काठमाडौँ,१८ असार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ ।
मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ ।
वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ ।
वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुचि अनुसार पेशाबारे सूचना र सहायता लिन सक्ने शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयको दाबी छ ।
विद्यार्थीले पाउने छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिनुका साथै सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक हुने भएको छ ।
जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई वेबसाइट मार्फत सहजीकरण गर्ने मन्त्रालयको भनाइ छ ।
शिक्षा मन्त्री श्रेष्ठ भन्छिन् ‘यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ ।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१७ असार। शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरणलाई आफूले हटाएरै छाड्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताएकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रको दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन्।
उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भातृ सङ्गठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन।
उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा प्रहरी राखेर अन्तर्वाता गर्नुपरेको बताइन् ।
“गुण्डागर्दीहरुको राजनीतिक हस्तक्षेप भएको छ यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलिय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । उनले भनिन् -“तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’’
मन्त्री श्रेष्ठले एसइई परिक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन। । उनले एसइईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको जिकिर गरिन।
शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्याउनुपर्ने बताइन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१५ असार । लायन्स क्लब अफ दाङ नारायणपुरले विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ। घोराही उपमहानगरपालिकाको १२ मा रहेको गुराँस प्राथमिक विद्यालय गुरौँका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ ।
उपमहानगरपालिका भित्रको विकट क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने २६ जना विद्यार्थीहरुलाइ आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको हो ।
क्लबले वालवालिकाहरुका लागि झोला, कापी कलम, पानी पिउने बोत्तल, खेलकुदका सामग्री गरी ५२ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको क्लबका पुर्व अध्यक्ष शरद गौतमले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गणबहादुर घर्तिको प्रमूख आतिथ्यमा भएकोमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यको उपस्थीती नभएको विकट वस्तीमा रहेका गरिव परिवारका वालवालिकालाई सामाजिक उत्तरदायित्व वहन गर्दै क्लबले गरेको कार्यको प्रसंशा गरेका थिए ।
क्लबका प्रथम उपाध्यक्ष युवराज पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पुर्व अध्यक्षहरु गोपाल लम्शाल, केशब थापा, शरद गौतम, शंकर बस्नेत, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, उपाध्यक्ष बसन्त न्यौपाने, कोषाध्यक्ष नारायण भट्टराई लगाएतले विकट वस्तीका वालवालिकाको शैक्षिक यात्रामा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरे।
क्लबका अध्यक्ष अभियान वस्नेतको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रमको सहजीकरण सचिब कुलप्रसाद रजौरे श्रवणले गरेका थिए।
यसैबिच क्लबका अध्यक्ष अभियान बस्नेतले विद्यालयमा अध्ययन गर्ने एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई १२ कक्षा सम्म निशुल्क पठनपाठनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विद्यालय व्यवस्थापन समितीले सिफारीस गरेका एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई दाङ जिल्लाको जुनसुकै विद्यालयमा अध्ययन गरेपनि अध्ययनको सम्पुर्ण खर्च आफुले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ असार । तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा वक्तृत्वकला सम्पन्न भएको छ। सिनियर र जुनियर गरि दुई तहमा भएको वक्तृत्वकलामा जुनियरतर्फ दिपसन कार्की प्रथम भएका छन् । यसैगरी भुमिका सिंह दोश्रो र मुना डांगी तृतीय भएका छन् ।
सिनियरतर्फ दीपशिखा कार्की प्रथम, कृतिका थापा दोश्रो र अन्जु रेउले तृतिय भएका छन् ।
विद्यालयका इसिए क्लब अध्यक्ष एलन ओलिको अध्यक्षतामा तथा विद्यालयका सहायक प्रधानाध्यापक राधा पोख्रेलको प्रमुख आथित्यतामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले विद्यार्थीको चौतर्फी बिकासमा अतिरिक्त क्रियाकलापको अहम भुमिका हुने बताइन् । अतिरिक्त क्रियाकलापमा सबै छात्र छात्राहरुले सहभागिता जनाउनु पर्ने बताइन।
कार्यक्रममा संयोजक निशा थापा शिक्षक रेनु रावतले विद्यालयमा अतिरिक्त क्रियाकलापको बारेमा बताएकी थिइन् । कार्यक्रमको सहजीकरण विद्यालयकी छात्रा सौम्या पराजुलीले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ असार। यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका मध्ये ४७.८६% मात्रै उत्तीर्ण भएका छन्।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सम्मलित ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये १ सय ८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन्।
कार्यालयका अनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।
परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ असार । गुरुकुल एकेडेमीले प्लस टु छात्रवृत्ति योजना ल्याएको छ । विशेष छात्रवृत्ति योजना अन्र्तगत कक्षा ११मा भर्ना हुन आउने नँया विद्यार्थिहरुको विद्यालयले उक्त योजना ल्याएको हो । विद्यालयले प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
साथै गुरुकुल एकेडेमीले कक्षा ११ को विज्ञान विषयको लागि मासिक शुल्क ५ हजार रुपैयाँ निर्धारण गरेको छ भने एसइईमा ए प्लस नतिजा ल्याउने विद्यार्थिहरुलाई मासिक शुल्कमा ५० प्रतिशत छुट हुने ब्यबस्था गरेको छ । यसैगरी ए ल्याउने विद्यार्थिहरुको लागि मासिक शुल्कमा ३० प्रतिशत छुटको ब्यबस्था गरीएको गुरुकुल एकेडेमी प्लस टु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिए।
यसैगरी कक्षा ११ ब्यबस्थापन शंकायमा भर्ना हुन आउनेहरुको लागि मासिक शुल्क ४ हजार ५ सय रुपैयाँ निर्धारण गरीएको ब्यबस्थापन संयोजक राजन अधिकारीले जानकार दिए । । जसमा एसईईमा ए प्लस ल्याउने विद्यार्थिहरुलाई ५० प्रतिशत छुट हुने छ भने ए ल्याउनेलाई ३० प्रतिशत छुट र बि ल्याउने लाई मासिक शुल्कमा २० प्रतिशत छुट गरीने छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १२ असार। तुलसीपुरमा रहेको हिमाल एकेडेमीले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। विद्यालयले जेठ महिनामा आयोजना गरिएका विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थीहरूलाई नगद ,पदक नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो।
जस अन्तर्गत कक्षा ४ बाट आयुष बुढाथोकी, कक्षा ५ बाट भूमिका सिंह, कक्षा ६ बाट जेनिस चौधरी ,कक्षा ७ बाट प्रणभ लामिछाने ,कक्षा ८ बाट एलिस बुढाथोकी, कक्षा ९ बाट दीपशिखा कार्की र कक्षा १० बाट ठाकुरप्रसाद रावतलाई उत्कृष्ट विद्यार्थी अवार्डबाट प्रस्तुत गरिएको हो।
त्यसैगरी स्काउट लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय वक्तृत्वकलामा तृतीय स्थान हासिल गर्न सफल हिमाल एकेडेमी स्काउटकी सौम्या पराजुलीलाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो।
विद्यालयले चित्रकलाप प्रतियोगिता तथा लोकगीत गायन प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई पनि पदक तथा प्रमाणपत्रले सम्मान गरेको थियो।
विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका हेड सर नवीनकुमार पराजुली सहायक प्रधानाध्यापक राधा पोखरेल सञ्चालक समिति सदस्य गणेश अधिकारीले विद्यार्थीको चौतर्फी विकासमा अतिरिक्त क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए।
उनीहरूले सामूहिक प्रयासबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने समेत बताए ।कार्यक्रमको सहजीकरण विद्यालय संयोजक द्रोण चन्दले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,११ असार। यस वर्षको एसइई परीक्षाको नतिजा बिहिबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कक्षा १० को परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।
“असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, उनले भने , बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।”
उनले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताए। उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ११ असार । गुरुकुल एकेडेमीका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराही र तुलसीपुरका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो।
तुलसीपुरका कक्षा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका करिब १६० जना विद्यार्थी र घोराहीका कक्षा १० सम्मका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो।
बिआर डेन्टल अस्पतालका डाक्टर बीपी भुसाल डाक्टर आशा खत्री र विद्यालयकी स्टाफ नर्स सुस्मिता लम्सालले दन्त परीक्षण गरेका हुन्।
दन्त परीक्षणसँगै उनीहरूले उपचारको आवश्यक सल्लाह सुझाव समेत दिएका थिए। यसका साथै दाँतलाई कसरी सफा र सुरक्षित राख्ने भन्ने बारेमा जानकारी समेत गराइएको थियो।
विद्यालयको वार्षिक क्यालेण्डर अनुसार गुरुकुल एकेडेमीले तुलसीपुर र घोराहीका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो। एकेडेमीले विद्यार्थीहरूको नियमित रुपमा स्वास्थ्य जाँच समेत गर्दै आइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
“बाल विवाह” भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ। विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ-आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ।नेपालको सन्दर्भमा विवाह गर्ने जोडाहरुको दुवै वा एक जनाको उमेर २० बर्षभन्दा मुनिको विवाह बालविवाह हुन्छ।
नेपालमा बालबालिकाको परिभाषा भित्र उमेर १८ वर्ष र बालविवाहको लागि तोकिएको उमेर २० वर्ष फरक फरक रहेको छ। यसर्थ, नेपालको सन्दर्भमा ‘बाल विवाह’ भन्नाले नेपालको प्रचलित कानुन अनुसार २० बर्षभन्दा कम उमेरमा गरिने विवाह हो।नेपालमा बालविवाह एकविषम र जटिल समस्याको रूपमा रहेको छ। मानव अधिकारको गम्भिर उल्लङ्घन र लैङ्गिक विभेदको रूपमा बालविवाह रहेको छ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४.४%) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको भएको छ। दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा विवाह हुने व्यक्तिहरू २२.३ प्रतिशत छन्। दश वर्षमुनीको उमेरमा विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन्। यसैगरी १०-१४ वर्ष उमेरमा विवाह हुनेहरू ७ प्रतिशत छन्। समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर (Median age at first marriage) १९ वर्ष हुन आउँछ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ।
लैङ्गिक आधारमा बिवाह गर्ने उमेरको विश्लेषण गर्दा ३२.६ प्रतिशत पुरुषको १८ देखि २० वर्षको उमेरमा र २६.८ प्रतिशतको २१ देखि २४ वर्षको उमेरमा, ३.१ प्रतिशतको १४ वर्ष मुनिको उमेरमा पहिलो विवाह भएको छ। महिलाको हकमा ३५.९ प्रतिशतको १८ देखि २० वर्षको उमेरमा पहिलो विवाह भएको छ। करिव ३०.४ प्रतिशत महिलाको १५ देखि १७ वर्षकोउमेरमा पहिलो विवाह भएको छ भने १० देखि १४ वर्षको उमेरमा १०.२ प्रतिशत र १० वर्ष मुनीको उमेरमा ०.५ प्रतिशत महिलाको पहिलो विवाह भएको पाईन्छ।
बालविवाहले बालक र बालिका दुवैलाई नकारात्मक असर पार्ने भएता पनि बालक भन्दा बालिकाहरु यसबाट बढी मात्रामा पीडित हुने गर्दछन्। वैवाहिक सम्बन्धभित्र हुने यौन तथा शारीरिक शोषण एवं हिंसा र विशेषगरी महिलाको प्रजननसम्बन्धी भूमिकाको कारणबालविवाह गर्ने बालिका बाल्यकालमै आमा बन्नु पर्ने बाध्यताले गर्दा उनिहरुको स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका कुरामा जीवनका लागि अपरिहार्य अन्य कैयौं मानव मौलिक हक अधिकारको उपभोगबाट वञ्चित हुन्छन्।
बालविवाह विरूद्धको अधिकारको क्षेत्रमा केही सकारात्मक पहलहरु भएको छ। नेपालको संविधानतथा मुलुकी अपराध संहिता, २०७४ र मुलुकी देवानी संहिता, २०७४ ले बालविवाहलाई कसूर कायम गर्ने तथा बालविवाह विरूद्धको अधिकारलाई संरक्षण गरेको छ। यसका साथै नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धिसम्झौताले बालविवाह भएमा दोषीलाई कारवाही तथा पीडितलाई पर्याप्त क्षेतिपुर्ती प्रदान गर्नुपर्ने दायित्व नेपाल सरकारलाई सृजना गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा जे जस्तो लेखिए तापनि सांस्कृतिक परम्परातथा सामाजिक आर्थिक परिवेशले बालविवाह गराउन सघाउ पुऱ्याइरहेको पाईन्छ। नेपाली समाजमा बालविवाह कुनै खास जाति वा समुदायमा सीमित छैन। यो प्रथा हिमालदेखि तराईसम्म फैलिएको छ। बालविवाहको कारणले शारीरिक र मानसिक परिवर्तन हुने उमेरका बालबालिकाहरु वैवाहिक बन्धनमा बाँधिन पुग्छन्। यसको परिणाम सबैभन्दा पहिले उनीहरुको शिक्षा पाउने अधिकार समाप्त पारी दिन्छ। त्यसपछि उनीहरु यौन दुर्व्यहार, स्वास्थ्य समस्या र घरायसी उल्झनमा पर्छन्। बालविवाह बालिका र किशोरीको व्यक्तित्व विकासको समाप्ती यसको सबैभन्दा ठूलो प्रहार हो।
वि.सं. १९१० मा बनेको नेपालको पहिलो मुलुकी ऐनमा पनि विवाहका लागि कन्याको न्यूनतम उमेर पाँच वर्ष तोकिएको थियो। उक्त ऐनको विहावारीको महलमा रहेको धारा तत्कालीन समाजको प्रचलन मानिन्छ। त्यस्तै वि.सं. २०२० को मुलुकी ऐनमा विवाह गर्न स्त्रीको १४ र पुरुषको १८ वर्ष उमेर तोकिएको छ। वर्तमान समयमा दुवैको न्यूनतम उमेर २० वर्ष तोकिएको छ। विडम्बना ! नेपालमा अझै ४1 प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालविवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनबाट थाहा हुन्छ। वर्तमान कानुनअनुसार बाल विवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको सजाय बनाइएको छ तर व्यहारमा भने कडाइ गरेको पाइँदैन।
बालविवाहविरुद्ध कानूनी व्यवस्थाहरू
नेपालको संविधानले बालविवाह लगायत लैङ्गिक विभेद र हिंसाको अन्तयका लागि महत्वपूर्ण कानुनी आधार प्रदान गरेको छ। सबैभन्दा महत्वपूर्ण कुरा संविधानले पहिलो पटक बालविवाहलाई स्पष्टतः निषेध गरेको छ। निषेधित बालविवाह लगायतका बालबालिका विरुद्धका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने व्यवस्था गरिएको छ र पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरिएको छ।नेपालको संविधानको भाग 3 मामौलिक हक र कर्तव्यहरु सुनिश्चित गरेको छ त्यसमा बालविवाहविरुद्धको अधिकार सम्बन्धी प्रदान गरेका मौलिक हकहरू निम्न अनुसार रहेका छन्M–
सम्मानपूर्वक बाँच्न पाउने हकः धारा १६ (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ।
स्वतन्त्रताको हकः १७ (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिकस्वतन्त्रताबाट वञ्चित गरिने छैन।
समानताको हकः १८(२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन।
अपराध पीडितको हकः २१(२) अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ।
शोषण विरुद्धको हकः २९ (१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ।(२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन।
शिक्षा सम्बन्धी हकः३१(१) प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ।
स्वास्थ्य सम्बन्धी हकः ३५ (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्यसेवाबाट वञ्चित गरिने छैन।(२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ।(३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ।
महिलाको हकः ३८ (२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ।(३) महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।
३९ बालबालिकाको हकः३९(२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ।(५) कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन।(६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन।(१०) उपधारा (५) र (६)विपरीतका कार्य कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।
त्यस्तै मुलुकी अपराध संहिता, २०७४ को मुलुकी अपराध संहिता, २०७४, दफा १७३ (१) मा विवाह गर्ने व्यक्तिको उमेर बीस बर्ष नपुगी कसैले विवाह गर्न वा गराउनहुँदैन भनी व्यवस्था गरेको छ।(२) उपदफा 1 विपरीत भएको विवाह स्वत: वदर हुनेछ। (३) उपदफा 1 बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरीवानाहुनेछ भनि बालविवाह गर्ने गराउने कार्यलाई दण्डनीय हुने व्यवस्था गरेको छ।
कसैले बालविवाह गर्न लागेमा वा गरेको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने र यस्तो उजुरी जो सुकैले पनि दिन सक्ने साथैबालविवाह भएको देख्ने जो सुकैले थाहा पाएको तीनमहिनाभित्र उजुर गर्नु पर्दछ भनी बालविवाह विरुद्ध बालबालिकाको संरक्षणको सिद्धान्तलाई अङ्गिकार गरेकोछ।उमेर नपुगेका केटा केटीको विवाह गर्ने गराउनेबाट लिएको जरिवाना रकम पीडित बालबालिकालाईक्षतिपूर्ति वापत दिनु पर्ने व्यवस्था समेत गरेको छ। सोही ऐनको दफा 219
जवर्जस्ती करणी गर्न नहुनेः (१) कसैले जवर्जस्ती करणी गर्न हुँदैन।(२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ व्याख्या गरेको छ। अतः कसैले बालविवाह अन्तर्गत करणी लिन दिन भएको रहेछ भनेबालविवाहको साथसाथै जबरजस्ती करणीमा समेत कारवाही हुन्छ।
त्यस्तै मुलुकी देवानी संहिता, २०७४ मादफा ७०(१)(घ)विवाह गर्ने व्यक्तिको उमेर बीस बर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेकोछ।ऐ., दफा ७२(१)(ग)उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्थागरेको छ।ऐ., दफा ७४(२)(ग) ऐनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोहीकारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने छैन भनी व्यवस्था समेत गरेको छ।
२० वर्ष उमेर नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने छ। साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ। विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको) बीस वर्ष हदम्याद हो भने बाल बिवाह भएको थाहा पाएको मितिले ३ महिना सम्म बाल विवाहको उजुर दिन सक्ने व्यवस्था रहेको छ। बालबालिका सम्वन्धि ऐन २०७५ को उपदफा ६६(२)(ण) अनुसार बालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानेको छ। र दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले दश(१०) बर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न, मनोनित हुन, वा निर्वाचित हुन पाउँदैनन् भनी कडा रुपमा कानूनी व्याख्या गरिएको छ।
विवाह गर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो तर कम उमेरमा विवाह गर्नु/गराउनु जीवन र लक्ष्यको बर्वादी गर्नु हो। त्यसैले हामी सबै बालबालिकाले आफ्नो जीवनको लक्ष्य निर्धारण गरौं। लक्ष्य अनुरूप अघि बढौं र उमेर पुगेपछि मात्र विवाह गरौं।
लेखकः दर्शन आचार्य
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस