भट्टराईको संयोजकत्वमा ‘सरुवा बञ्चित संघर्ष समिति’ गठन

   माघ १६, २०८१       admin

दाङ,१६ माघ । शिक्षामन्त्री सुमना श्रेष्ठद्वारा जारी गरिएको शिक्षक सरुवा निर्देशिका २०८१ का कारण नवप्रवेशी शिक्षकहरू सरुवा अधिकारबाट वञ्चित भएको भन्दै शिक्षक संगठित भएका छन्।

सरुवा सम्बन्धी अन्याय विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने गरी शिक्षक नेत्रलाल भट्टराईको संयोजकत्वमा ‘सरुवा बञ्चित केन्द्रीय तदर्थ समिति’ गठन गरिएको छ।

समितिले उक्त निर्देशिकाले ५०औं हजारभन्दा बढी नवप्रवेशी शिक्षकलाई कनिष्ठताको विल्ला भिराएको र सरुवाको नैसर्गिक अधिकार खोसेको ठहर गरेको छ।

शिक्षक संघ, महासंघ तथा सरोकारवाला निकायहरू मौन रहेको भन्दै नवप्रवेशी शिक्षकहरू स्वयं आन्दोलनमा उत्रिनु परेको संयोजक भट्टराईले बताए।

समितिको सह-संयोजकमा हिमाल कडेल चयन भएका छन्। छिट्टै प्रदेश, जिल्ला, स्थानीय तहसम्म समिति विस्तार गर्दै चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिने समिति संयोजक भट्टराईले जानकारी दिए।

समितिले शिक्षण पेशामा युवा जनशक्ति निराश भएको, सामुदायिक विद्यालयहरूको व्यवस्थापन कठिन बनेको र विद्यालयहरू धरासायी हुने खतरा बढेको उल्लेख गर्दै तत्काल निर्देशिका खारेज गर्न माग गरेको छ।

साथै, सरुवासम्बन्धी समस्या समाधान गर्न विद्यालय शिक्षा विधेयकमार्फत संसदमा छलफल गरी कानुनी व्यवस्था ल्याउन नेपाल सरकार र शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ।

समितिले देशभरका पीडित शिक्षकहरूलाई संगठित भई संघर्षमा सामेल हुन आह्वान गरेको छ। प्रदेश, जिल्ला तथा स्थानीय तहमा समिति गठन गरी आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गरिने संयोजक भट्टराईले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट: विद्यार्थीको न्याय सम्पादन अभ्यास

   माघ १६, २०८१       admin

दाङ,१६ माघ। तुलसीपुरमा सम्पन्न प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट प्रतियोगिता भएको छ ।

कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले गरेको न्यायालयको वास्तविक प्रक्रियाको अभ्यास गरेका छन । उनीहरुले न्याय अब मर्ने छैन भन्ने कुराको आभास भएको बताए।

प्रतियोगितामा विद्यार्थीहरूले एक मुद्दालाई लिएर वादी (अभियोजन) र प्रतिवादी (रक्षा) पक्षको रूपमा तर्क प्रस्तुत गरे। उनीहरूको कानूनी अनुसन्धान, प्रमाणहरू प्रस्तुति, र अदालतमा तर्क प्रस्तुत गरे ।

उक्त प्रस्तुतिले न्यायिक उपभोक्ताहरुप्रती नया आशा पलाएको कार्यक्रममा उपस्थित सहभागीहरुले बताए। उनीहरुले भने “न्याय अब केवल किताबमा सीमित रहने छैन, अब न्यायले न्याय पाउनेछ!”

तुलसीपुर मेट्रो कलेजको आयोजना तथा गणेश पाउरोटी उद्योगको सहयोगमा प्रतियोगिता सन्चालन भएको थियो। लुम्बिनी प्रदेशका विभिन्न क्याम्पसमा कानुन संकायमा अध्य्यनरत विद्यार्थीहरुविच उक्त प्रतिस्पर्धा गराइएको हो ।

विद्यार्थीहरुको अदालती प्रस्तुतिले इच्छाशक्ति भए दक्ष जनशक्ति उत्पादनको संभावना देशभित्रै छ भन्ने कुराको प्रमाणित भएको कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले बताए । उनले भने “पढनकै लागि बाहिर जानुपर्छ भन्ने भाष्य गलत साबित भएको छ। अब न्याय मर्ने छैन,नया आशा जगाएको छ”

पूर्व न्याय परिषद् सदस्य पदम मोहन वैद्यले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गरे। कानुनमा अभ्यस्त नहुँदा कानुनलाई दोष दिने र व्यवहार शैली अपुरो हुने परिपाटीको अन्त्य गर्न यस्ता खाले अभ्यासहरू महत्वपूर्ण हुने उनको भनाइ थियो ।

“कानुन अपुरो छैन, तर व्यवहारिक शैली अपुरो हुँदा कानुनलाई दोष दिने प्रवृत्ति रहेको छ। यस्ता अभ्यासहरू निरन्तर हुन सके न्यायिक उपभोक्ताहरू सन्तुष्ट हुनेछन्।”

नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष बिपुल पोखरेलले न्याय टाढा छैन भन्ने आभास आफूले गरेको बताए । वकिलले न्याय र पत्रकारले आवाज बोक्नुपर्ने भन्दै न्यायिक क्षेत्रको गरिमा बढाउन आग्रह गरे

।उनले भने “पत्रकारले आवाज बोक्ने हो, वकिलले न्याय बोक्ने हो। प्रतियोगिताले न्याय टाढा छैन भन्ने अनुभूति दिलाएको छ।”

पत्रकार सुदीप गौतमले प्रतियोगितालाई कानूनी दक्ष जनशक्ति उत्पादनको आधार भएको बताए।उनले भने, “पढ्ने, सुन्ने, बुझ्ने, प्रस्तुत गर्ने कला यसमा जोडिएको छ। प्रमाणपत्र मात्र होइन, व्यवहारिक रूपमा कानूनी अभ्यास गर्न आवश्यक छ।”

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख अनिल सिंह ठकुरीले विद्यार्थीहरूले प्रस्तुत गरेका घटनाका मुजुल्का (केस फाइल) र अनुसन्धान अत्यन्त उत्कृष्ट भएको बताए।

उनले भने, “विद्यार्थीहरूको अनुसन्धानको गहिराइ र प्रस्तुत गर्ने तरिका हेर्दा कानूनी प्रक्रियाप्रति उनीहरूको समझ निकै परिपक्व छ। यस्ता अभ्यासले कानूनी ज्ञानमात्रै होइन, निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियामा नागरिकको विश्वास बढाउन मद्दत गर्छ।”

तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बिमल रिजालले कार्यक्रमपछि न्यायप्रतिको नयाँ आशा पलाएको बताए।

उनका अनुसार, “तुलसीपुरमा पहिलो पटक यस्तो मुटकोर्ट आयोजना हुनु र विद्यार्थीहरूले न्यायिक प्रक्रियालाई गम्भीर रूपमा अभ्यास गर्नु महत्वपूर्ण छ। यसले भविष्यमा कानूनी सचेत नागरिक र सक्षम कानूनी व्यवसायी उत्पादन गर्न मद्दत गर्छ।”

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा गणेश पाउरोटी उद्योगका संचालक विनिल केसीले न्यायीक क्षेत्रको दक्षताका लागि आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्द्ता व्यक्त गरे।

प्रतियोगिता तुलसीपुरका पुराना व्यवसायिक क्षेत्रमा योगदान दिएका स्व. विष्णु केसीको सम्झनामा आयोजना गरिएको थियो।

न्यायिक चेतनाको विकासका लागि कार्यक्रम सन्चालन गरिएको मेट्रो कलेजका कलेज प्रमुख वसन्त आचार्यले बताए।

प्रतियोगिताले कानूनी ज्ञान मात्र नभई न्यायिक प्रक्रियाप्रति सचेत समेत गराएको सहभागी विद्यार्थीहरूले बताए।

प्रदेशभरका बीए एलएलबी अध्ययनरत आठ समूहहरू सम्मिलित प्रतियोगितामा विद्यार्थीहरूले काल्पनिक मुद्दामा अदालती बहस गरेका थिए।

प्रतियोगितामा सिटी क्याम्पस बुटवलका विद्यार्थीहरु प्रथम भएका छ्न भने तुलसीपुर मेट्रो कलेजका विद्यार्थी दोस्रो भएका छन्।

प्रतियोगितामा प्रथम हुनेले नगद रु २० हजार र ट्रफी प्राप्त गरेका छन् भने दोस्रो हुनेले नगद रु ८ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञानदीप कलेजद्वारा शैक्षिक सामग्री वितरण

   माघ १२, २०८१       admin

दाङ,१२ माघ। तुलसीपुरमा रहेको ज्ञानदिप कलेजका विद्यार्थीहरूले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। ज्ञानज्योति फाउन्डेसन अन्तर्गत सञ्चालनमा रहेको ज्ञानदिप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेका हुन्।

उनीहरूले सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ दहवनमा रहेको श्री भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उक्त सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरेका छन् ।

भगवती माभिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा ज्ञानज्योति कलेजका एकेडेमी कोर्डिनेटर शरद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी विद्यार्थीहरूले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा एकेडेमिक कोर्डिनेटर गौतमले विद्यालयले विभिन्न समयमा विकट क्षेत्रमा रहेका विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गर्दै आएको बताए

विद्यार्थीहरूद्वारा प्रदान गरिएको शैक्षिक सामग्रीले विद्यालयमा रहेका विद्यार्थीहरूको शिक्षा सिकाई तथा खेलक्षेत्रमा सहयोगी बनोस् भन्ने उद्देश्य लिएको उनको भनाइ थियो ।

अध्यक्ष खड्काले दाङबाट रोल्पासम्म आएर विद्यार्थीहरूका लागि विभिन्न सामग्रीहरू प्रदान गरेकोमा विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे । साथै यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यालय शिक्षक अभिभावक समितिका अध्यक्ष ओम प्रकाश थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रकला रोका, उप प्राध्यापक रमेश नकाल लगायतले मन्तव्य राखेका थिए ।

भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ज्ञान ज्योति कलेजका प्राध्यापक सन्तोष केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर सिकाइ मेलाः विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्छ

   पुष २८, २०८१       admin

दाङ,२८ पुस। दाङको तुलसीपुरमा तुलसीपुर सिकाइ मेला २०८१ सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा उक्त सिकाई मेला सम्पन्न भएको हो । विद्यालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा सम्पन्न सिकाइ मेलाका अवसरमा सहभागिहरुले विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्ने बताएका थिए ।

सिकाईका आधारमा संस्थागत र सामुदायिक विद्यालयविचमा विभेद सिर्जना गर्न नहुने उनीहरुको भनाई थियो ।विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिल्लु प्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त सिकाई मेला सम्पन्न भएको हो ।

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले सामुदायिक र संस्थागत विद्यालयविचको विभेद हटाउन आवश्यक रहेको बताए । सामुदायिक विद्यालयप्रति हेर्ने दृष्टीकोण अँझैपनि सकारात्मक बन्न नसकेको भन्दै विभेद हुने सिकाई र संस्कारको अन्त्य गरिनुपर्ने बताए। यसका लागि सामुदायिक विद्यालयहरु प्रतिस्पर्धामा तयार रहन सके राज्यले विभेद हटाउन सक्ने बताए।

शिक्षालाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा उल्लेख गरेको भन्दै नगरप्रमुख खड्काले मौलिक अधिकारमा कोही कसैले विभेद गर्न नपाउने बताए ।

उनले भने– ‘शिक्षालाई हाम्रो मौलिक अधिकार हो, यसमा विभेद गर्न पाउने छुट,अधिकार कसैलाई छैन। सिकाईको विकास र गुणस्तरका लागि सबै सकारात्मक हुन जरुरी छ । यसमा विद्यालयहरु पनि उत्तिकै सक्रिय बन्नुपर्छ ।’

उनले विद्यार्थीहरु १२ कक्षापछि आफ्नो श्रम विश्व बजारमा बेच्न बाध्य भएको भन्दै यसलाई रोक्न शिक्षा प्रणालीमा नीतिगत सुधार हुन आवश्यक रहेको उनले बताएका थिए।

सो अवसरमा प्रमुख वक्ता पत्रकार टिकाराम यात्रीले बालबालिकाहरुले जवसम्म खुलेर आफ्ना भावना व्यक्त गर्न सक्दैनन् तबसम्म शिक्षा अनुशासित बन्न नसक्ने बताए । उनले खुशी र पीडा आफ्ना अभिभावकसंग खुलेर व्यक्त गर्न सक्ने खालको अनुशासन दिनसक्नुपर्ने बताए ।

उनले विद्यार्थीहरुलाई स्वअनुशासन र समय व्यवस्थापनको महत्वका बारेमा जानकारी गराएका थिए। यस्तै विद्यालयबाटै नेपाली भाषा र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयहरु पनि अब्बल साबित बन्दै गएको बताएकी थिइन् ।

सामुदायिक विद्यालयको सिकाईप्रति अभिभावकले विश्वास गर्नसक्ने वातावरण सिर्जनागर्न विद्यालयहरुले आफ्नो शिक्षण सिकाई क्रियाकलाप सुधारमा ध्यान दिनुपर्ने उनको भनाई थियो। इच्छा शक्ति र दृढता भए संस्थागत विद्यालय सरह सामुदायिक विद्यालयहरु पनि अगाडी बढ्न सक्ने उनले बताएकी थिइन् ।

विरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जनप्रतिनिधी,जिल्ला शिक्षा इकाइ प्रमुख, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख,तुलसीपुर शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख, वडा अध्यक्ष लगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले सिकाईमेलाका माध्यमबाट विद्यार्थीहरुलाई ज्ञान र सिप प्रदर्शन गर्न प्रेरीत गर्ने बताएका थिए।

कार्यक्रमको सहजीकरण विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीद्धोय पार्वती सुनार र देवराज अधिकारीले गरेका थिए । सो अवसरमा सामुदायिक र संस्थागत विद्यालय गरी करीव १सय ९ विद्यालयका विद्यार्थीहरुले विज्ञान, कला,संस्कृति र सिर्जनात्मक कार्यहरु प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाल शिक्षक संघ तुलसीपुरको प्रतिनिधिसभा सम्पन्न

   पुष २७, २०८१       admin

दाङ,२७ पुस। नेपाल शिक्षक संघ तुलसीपुरको प्रतिनिधिसभा सम्पन्न भएको छ। शिक्षक संघ तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष घनश्याम डागीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा संघको आठौं प्रतिनिधि सभा सम्पन्न भएको हो।

सो अवसरमा बोल्ने सहभागीहरूले गुट उपगुडको भावनाको अन्त्य गर्दै एकता र सहकार्य अगाडि बढाउनुपर्ने बताएका थिए। उनीहरुले शिक्षक संघका सबै शुभेच्छुक संस्थाहरू एकजुट हुनुपर्ने र संघलाई थप प्रभावकारी बनाउन पारदर्शी र समावेशी कार्यशैली आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा शिक्षक संघका पदाधिकारी, सदस्य, र विभिन्न शिक्षण संस्थाका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको सुधार र शिक्षकहरूको हकहितको संरक्षणका लागि संघको भूमिका महत्वपूर्ण रहेको बताए।

उनीहरूले गुटबन्दीले संघभित्रको एकतालाई कमजोर पार्ने भएकाले यसलाई समाप्त गरेर साझा उद्देश्यका लागि सबै सदस्यहरू सक्रिय हुनुपर्नेमा जोड दिए।

सभामा संघले हालसम्म गरेका कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराइएको थियो।

प्रतिनिधिसभामा शिक्षकहरूको सामाजिक सुरक्षाका मुद्दा, पेशागत मर्यादा, र शिक्षा क्षेत्रको समग्र सुधारका विषयमा छलफल भएको थियो। सहभागीहरूले संघले स्थानीय, प्रदेश, र संघीय तहमा आफ्नो आवाज सशक्त बनाउन रणनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे।

सो अवसरमा अवकाश प्राप्त शिक्षकहरू र शिक्षण पेशामा रहेर विभिन्न संघसंस्थामा प्रतिनिधित्व गरेका शिक्षकहरू साथै शिक्षण पेशामा आबद्ध भएका नयाँ शिक्षकहरुलाई बधाई तथा सम्मान समेत प्रदान गरिएको थियो। कार्यक्रम को सहजीकरण संस्थाका सचिव एकराज भण्डारीले गरेका थिए

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मेधावी छात्रा २०८१ को नतिजा सार्वजनिक

   पुष २१, २०८१       admin

दाङ, २१ पुस । मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको हो ।

प्याब्सन दाङको आयोजना, एपेक्स कम्प्युटर्सको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरसिपमा सञ्चालित मेधावी छात्राको उत्कृष्ट १० को नतिजा आइतबार सार्वजनिक भएको हो ।

अङ्ग्रेजी वर्णानुक्रम अनुसार उत्कृष्ट १० को नतिजामा हेल्दिता चौधरी (सिद्धार्थ एकेडेमी,घोराही), जेसिका शर्मा ९सनलाइट मोडर्न इङलिस स्कुल, (लमही), निरूता खनाल जनज्योति विद्यामन्दिर, (घोराही), नियती चन्द तुलसी बोर्डिङ स्कुल, (तुलसीपुर), प्रज्ञा डाँगी (गोरखा मावि तुलसीपुर ), प्रनिशा बोहरा ९गोरखा मावि तुलसीपुर), रक्षा शर्मा (माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल, घोराही), सलिना पौडेल (माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल, घोराही) सोनिया पौडेल (दीपशिखा आवासीय मावि, (घोराही) र एन्जुला बस्नेत ९तुलसी बोर्डिङ स्कुल, (तुलसीपुर) रहेका छन् ।

उत्कृष्ट छात्रालाई प्याब्सन दाङको स्थापना दिवसको अवसरमा यही पुस २४ गते पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । मेधावी छात्रा २०८१ को प्रतियोगिता यही पुस १३ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पब्लिक क्याम्पस संघ राप्ती बबईको सभापतिमा शर्मा

   पुष १, २०८१       admin

दाङ,१९ पुस। पब्लिक क्याम्पस संघ राप्ती बबई इकाइको नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार भएको अधिवेशनले क्याम्पसका प्राध्यापक सूर्य प्रसाद शर्मालाई संघको इकाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ।

यसैगरी पब्लिक क्याम्पस प्राध्यापक संघ राप्ती बबई इकाइ उपसभापतिमा बासुदेव रिजाल, सचिवमा यशोदा पाण्डे, कोषाध्यक्षमा छविकुमार ओलीलाई सर्वसम्मत निर्वाचित गरिएको छ।

यसैगरी सदस्यहरूमा चमन धिताल, सावित्रा लहरे, रोजिना श्रेष्ठ ,डाक्टर प्रेम योगी र चनुसन खड्का रहेका छन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञानज्योतीमा एमबिए कक्षा सञ्चालन

   पुष १, २०८१       admin

दाङ,१९ पुस। दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजले एमबिए कक्षा सञ्चालनमा ल्याएको छ। व्यवस्थापन संकायलाई मध्यनजर गरेर कलेजले मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबिए) कक्षा सञ्चालनमा ल्याएको हो।

ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीले जिल्लामै पहिलोपटक एमबिए कार्यक्रम सञ्चालनमा ल्याएको दाबी गरे । दुई वर्षीय उक्त कार्यक्रममा ४ सेमेस्टर सञ्चालन हुने उनको भनाइ छ ।

विद्यार्थीको आवश्यकता र मागलाई ध्यानमा राख्दै कलेजले एमबिए सञ्चालनमा ल्याएको उनको भनाइ थियो। शुक्रबार पत्रकार सम्मेलन मार्फत सिइओ जिसिले व्यवस्थापन संकायतर्फ उच्च शिक्षा कार्यक्रम अन्तर्गत एमबिए कक्षा सञ्चालनमा ल्याएको जानकारी गराएका हुन्।

यस विषयमा सैद्धान्तिक कुराहरूलाई भन्दा व्यवहारिक र प्रयोगात्मक कुराहरूलाई बढी प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सञ्चालन गरिने बताएका हुन्। रोजगारी मात्र नभई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले जिल्लामै पहिलोपटक एमबिए सञ्चालन गर्न लागिएको उनको भनाइ थियो।

अन्य विषयको तुलनामा यस विषय बढीभन्दा बढी प्रयोगात्मक हुने भन्दै उनले नेतृत्व विकास, उद्यमशीलता र शैक्षिक दिगोपनालाई सँगसँगै जोडेर लैजाने बताए।

पछिल्लो समय ज्ञान ज्योति एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीहरू जिल्ला प्रदेश र देशभरमै उत्कृष्ट विद्यार्थीको सूचीमा पढ्न सफल भएको बताउँदै अब विश्व जगतले माग गर्ने खालका जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस विषय सञ्चालनमा ल्याइएको उनले बताएका थिए।

सिद्धार्थ बैंक तुलसीपुरका शाखा प्रमुख किरण आचार्यले तुलसीपुरमै एमबिए सञ्चालन हुनु यस क्षेत्रका लागि सुखद पक्ष भएको बताएका छन्। उनले जागिर खाने मात्र नभई रोजगार बन्ने र रोजगारी दिन सक्ने खालको जनशक्ति निर्माणका लागि एमबिए विषय महत्त्वपूर्ण भएको बताएका थिए।

ग्लोबल आइएमई बैंक तुलसीपुरका म्यानेजर ध्रुव खनालले प्रदेशमै उत्कृष्ट शिक्षालयको रुपमा कलेज स्थापित बन्दै गएको बताएका थिए। एमबिए कक्षा सञ्चालनले जिल्लामा मात्र नभई प्रदेशमै विद्यालयको आकर्षण बढ्ने उनले बताए।

सानीमा बैंक तुलसीपुर शाखाका प्रमुख प्रणिल भुसाल एनआइसीएनसीया बैंकका तुलसीपुर शाखा प्रमुख राजीव ओली मानवअधिकारकर्मी सुशील बस्नेत लगायतले तुलसीपुरमा एमबिए कक्षा सञ्चालन हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताएका थिए।

भविष्यको मार्गदर्शन र समाजको अर्थ लाई बोक्न सक्ने खालको विषय यस क्षेत्रका लागि अत्यावश्यक रहेको र त्यसको परिपूर्ति कलेजले गरेको उनीहरूको भनाइ थियो।
सो अवसरमा कलेजले व्यवस्थापन संकायमा लुम्बिनी प्रदेश प्रथ,म कलेज द्वितीय र तृतीय हुने छात्रछात्राहरूलाई सम्मान समेत गरेको थियो। कार्यक्रमको सहजीकरण क्याम्पसका शिक्षक सन्तोष केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गोरखा माविको १४ औँ वार्षिकोत्सव

   पुष १८, २०८१       admin

दाङ,१८ पुस। दाङको तुलसीपुरमा रहेको गोरखा माध्यामिक विद्यालयको १४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। गोरखा ग्रुपका संस्थापक मान बहादुर बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा विद्यालयको १४ औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक गुणस्तर सूधारका लागि विद्यालयले महत्वपूर्ण भूमिका रहेको बताएका थिए । विद्यालयले समाजमा टिक्न र बिक्न सक्ने जनशक्ति उत्पादन गर्नुका साथै समाजको आवश्कता अनुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख खड्काले विद्यालयले प्रविधिमैत्री शिक्षाको अवलम्वन गर्दै आएको बताए । उनले पाठ्क्रममा आधारीत मात्र नभई उत्पादन र आयआर्जनसंग जोड्न सक्ने सिपमुलक शिक्षाको आवश्यता रहेको बताए। उनले स्वदेशमै रोजगारी उत्पादन गर्नसक्ने शिक्षाको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरे। उनले समाजको आवश्यकता र माग अनुसारको शिक्षा विद्यालयले दिँदै आएको बताए । उनले स्थापनाको छोटो समयमै विद्यालयले आफ्नो गौरव बढाएको भन्दै प्रसंशा समेत व्यक्त गरे । हरेक वर्गका बालिबालिकाको पहुँचमा विद्यालय पुग्न सक्नुपर्ने पनि उनले बताएका थिए।

कार्यक्रममा गोरखा ग्रुप दाङका सिईओ नवनसिंह जिएमले शैक्षिक गुणस्तरका लागि राज्यले शिक्षकहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने बताएका थिए। समयसापक्ष शिक्षाको गुणस्तर कायम गर्ने विषयमा सरकारको चासो हुनुपर्छ, उनले भने तालिम, गोष्ठी उपलव्ध नगराउने तर शिक्षकलाई मात्र गाली गर्ने काम राम्रो होइन, शिक्षक र सरकाविच दुरी छ त्यो मेटाउन जरुरी छ । त्यसपछि मात्र शिक्षामा सुधार आउँछ ।

कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष दुजमान भण्डारी, राप्ती बबई क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख युवराज रावत,त्रिभुवन विश्वविद्यालयका लक्ष्मण लुईटेल लगायतका लागि समाजको अपेक्षा अनुरुप विद्यालयले शैक्षिक गतिविधिलाई परिमार्जन गर्दै लगेको बताएका थिए ।विद्यालयले शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक कार्यमा पनि विद्यार्थीहरुलाई सहभागी गराउँदै समाजलाई बुझ्न सक्ने शिक्षा दिँदै आएको भन्दै प्रशंसा समेत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक विजयमान जिएमले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन प्रस्तुत गर्दै उनले विद्यालयमा हाल ३२ सय ७८ जना विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए। गोरखा ग्रुप दाङका एकाडेमिक डाइरेक्टर दुर्गा बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षकद्धोय पूर्णविक्रम डाँगी र कमल भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिविका १४ हजार बढि विद्यार्थी दीक्षित हुँदै

   पुष १३, २०८१       admin

काठमाडौँ,१३ पुस । आज त्रिभुवन विश्वविद्यालयको ५० ‍औं दीक्षान्त समारोह हुँदैछ।त्रिभुवन विश्वविद्यालयले ५० औँ दीक्षान्त समारोहलाई स्वर्ण महोत्सवका रुपमा मनाउँदै छ ।

दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोह हुँदैछ।
समारोहमा यसपालि १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुने समारोहका उपाध्यक्ष एवम् त्रिवी परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका उनले बताए। स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् ।

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिनेछ।

त्रिविले गत वर्ष सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेको यसपालि त्योभन्दा २ हजार बढी विद्यार्थी दीक्षित हुने जोशीले बताए।

जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्नेगरी तयारी गरिएको पनि शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा रामप्रसाद यादव रहनेछन् । समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology