काठमाडौँ,८ पुस। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फाराम खुलाएको छ। बोर्डले २०८३ सालमा सञ्चालन हुने वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको हो।
०८३ को वार्षिक परीक्षाका लागि नियमित तथा आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक) ८० र ८१ भएका परीक्षार्थीहरूका लागि मात्र फाराम खुलाइएको बोर्डले जनाएको छ।

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिमा फाराम भर्न छुटेका विद्यार्थीहरूले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्नेछन्।
त्यस्तै, बोर्डले परीक्षा शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीहरूको फाराम माघ २५ गतेसम्म अनिवार्य रूपमा बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन्।
आइतबार बिहान ५/६ जनाको समूहमा आएका अखिल (क्रान्तिकारी)का विद्यार्थीले बेलझुण्डीस्थित निवासमा पुगेर उपकुलपति नेपालमाथि दुर्व्यवहार र कुटपिट गरेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए।
घटनामा उपकुलपति नेपालसँगै विश्वविद्यालयका अन्य दुई कर्मचारी पनि कुटपिटमा परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले बताए। घटनामा संलग्न विद्यार्थीहरूको खोजी भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।
विद्यार्थीहरूले उपकुलपति नेपालमाथि भ्रष्टाचारको आरोप लगाउँदै मोसो दल्ने र कुटपिट गरेको जनाइएको छ। घटनाका क्रममा उनीहरूले नेकपा (बहुमत) र अनेरास्ववियू (क्रान्तिकारी) पक्षधर नारा समेत लगाएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ पुस । शिक्षामन्त्री महावीर पुनले विद्यालय सुधारका लागि अभिभावकलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। उनले देशका धेरै विद्यालयमा बेथिति, भ्रष्टाचार र अत्यधिक राजनीतीकरण बढ्दै गएको उल्लेख गर्दै त्यसविरुद्ध स्थानीय स्तरमै एकजुट भएर आवाज उठाउन आग्रह गरेका हुन्।
विद्यालयमा देखिएको मनपरी र राजनीतिक हस्तक्षेप अन्त्यका लागि अभिभावकको दबाब आवश्यक रहेको भन्दै मन्त्री पुनले सुधारका लागि आन्दोलन अपरिहार्य भएको बताए।
“स्थानीय अभिभावकहरू एकजुट भएर कडा चेतावनी र दबाब नदिएसम्म विद्यालयको अवस्था सुधारिन गाह्रो छ,” उनले स्पष्ट पारे।
शिक्षामन्त्री पुनले संविधानले नै अभिभावकलाई आफ्नो सन्तानको शिक्षासम्बन्धी सवालमा आवाज उठाउने पूर्ण अधिकार दिएको उल्लेख गरे। केन्द्रबाट मात्रै निर्देशन दिएर समस्या समाधान नहुने अनुभव भएको बताउँदै उनले स्थानीय स्तरको सक्रिय सहभागिता अनिवार्य रहेको धारणा राखे।
“अब काठमाडौंबाट मात्रै निर्देशन दिएर पुग्ने अवस्था छैन,” उनले भने, “आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्न अभिभावक स्वयं जाग्नुपर्छ।”
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२८ मंसिर। तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका १० जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्। करिब १४ वर्षदेखि विद्यालयमा सेवा दिँदै आएका अनुभवी शिक्षकसमेत राजीनामा दिन बाध्य भएको घटना सार्वजनिक भएपछि विद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
राजीनामा दिने शिक्षकहरूका अनुसार विद्यालय प्रशासनले कुनै आधिकारिक छानबिन नगरी बाह्य हल्लाका आधारमा उनीहरूमाथि मासिक रूपमा मानसिक यातना, दोषारोपण तथा अपमानजनक व्यवहार गर्दै आएको थियो। शिक्षक कमल भण्डारीले प्रशासनले आफूलाई जानकारी नदिई प्रयोग गर्दै आएका सामग्रीहरू फिर्ता माग्ने, प्रयोगमा रहेको सिमकार्ड अचानक बन्द गरिदिने तथा ह्वाट्सएप समूहबाट एडमिन हटाउनेजस्ता कदम चालेको बताए।
उनका अनुसार कर्मचारीमार्फत कक्षाकोठामै पुगेर ‘विद्यालयबाट निस्कनु’ भनेर दबाब दिने कार्यले आफूहरूलाई गहिरो मानसिक पीडा दिएको थियो। “बिना प्रमाण, बिना सुनुवाइ हल्लाको भरमा हामीमाथि अन्याय गरियो,” भण्डारीले भने।
यस्तै शिक्षिका मञ्जु कँडेलले कक्षाकोठामै पुगेर विद्यालय प्रशासनले ‘भोलिदेखि विद्यालय नआउनू’ भनेपछि आफू मानसिक रूपमा विचलित भएको बताइन्। पूर्वसूचना नै नदिई विद्यालयले आफूहरूको स्थानमा पहिल्यै वैकल्पिक शिक्षक तयार पारेर निकालिएको आरोप पनि उनले लगाइन्।
शिक्षक तारक रेग्मीले पनि प्रशासनले अपनाएको व्यवहार अपमानजनक र अमानवीय भएको भन्दै सामूहिक राजीनामा दिनु बाहेक अन्य विकल्प नरहेको बताए।
यसैबीच सामूहिक राजीनामा दिएका शिक्षकहरूले विद्यार्थी र अभिभावकसँग माफी मागेका छन्। उनीहरूले आफ्नो कारणले पठनपाठनमा पर्न सक्ने असरप्रति दुःख व्यक्त गर्दै भनेका छन्, “हामीले चाहेर होइन, बाध्यताले यो निर्णय लिनुपरेको हो। यसले विद्यार्थीहरूको भविष्यमा कुनै असर नपरोस् भन्ने हाम्रो कामना छ। विद्यार्थी र अभिभावकहरूसँग हामी हृदयदेखि माफी चाहन्छौं।”
यता यस विषयमा गोरखा माध्यमिक विद्यालयका प्रिन्सिपल विजयमान जिएमले कुनै प्रतिक्रिया दिन नचाहेको बताएका छन्। प्रिन्सिपल जिएमले ‘ मलाई यस विषयमा कुरै गर्नु छैन’ भन्दै प्रतिकृया दिन चाहेनन् । शिक्षकहरूको सामूहिक राजीनामाबारे विद्यालय प्रशासन तत्काल आधिकारिक धारणा सार्वजनिक गर्ने पक्षमा नरहेको उनको भनाइ छ।
घटनाले विद्यालय प्रशासनको पारदर्शिता, शिक्षकप्रति व्यवहार र संस्थागत व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। लामो समयदेखि सेवा दिँदै आएका शिक्षकहरू सामूहिक रूपमा बाहिरिनुले विद्यालयको शैक्षिक वातावरणमा प्रभाव पार्ने देखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ मंसिर । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुरुजजुर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा विभिन्न विद्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम यज्ञबहादुर विकको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगितामा गुरुजजुर मावि, कालाखोला मावि र अश्वारा माविका गरी तीन विद्यालयका १८ जना अपांगता भएका विद्यार्थीहरूको सहभागिता थियो।
कार्यक्रमको बारेमा जानकारी गराउदै तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगता भएका व्यक्तिहरूलाई सम्मानजनक वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था बनाउन समाज सबैको भूमिका महत्वपूर्ण रहने बताइन्। विगतमा परिवारले घरमै सीमित राख्दै आएका अपांगता भएका व्यक्तिहरू अहिले आफ्नै दक्षता र सीपका आधारमा समाजमा सक्रिय भूमिकामा अघि बढ्न थालेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले सामाजिक सचेतना र सकारात्मक परिवर्तनमा ठूलो योगदान पुर्याउने उनको भनाइ थियो ।
प्रतियोगितामा वविन्द्र ओली, सरोज विक र सुजन चौधरीको समूह प्रथम भएका छन्। त्यसैगरी, निरुता घर्ती, वीरेन्द्र ओली र राजकुमार विकको समूह दोस्रो तथा मनकुमारी खड्का, दिलकुमार खड्का र पविता ओलीको समूह तेस्रो भए। चित्रबहादुर ओली, मोनिका शाह र लक्ष्मी विक सुनाहारको समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ मसिर । विश्वका १०० देशमा एकैसाथ अघि बढ्न लागेको १०० दिने बालविवाहविरुद्ध अभियान शुक्रबार देखि नेपालमा सुरु गरिएको छ ।
१०० दिने राष्ट्रिय अभियान २०८२ को औपचारिक सुरुआत दाङको तुलसीरबाट गरिएको हो । तुलसीपुरमा विविध तथा जनसचेतना मुलक कार्यक्रमसँगै अभियानको उद्घाटन गरिएको हो । बालविवाहविरुद्धको सडक नाटक, र्याली जुलुस, र दीप प्रज्वलन गरि अभियानको शुभारम्भ गरिएको हो।
राष्ट्रिय बालअधिकार परिषदको समन्वयमा जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल (JRCN) ले बाल विवाह मुक्त नेपाल अभियान सञ्चालन गरिरहेको छ। अभियानमा सहकार्य गरेको बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले कार्यक्रममा बालविवाह नेपाली समाजकै एक गंभीर समस्या भएकाले १०० दिने अभियानले सबै तहका सरकार र समुदायलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रम निर्देशक पींकी डाँगीले बालविवाह अन्त्यका सबैको साझा प्रतिबद्धताको आवश्यकता रहेको बताइन्।
JRC Network को सदस्य संस्थाका रूपमा JRCN वर्षौंदेखि नेपाल सरकारसँग सहकार्य गर्दै संघीय, प्रदेश तथा स्थानीय तहमा बालविवाह रोकथामका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको अभियान विशेषगरी समुदायस्तरमा व्यवहार परिवर्तन र स्थानीय सरकारको सक्रियतामार्फत बालविवाह उन्मूलनलाई दिगो बनाउने उद्देश्यअन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, विद्यालयका प्रतिनिधि, पत्रकार, सामाजिक अगुवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले “बालविवाहमुक्त नेपाल हाम्रो प्रतिवद्धता” लेखिएको प्लेकार्ड बोकेर अभियानप्रति ऐक्यबद्धता जनाए। यस अभियानमार्फत नेपालले बालविवाह अन्त्यका लागि विश्वका १०० देशसँगै आफ्नो सक्रिय उपस्थिति जनाउँदै भविष्यतर्फको दृढ प्रतिज्ञा प्रकट गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ५ मंसिर । अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकामा बालबालिकामध्ये स्मरण शक्ति परीक्षणसहित विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको छ।
महिला बालबालिका शाखाको आयोजनामा तथा शिक्षा शाखा, नगर स्तरीय बाल सञ्जाल, वडा नं–३, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र र जनता आ.वि हरनेटीको समन्वयमा सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भीमा कुमारी घर्तीको अध्यक्षता र उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच स्मरण शक्ति परीक्षण (Memory Test) गराइएको थियो। सो प्रतिस्पर्धामा मेघराज राणा प्रथम, अर्णय पुन मगर द्वितीय, नारायण बुढाथोकी तृतीय र खुमा वली सान्त्वना बने।
यसैगरी, कक्षा १ देखि ३ का बालबालिकाबीच भएको कुर्सी दौड प्रतियोगितामा रितु वली प्रथम, गीता बुढा द्वितीय, प्रसन्न पुन तृतीय तथा समीर पुन सान्त्वना घोषित भए। कक्षा ४ र ५ का विद्यार्थीबीच सञ्चालन गरिएको हिसाब दौड प्रतियोगितामा सुदिप पुनले प्रथम स्थान प्राप्त गरे भने आयुष्मा थापा, कमला कवर र आयुसा सिन्जाली क्रमशः द्वितीय, तृतीय र सान्त्वना बने।
विविध रमाइलो तथा शैक्षिक गतिविधिमार्फत बालअधिकारको महत्व स्मरण गराउँदै विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ मंसिर । दाङको तुलसीपुरमा दुईदिने नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेशनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा ‘ दोस्रो नमुना युवा संसद ज्ञानज्योति–२०८२’ सम्पन्न भएको हो।
विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
दुई दिनसम्म चलेको अभ्यासमा विद्यार्थीहरूले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका संयन्त्रका कानुनी प्रक्रिया, नीति निर्माण र कार्यान्वयनका विषयमा व्यवहारिक अभ्यास गरेका थिए।
कार्यक्रमको समापनका प्रमुख अतिथि मास्कीले विद्यार्थीलाई राजनीति राष्ट्रको मेरुदण्ड भएको बताउँदै यसप्रति बनेको नकारात्मक धारणामा परिवर्तन ल्याउन आग्रह गरे। “राजनीति फोहोरी खेल होइन, सेवा हो,” मास्कीले भने,- “समाज रूपान्तरण गर्ने शक्ति राजनीति र राजनीतिक दलहरूसँग हुन्छ।”
विद्यार्थीको सक्रियता र प्रस्तुतिको प्रशंसा गर्दै उनले थपे,“तपाईंहरू अहिले देखाइरहेको सीप र सोच नै भोलिका नेतृत्व क्षमता हुन्। राज्य, संसद र कानूनबारे यसरी व्यवहारिक अभ्यास गर्नु भनेको भविष्यको जिम्मेवारी लिन सिक्नु हो।”
उनले समाजमा राजनीति र दलप्रति नकारात्मक सोच बढे पनि विद्यार्थीले वास्तविकता पहिचान गर्नुपर्ने समय भएको बताए।
“कतिपय व्यक्तिको आचरणका कारण राजनीति बदनाम देखिए पनि यसको मूल उद्देश्य सधैं समाज परिवर्तन र नागरिकको सेवा हो,” उनले भने, -“देशलाई सही दिशामा लैजान सक्षम माध्यम राजनीति नै हो।”
मुलुकको संवैधानिक व्यवस्था, संसदको भूमिका र राज्यका जिम्मेवारीबारे विद्यार्थीले प्राप्त गरेको व्यवहारिक सिकाइप्रति प्रशंसा समेत गरेका थिए।
समाजका आवश्यकता पूरा गर्ने नेतृत्व राज्यलाई चाहिने र त्यो नेतृत्व यस्तै अभ्यासबाट सम्भव रहने उनको भनाइ थियो।
कानुन संकाय संयोजक सोमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र विद्यार्थी पारस ओलीले गरेका थिए।
दुई दिनसम्म सञ्चालन भएको उक्त नमुना संसद अभ्यास कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा द नेसनल युथ वेल्फेयर नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर खत्री रहेका थिए।
कार्यक्रममा विभिन्न विधाहरूमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बहसकर्ताको रूपमा पुष्कर कठायत प्रथम, दिवस बिक द्वितीय र हरिस्मस राम्जा तृतीय घोषित भए।
उत्कृष्ट अनुसन्धानकर्तामा पुस्पा ओली प्रथम, प्रकृति बुढाथोकी द्वितीय र प्रमोद केसी तृतीय बने। नेतृत्वकर्तामा दिया केसी प्रथम, सन्देश घर्ती द्वितीय र अंकित ओली तृतीय भएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले विद्यार्थीले देखाएको क्षमताले शिक्षामा गरिएको लगानी सफल भएको प्रमाण गरिएको बताए।
विद्यार्थी सन्देश घर्तीले कानुन निर्माण प्रक्रिया, छलफल तथा राजनीतिक अभ्यासबारे महत्वपूर्ण सिकाइ प्राप्त भएको अनुभव सुनाए।
विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीले विद्यार्थीमा नेतृत्व तहमा पुग्ने क्षमता रहेको उल्लेख गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
कञ्चनपुर,१९ कार्तिक । सुदूरपश्चिम विश्वविद्यालयको करिब तीन सय बिघा जग्गा अतिक्रमणमा परेको छ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसलाई २०६२ सालमा टीकापुर विकास समितिले तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो।
तर, हालसम्म क्याम्पसले ८० बिघामात्र भोगचलन गर्न सकेको छ भने बाँकी तीन सय बिघा जग्गा मुक्तकमैया र सुकुम्बासीका नाममा अतिक्रमण भएको छ।
उपकुलपति पन्तका अनुसार अतिक्रमित जग्गा फिर्ता गर्न विश्वविद्यालयले पटक–पटक सङ्घ र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ भएको छैन। उनले राजनीतिक संरक्षणका कारण अतिक्रमण हटाउन कठिनाइ भएको बताए।
यसैबीच, विश्वविद्यालयको कार्यकारी परिषद्ले हालै बैठक बसेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ कार्तिक ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।
विश्वविद्यालय ऐन, २०८२ बमोजिम जारी गरिएको यस सूचनामा उम्मेदवारले आवेदनसँगै अवधारण र रणनीतिक पत्र पनि पेश गर्नुपर्ने उल्लेख छ।
मन्त्रालयले आवेदनका लागि आजदेखि १५ दिने समय तोकेको छ। साविक गेटा मेडिकल कलेज यस विश्वविद्यालयमा समावेश रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस