फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यास

   असोज १६, २०७८       admin

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँले आउँदो वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकाल भन्दा बढी बस्न पाइँदैन । संविधानले राष्ट्रपति पदमै दोहोरिन नदिने भएपछि दुतेर्तेले यसअघि आउँदो वर्षको चुनावमा आफू उपराष्ट्रपति पदमा उमेदवार बन्ने बताउनुभयो थियो । तर अहिले भने राजनीतिबाटै सन्यासको घोषणा गर्नुभएको हो ।

दुतेर्तेले छोरी सारा दुतेर्ते कार्पियोलाई आउँदो वर्षको चुनावमा राष्ट्रपति पदका लागि अघि सार्नसक्ने सम्भावना रहेको पनि बीबीसीले जनाएको छ । सारा दुतेर्ते कार्पियो यसअघि बुवाकै निर्वाचन क्षेत्र डाभाओको मेयर बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दिल्लीको एक अदालतमा गोली चल्दा ३ जनाको ज्यान गयो

   असोज ०८, २०७८       admin

दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ ।

दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक गुन्डा नाइके (ग्याङस्टार) र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चल्दा ज्यान गुमाउने गुन्डा नाइकेको नाम जितेन्द्र मान गोगी भएको जनाइएको छ ।   

आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका बीबीसीमा उल्लेख छ । 

दिल्ली प्रहरीले यस घटनाको पुष्टि गरेको छ । 

‘ग्याङस्टार (जितेन्द्र) लाई सुनुवाइका लागि अदालतमा ल्याउने क्रममा दुई आक्रमणकारीले उसमाथि गोली चलाए । प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारीको ज्यान गएको छ’, दिल्ली प्रहरी कमिस्नरले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक पनि निर्वाचित

   असोज ०५, २०७८       admin

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । हिजाे सोमवार भएको संसदीय चुनावको मतगणना जारी रहेकै बेला उहाँको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो । तर उहाँको पार्टी बहुमत ल्याउनबाट भने चुकेको छ ।

४९ वर्षीय ट्रुडो लगातार तेस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो । क्यानडामा सन् २०१५ पछि तीन वटा संसदीय चुनाव भएका छन् । ६ वर्षको अवधिमा भएका तीन वटै चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गर्नुभएको छ ।

प्रधानमन्त्री ट्रुडोले आफू निर्वाचित भएको जानकारी दिँदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरूलाई धन्यवाद दिनुभएको एएफपीले जनाएको छ ।

क्यानडामा अहिले ३३८ सिटका लागि चुनाव भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तालिबानको नियन्त्रणमा अफगानिस्तानका प्रमुख सहर

   श्रावण २७, २०७८       admin

तालिबान लडाकु समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको तालिबान समूहले दाबी गरेको छ । 

गएकाे चार दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी नियन्त्रणमा लिएको यो सातौँ हो । अफगानिस्तानको सुरक्षामा द्रुत रूपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ । 

यता अमेरिकी राष्ट्रपतिले सेना फिर्ता गरेकोमा पछुतो नभएको बताउनुभएको छ । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताउनुभएको हो । 

यद्यपि बाइडेनले अफगानिस्तानका लागि सङ्घर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी सेनाले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा सात वटालाई नियन्त्रणमा लिइसकेको छ । अन्य सहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबान समूहले लडाइँ जारी राखेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हैटीका राष्ट्रपतिको घरमै हत्या

   असार २३, २०७८       admin

हैटिका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उहाँकाे ज्यान गएकाे बीबीसीले जनाएको छ ।

केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्‍याे भन्ने खुलिसकेको छैन ।

आक्रमणममा राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइसेले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हाल्नुभएकाे थियाे । 

भ्रष्टाचारका अभियोगहरूका माझ मोइसेको कार्यकाल सहज थिएन र उहाँले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो ।

यसै वर्ष केही समयअघि राजधानी र देशका अन्य सहरमा पनि मानिसहरूले उहाँको राजीनामा माग्दै व्यापक रूपमा विरोध प्रदर्शन गरेका थिए । – एजेन्सी

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कोरोनाको नंया भेरियन्ट ८५ देशमा फैलियो

   असार ११, २०७८       admin

दाङ। कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेप्रतिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ताव्यक्त गरेको छ । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ । पछिल्लो दुईहप्तामामात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्मकोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको जानकारी दिएको छ ।

डब्लूएचओले कोरोनाभाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानीगर्न थालेको उल्लेख गर्दै अल्फा भेरियन्टभन्दा डेल्टा तीव्र गतिमा फैलेने गरेको पाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा

   जेठ २६, २०७८       admin

भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ ।

मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ ।

यस्तै वर्षाका कारण केही ठाउँमा ट्राफिक जामसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट दुई वर्षका लागि बन्द

   जेठ २२, २०७८       admin

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध लगाइएको थियो ।

फेसबुकको स्वतन्त्र छानबिन बोर्डले गएको जनवरी ६ तारिखमा ट्रम्पले फेसबुकमा साझा गरेको विचार तथा भनाइले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा हिंसात्मक झडपलाई बढवा दिएको जनाएको छ । त्यतिबेला फेसबुकसँगै इन्स्टाग्राम र ट्वीटरले  तत्कालै ट्रम्पको अकाउन्ट बन्द गरेका थिए ।

ट्रम्पले सन् २०२३ को जनवरीमा पुनः आफ्नो अकाउन्ट सञ्चालन गर्न पाउनु हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चीनमा अब तीन सन्तान जन्माउन पाउने

   जेठ १७, २०७८       admin

चीनका नागरिकले अब तीन सन्तान जन्माउन पाउने अनुमति पाएका छन् । चीनले तीन सन्तानकाे अनुमति दिएसँगै अब दुई सन्तानकाे कडा नीति समाप्त भएकाे छ । 

चीनकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाका राष्ट्रपति सी जिनपिङकाे नेतृत्वमा भएकाे पाेलिटब्युराे बैठकमा तीन सन्तान जन्माउन पाउन अनुमति दिने निर्णय लिइएकाे हाे ।। 

चीनमा एक दशकमा हुने जनगणनामा त्यहँ जनसङ्ख्या पछिल्लाे केही दशकमा पहिलाे पटक सुस्त गतिमा बढिरहेकाे पाइएपछि यस्ताे निर्णय आएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चक्रवातका कारण भारतमा कैयौँ विस्थापित

   जेठ १३, २०७८       admin

यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन भएका समाचारसंस्था रोयटर्सले जनाएको छ ।

बङ्गालको खाडीमा उत्पन्न भएको चक्रवात तटीय क्षेत्रमा आउनुअघि नै १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण तीव्र हावाहुरीसहित ठूलो वर्षा भइरहेको छ। घरहरू भत्किएका छन् भने ठूलाठूला छालले तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ।

पश्चिम बङ्गालमा मात्रै तीन लाख घरहरु भत्किएका मुख्यमन्त्री ममता बेनर्जीले बताउनुभएको बीबीसीले जनाएको छ । अहिले चक्रवात पश्चिम उत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको भारतीय मौसम विभागले जनाएको छ । भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडू राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने भारतको मौसम विभागले जनाएको छ ।

कोरोना महामारीकै बीचमा आएको आँधीले समस्या थपेको छ । दश लाखभन्दा धेरै विस्थापितलाई राख्नुपर्दा सामाजिक दूरी कायम गर्न कठिन भइरहेको छ । भारतमा अघिल्लो हप्ता आएको ताउ–ते नामको चक्रवातले पश्चिम भारतमा एक सय ५० जनाभन्दा धेरैको ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology