र आँधीसम्बन्धी मौसम विज्ञान प्रकोप प्रमुखले मोसमी पूर्वानुमान र आपत्कालीन प्रतिक्रिया दिँदै आगामी तीन दिन प्रान्तमा कडा वर्षा हुने अनुमान गरेको छ ।

बुधबारदेखि बिहीबारसम्म सहरको औसत वर्षा १७६.४ मिलिमिटर पुगेको छ भने टुनक्सी जिल्लामा ४०५.५ मिलिमिटरको अधिकतम वर्षा रेकर्ड गरिएको छ ।

वर्षाले एक लाख ७९ हजार मानिसहरू प्रभावित भएकामा लगभग ११ हजार बासिन्दालाई अस्थायी स्थानान्तरण गरिएको थियो । सहरको पार्टी समितिको प्रचार विभागका अनुसार क्षतिग्रस्त बालीको क्षेत्रफल ११ हजार ४८० हेक्टर पुगेको छ ।

वर्षाका कारण आएको बाढीले नौ वटा राष्ट्रिय वा प्रान्तीय राजमार्गसहित सहरका ५० वटा सडक अवरुद्ध पारेको छ । पाँच वटा काउन्टी–स्तरीय क्षेत्रमा सार्वजनिक यात्रु यातायात सञ्चालन स्थगित गरिएको छ ।

सहरमा तीन हजारभन्दा बढी उद्धारकर्ता, २३५ वारूण यन्त्र र १०५ जहाज उद्धार तथा राहतका लागि परिचालन गरी दुई हजार ४०० भन्दा बढी फसेका बासिन्दालाई उद्धार गरिएको छ ।

वर्षामा केही ग्रामीण सडक भत्किएका कारण उद्धारकर्ताहरू पहाडी क्षेत्रका केही दुर्गम गाउँमा पुग्न पैदल हिँड्नु परेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

सहरका उपप्रमुख चेन टिएन्युले अहिले बाढी नियन्त्रणका लागि निकै महत्त्वपूर्ण समय भएको बताउँदै सहरको हुइझोउ जिल्लास्थित चेङ्गकन नगरमा रहेको एउटा उच्च अध्ययन भ्रमण आधारलाई खाली गरिएका बासिन्दाका लागि अस्थायी बस्ती स्थलमा परिणत गरिएको छ ।

सहर र गाउँ स्तरका सबै कार्यकर्ताहरूलाई परिचालन गरी प्रभावित स्थानहरूमा गस्ती र निरीक्षण गर्न भनिएको छ ।

गुआङ्गडोङको सिमानामा रहेको फुजियान प्रान्तमा जुन १६ देखि सुरु भएको लगातारको वर्षाले लोङ्यान सहरका एक लाखभन्दा बढी बासिन्दाको सामान्य जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दिल्लीका मुख्यमन्त्री अरविन्द जमानतमा रिहा

   असार ०८, २०८१       admin

काठमाडौ,७ असार। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवा जमानतमा रिहा भएका छन् । मदिरा घोटाला प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरिवालाई अदालतले जमानत दिएको हो।

उनलाई दिल्लीको राउज एवेन्यु अदालतले अन्तरिम जमानत दिएको हो । केजरिवाल हाल न्यायिक हिरासतमा रहेका छन् । उनी दिल्लीको तिहाड जेलमा छन् । अदालतले जमानत दिएसँगै उनी भोलि थुनामुक्त हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मदिराको लाइसेन्स प्रकरणमा भ्रष्टाचार गरेको भन्दै उनीमाथि मनी लाउन्ड्रिङ केसमा भारतीय पवर्तन निर्देशानालय अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थी भिसामा अष्ट्रेलियाको थप कडाइ

   जेठ ३१, २०८१       admin

काठमाडौं,३१ जेठ। विद्यार्थी भिसा सम्बन्धि नियममा अष्ट्रेलियाले थप कडाइ गरेको छ ।

अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिना ९१ जुलाई० देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् ।

यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।

खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन् ।

गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।

त्यस्तै, ग्राजुएट भिसा ९टीआर० मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इजरायलको आक्रमणमा एकैदिन २७४ प्यालेस्टाइनीको मृत्यु

   जेठ २७, २०८१       admin

काठमाडौँ,२७ जेठ । बन्धक बनाएका चारजना नागरिकलाई मुक्त गर्ने क्रममा भएको इजरायली बालबालिकासहित २७४ जनाको ज्यान गएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलका सेनाहरूले नुसेराट शरणार्थी शिविर र वरपर आक्रमण गरेको थियो ।

नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरणमा परेका २६ वर्षीय नोआ अर्गामानी, २२ वर्षीय अल्मोग मीर जान, २७ वर्षीय आन्द्रेइ कोज्लोभ र ४१ वर्षीया स्लोमी जिभलाई इजरायल फिर्ता गरिएको छ । इजरायली सेनाले पनि उक्त कारबाहीमा १सय भन्दा कम मानिसको मृत्यु भएको अनुमान गरेको छ।

बीबीसीको रिपोर्ट अनुसार गाजाबाट प्राप्त पछिल्लो तथ्याङ्कले यदि पुष्टि भयो भने, यो द्वन्द्वको अहिलेसम्मकै सबैभन्दा घातक दिनहरूमध्ये एक हुनेछ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दुई घण्टाको अभियानमा मारिएका २७४ प्यालेस्टाइनीमध्ये ८६ जनाको नाम सार्वजनिक गरेको छ।

घना बस्तीमा बसोबास गर्ने मानिसहरूले तीव्र बमबारी र भारी गोलीबारीको आतंककोबारेमा बताएका छन् । अब्देल सलाम दरविस नामका एक व्यक्तिले बीबीसीलाई बताएअनुसार उनी बजारमा तरकारी किन्दै थिए जब उनले माथिबाट लडाकु विमान र बन्दुकको आवाज सुने। त्यसपछि मानिसका शव टुक्रा–टुक्रा भएर सडकमा छरिएका थिए र भित्तामा रगतले लतपतिएका थिए ।

बन्धकहरूलाई उनीहरूको परिवारमा फर्काएपछि इजरायलमा उत्सव छाएको छ र अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्व नेताहरूले उनीहरूको रिहाइको खबरलाई स्वागत गरेका छन्।

तर गाजा भित्रको अपरेसन घातक भएको भन्दै युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलले भर्त्सना गरेका छन् । ’गाजाबाट नागरिकहरूको अर्को नरसंहारका रिपोर्टहरू डरलाग्दा छन्,“ उनले एक्समा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आत्मघाती बम विष्फोटमा परि २१ जनाको मृत्यु

   चैत ०, २०८०       admin

काठामाण्डौ,९ चैत । अफगानिस्तानमा आत्मघाती बम विष्फोटमा परि २१ जनाको मृत्यु भएको छ।
अफगानिस्तानको कान्दहारमा भएको आत्मघाती बम विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

यो विष्फोटको जिम्मा इस्लामिक स्टेट ९आईएस०ले लिएको छ ।

अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विष्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इजरायली हमलामा २१ जनाको मृत्यु, १५० घाइते

   चैत ०२, २०८०       admin

काठमाडौ,२ चैत । गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार बताएको छ। 
 उक्त घटनामा १५० जना घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन्।

  प्यालेस्टिनीहरूको एउटा समूह सहयोग प्राप्त गर्न भेला भएको स्थानमा हेलिकप्टरबाट मेसिन गनद्वारा आक्रमण भएको स्थानीयले बताएका छन्।

घटनास्थलको अवस्था चुनौतिपूर्ण भए पनि मृतकलाई उद्धार गर्ने र घाइतेलाई निकाल्ने प्रयास जारी रहेको विज्ञप्तिमा उल्लेख छ।
घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेका कारण मृतकको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कुवेतमा तीनजना नेपालीको मृत्यु

   चैत ०१, २०८०       admin

काठमाडौ, १ चैत । वैदेशिक रोजगारीको लागि कुवेत गएका तीनजना नेपालीको मृत्यु भएको छ। कुवेत स्थित महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान कारले ठक्कर दिंदा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक- ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए ।
त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।

तस्वीर: साभार

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतमा पनि भेटियाे ‘ओमिक्राेन’ भेरिएन्ट

   मङि्सर १६, २०७८       admin

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

नयाँ भेरियन्टकाे सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालले बताउनुभयाे ।  

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिनुभयो । उनीहरू सबैलाई आइसोलेशनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहसचिव अग्रवालको भनाइ छ ।

उहाँले अन्य कोरोना भाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनुपरेको स्पष्ट पार्नुभयो । 

सुरुमा बी.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ‘ओमिक्रोन’ नामाकरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ब्राजिलका राष्ट्रपतिको विरोधमा प्रदर्शनकारी सडकमा

   असोज १७, २०७८       admin

ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् ।

ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका बीबीसीले जनाएको छ ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ ।

राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रकाे रक्षाका लागि नागरिक एकजुट भएको प्रदर्शनकारीको भनाइ छ ।

ब्राजिलको रियो दि जेनेरियो लगायत १ सय ६० सहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology