अमेरिकासँग इरानले वार्ता नगर्ने

   फागुन १८, २०८२       admin

काठमाडौं,१८ फागुन। अली लारिजानीले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’

लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा टिप्पणी गर्दै भनेका छन्, ‘ट्रम्पले झूटा आशा देखाएर मध्यपूर्व क्षेत्रलाई अराजकतामा धकेलेका छन्, अनि अहिले अमेरिकी सैनिकहरूको थप क्षतिबारे चिन्तित बनेका छन्।’

उनले ट्रम्पका कदमलाई ‘भ्रमपूर्ण’ भन्दै ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’मा रूपान्तरण गरेको आरोप लगाएका छन् । ट्रम्पले इजरायलको शक्तिको भोकका लागि अमेरिकी सैनिकहरूलाई बलि दिएको समेत उनले आरोप लगाएका छन् ।

दिवंगत सर्वोच्च नेता आयतुल्ला अली खामेनीका प्रमुख सल्लाहकार समेत रहेका लारिजानीले इरानी सेनाले आक्रमण सुरु नगरेको दाबी गर्दै भने, ‘हामीले आक्रमणको सुरुवात गरेका होइनौँ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लेबनानमा बमबारी,३१ जनाको मृत्युः कुवेतले खसाल्यो ड्रोन

   फागुन १८, २०८२       admin

काठमाडौं,१८ फागुन । इजरायलले इरानपछि लेबनानमा पनि बमबारी सुरु गरेको छ ।

समाचार संस्था एफपीले लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार इजरायली आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन् ।

यसैबीच, कुवेतको सेनाले सोमबार बिहान राजधानीतर्फ आइरहेका केही ड्रोन खसालेको जनाएको छ ।

सेनाका अधिकारी मोहम्मद अल–मन्सूरीका अनुसार ती ड्रोनहरू कुवेत सिटी नजिकैका सल्वा र हवाली क्षेत्रमा प्रवेश गर्न खोजिरहेका थिए । वायु प्रतिरक्षा प्रणालीले समयमै ड्रोनहरूलाई रोक्न सफल भएको उनले बताए ।

उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन र देशको अवस्था सामान्य छ । ड्रोन कुन देशबाट पठाइएका थिए भन्नेबारे भने खुलाइएको छैन ।

पछिल्ला दिनहरूमा इरानले खाडी क्षेत्रका केही देशहरूमा ड्रोन तथा मिसाइल आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका छन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानविरुद्ध ट्रम्पको चेतावनी: अमेरिकी सैनिकको मृत्युको बदला लिने

   फागुन १८, २०८२       admin

काठमाडौ,१८ फागुन । डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएका छन्। उनले अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने घोषणा समेत गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसियलमा भिडियो सन्देश जारी गर्दै ट्रम्पले इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गरिने बताएका हुन्।

आफ्नो सम्बोधनमा उनले अमेरिका एक विशाल सैन्य अभियान सुरु गर्ने तयारीमा रहेको जानकारी दिए। उक्त अभियान वर्तमान सुरक्षाका लागि मात्र नभई भावी पुस्ताको सुरक्षाका लागि समेत आवश्यक भएको उनको दाबी छ।

“हामी यो ठूलो अभियान सञ्चालन गर्दैछौं, जुन हाम्रो समय र स्थानको सुरक्षाका लागि मात्र होइन, हाम्रा छोराछोरी र उनीहरूका सन्तानका लागि पनि हो,” ट्रम्पले भने।

इरानलाई कट्टरपन्थी तथा आतंकवादी शासनको संज्ञा दिँदै उनले आणविक हतियारयुक्त इरानबाट अमेरिकी नागरिकलाई जोगाउन कडा कदम अनिवार्य भएको तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानका उच्च सैन्य नेतृत्व मारिएको पुष्टि

   फागुन १७, २०८२       admin

काठमाडौ,१७ फागुन। शनिबार बिहान भएको आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको मृत्यु भएको पुष्टि भएको छ।


इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निम समाचार एजेन्सीले आइतबार उक्त जानकारी सार्वजनिक गरेको हो।

लेफ्टिनेन्ट जनरल मौसावी गत वर्ष जुनमा सशस्त्र बल प्रमुख नियुक्त भएका थिए। त्यतिबेला इजरायल ले गरेको हमलामा तत्कालीन सेना प्रमुखको मृत्यु भएपछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनी ले उनलाई उक्त पदमा नियुक्त गरेका थिए।

शनिबारकै आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजिसी) का प्रमुख मेजर जनरल मोहम्मद पाकपुर तथा रक्षा मन्त्रालयका सल्लाहकार सचिव अली शमखानीको पनि मृत्यु भएको पुष्टि भइसकेको छ। आईआरजिसी इरानको सबैभन्दा शक्तिशाली सुरक्षा संरचनामध्ये एक मानिन्छ।

यसैबीच शनिबारको हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी को पनि मृत्यु भएको जनाइएको छ। उनको निधन शनिबार नै भएको भए पनि औपचारिक पुष्टि आइतबार मात्र गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

   फागुन १७, २०८२       admin

काठमाडौ,१७ फागुन । इरानबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइल आक्रमणका क्रममा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको उक्त आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्।

गल्फ न्युज ले यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना तथा हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोनको सामना गरिसकेको छ।

मन्त्रालयका अनुसार आइतबार बिहान मात्र २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको छ, जसमध्ये आठवटा समुद्रमा खसेका थिए। त्यस्तै दुई क्रुज मिसाइल र ३११ ड्रोन नष्ट गरिएको दाबी गरिएको छ।

इरानबाट प्रक्षेपण गरिएका १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ अवरोध गरी नष्ट गरिएका र १३ समुद्रमा खसेका मन्त्रालयले जनाएको छ। ५४१ ड्रोनमध्ये ५०६ नष्ट गरिएका छन् भने ३५ ड्रोन बस्ती क्षेत्रमा खसेका कारण भौतिक क्षति भएको उल्लेख छ।

मृत्यु हुनेमा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक रहेका छन्। मृतकहरूको नाम र विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

घाइते ५८ जनामध्ये यूएईसहित इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खाडीसहित १२ देशमा श्रम स्वीकृति स्थगित

   फागुन १७, २०८२       admin

काठमाडौँ,१७ फागुन। सरकारले खाडी लगायत मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरेको छ।

मध्यपूर्व क्षेत्रमा विकसित विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले वैदेशिक रोजगारीका लागि प्रदान गर्दै आएको श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो।

श्रम स्वीकृति स्थगित गरिएका देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायल रहेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले मातहतका निकाय तथा विभागहरूलाई व्यक्तिगत र संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन दिएको जनाएको छ।

मन्त्रालयका अनुसार हालको परिस्थितिमा नेपाली कामदारको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो। अवस्था सामान्य भएपछि पुनः निर्णय गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

खामेनीको मृत्युपछि इरान शोकमा

   फागुन १७, २०८२       admin

दाङ, १७ फागुन। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ । अमेरिक र इजरायलले गरेको आक्रमणमा मृत्यु भएपछि इरान शोकमा डुबेको हो।

खामेनीको निधनपछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक र ७ दिन सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ।

यसैबीच उनको मृत्युपछि राजधानीसहित विभिन्न सहरमा नागरिकहरू सडकमा भेला भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा नागरिकहरू रोइरहेका र शोक व्यक्त गरिरहेका देखिन्छन्।

प्रदर्शनमा सहभागीहरूले आक्रमणको बदला लिनुपर्ने भन्दै सरकारसमक्ष माग राख्दै नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इरानमाथि इजरायलको पुनः आक्रमण

   फागुन १६, २०८२       admin

काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्।

इरानको राज्य समर्थित फार्स न्यूज एजेन्सीले उत्तरी र पूर्वी भागमा समेत थप विस्फोटका आवाज सुनिएको जनाएको छ। घटनासँगै इजरायलले इरानमाथि ‘प्रि-एम्प्टिभ’ (अग्रिम) आक्रमण सुरु गरेको घोषणा गरेको छ।

इजरायली रक्षामन्त्री इस्रायल काट्जले राष्ट्रविरुद्धको खतरालाई निस्तेज पार्न यो कदम चालिएको बताए। आक्रमणसँगै इजरायलभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ लागू गरिएको छ।

इरानले पनि जवाफी क्षेप्यास्त्र प्रहार गर्न सक्ने चेतावनी दिइसकेको छ। यो सैन्य टकराव अमेरिका र इरानबीच कूटनीतिक वार्ताका प्रयासकै बीच भएको बीबीसीले जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम आफ्नो देशका लागि ठूलो खतरा रहेको भन्दै कुनै पनि सम्झौता स्वीकार नगर्ने चेतावनी दिइसकेका छन्।

गत जुन महिनामा पनि इजरायलले इरानमाथि आक्रमण गर्दा ‘१२ दिने युद्ध’ सुरु भएको थियो। अहिले फेरि सुरु भएको आक्रमणले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाएको विश्लेषकहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

   फागुन १६, २०८२       admin

काठमार्डाँ,१६ फागुन। बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

सी–१३० हर्कुलस विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर व्यस्त एभिन्यूमा खसेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, कार र ट्रकमा क्षति पुगेको देखिएको छ।

दुर्घटनापछि सडकमा छरिएको बैंकनोट सङ्कलन गर्न भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। पछि अधिकारीहरूले घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए।

राष्ट्रिय दमकल विभागका कर्नल पावेल तोवरका अनुसार १५ देखि १६ जनासम्मको मृत्यु भएको पुष्टि गरिएको छ। स्वास्थ्य मन्त्रालयले कम्तीमा २८ जना घाइते भएको जनाएको छ। विमानस्थल परिसर र एभिन्यू दुवै स्थानमा मानवीय क्षति भएको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले दुर्घटनाको बेला मौसम अत्यन्त खराब रहेको बताएका छन्। भारी असिना, वर्षा र बिजुली चम्किरहेका कारण अवतरण जटिल बनेको अनुमान गरिएको छ।

लकहिड मार्टिनद्वारा निर्मित उक्त विमान पूर्वी सहर सान्ता क्रुजबाट उडेको थियो। रक्षा मन्त्रालयका अनुसार विमानमा बोकेको बैंकनोटमा आधिकारिक क्रमिक नम्बर नभएको र त्यसको कानूनी मान्यता नरहेको उल्लेख गरिएको छ। त्यसको सङ्कलन वा प्रयोग अपराध हुने चेतावनी दिइएको छ।

दुर्घटनापछि लुटपाटको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको ला पाज अभियोजकको कार्यालयले जनाएको छ। घटनापछि विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ भने औपचारिक अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या: ज्वाइँ गम्भीर घाइते

   फागुन १२, २०८२       admin

काठमाडौं,१२ फागुन । अमेरिकामा एक नेपाली परिवारमा बिभत्स हत्या भएको छ। अमेरिकाको भर्जिनिया राज्यको फायरफक्स शहरमा बसोबास गर्दै आएको एक नेपाली परिवारमा बिभत्स हत्या भएको हो।

स्थानीय प्रहरीका अनुसार पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा बस्दै आएका छत्रबहादुर थापाले आफ्नी श्रीमती बिन्दा थापा र छोरी ममता थापामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। घटनामा ज्वाइँ सन्तोष कुमार बस्नेत गम्भीर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रहरी कारबाहीका क्रममा आक्रमणकारी छत्रबहादुर थापामाथि गोली चलाइएको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटना सोमबार बिहान करिब ५ बजे आसपास भएको प्रहरीले जनाएको छ। घटनास्थलमा एक वर्षका शिशु समेत रहेको तर उनी सकुशल रहेको जानकारी दिइएको छ। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको स्थानीय प्रहरीको भनाइ छ।

यसअघि पनि भर्जिनियामै नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरण सार्वजनिक भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान्माथि कानुनी कारबाही प्रक्रिया अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology