मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ मा विश्वासको मत लिने

   मङि्सर २२, २०८२       admin

सर्लाही,२१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आउने मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्तारुढ सातदलीय गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको जसपा नेपालका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए।

मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। शपथपछि उनले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने योजना रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले सधैं गोल्डेन बुट जित्ने खेलाडी जस्तै हो: अध्यक्ष ओली

   मङि्सर २१, २०८२       admin

काठमाडौं,२० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडीसँग तुलना गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति र प्रभावबारे चर्चा गर्दै भने–
‘एमाले यस्तो खेलाडी हो, जसले सधैं गोल्डेन बुट जित्छ। एमालेको खुट्टामा बल पर्यो कि कुद्यो, ड्याम्मै गोल गरिहाल्छ।’

उनका अनुसार एमाले अहिले सरकार बनाउने–ढाल्ने खेलमा छैन। ओलीले स्पष्ट पार्दै भने– ‘हामी सरकार बनाउने पक्षमा छैनौँ। स्वतन्त्र र निष्पक्ष चुनावको प्रतीक्षामा छौँ। चुनाव जे बेला हुन्छ, त्यसपछि बन्ने सरकार एमालेकै हुन्छ।’

एमालेलाई उनले विशाल नदीको बाढीसँग तुलना गर्दै साना अवरोधले रोक्न नसक्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सामुदायिक वनमा एकैदिन नौ मृग मृत फेला

   मङि्सर २१, २०८२       admin

काठमाडौं,२० मंसिर। नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वनमा एकैदिन नौ वटा मृग मृत अवस्थामा फेला परेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक अनुसन्धानले किसानले तोरीमा छरेको विषादी खाएर मृग मरेको आशंका गरिएको छ। मृगहरूको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएको हुँदा विषादी सेवन नै मुख्य कारण हुनसक्ने निकुञ्जको भनाइ छ।

आहार प्रजातिमा पर्ने मृगको यस्तो ठूलो संख्यामा मृत्यु भएपछि विस्तृत अनुसन्धान अघि बढाइएको जनाइएको छ। मृगको मृत्युको कारण सुनिश्चित गर्न पोस्टमार्टम गरिएको र नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला, काठमाडौँ पठाइएको अधिकारी थापाले जानकारी दिए। रिपोर्ट आउन चार/पाँच दिन लाग्नेछ।

सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीका अनुसार मरेका नौ मृगमध्ये एक वटा बच्चा पनि रहेको छ। तोरीमा विषादी अत्याधिक प्रयोग भएको आशंका उनीहरूले पनि गरेका छन्।

यसअघि रजहर क्षेत्रमा काउली परीक्षण गर्दा ९८ प्रतिशत विषादी अवशेष फेला परेको हुँदा त्यही अवस्थाको पुनरावृत्ति हुनसक्ने सचिव अधिकारीको भनाइ छ। भेटेरिनरी तथा कृषि कार्यालयले किसानलाई विषादीका जोखिमबारे पर्याप्त सचेतना नदिएको गुनासो पनि उठाइएको छ।

निकुञ्जको तारजाली भत्किएको स्थानबाट मृग खेततर्फ प्रवेश गरेको पाइएको छ। त्यही बाटोबाट गैँडा पनि बारीमा आउने गरेको र मृग बाघको डरले प्रायः गैँडाको साथमा हिँड्ने गरेको बताइएको छ।

तीन वर्षअघि पनि यही स्थानमा १५ वटा मृग मरेको घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने

   मङि्सर २१, २०८२       admin

दाङ,२० मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने भएको छ। महोत्सवको उद्देश्य, मिति, स्थान र प्रमुख आकर्षणबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले विस्तृत जानकारी दिएको हो।

महोत्सव मंसिर २३ देखि २९ गतेसम्म तुलसीपुर–५ (ग) लाईन, उपमहानगरपालिका गेटनजिक आयोजना हुनेछ।
‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित हुने महोत्सवमा विभिन्न नेवारी परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।

कार्यक्रमको मुख्य आयोजक तुलसीपुर उपमहानगरपालिका रहेको छ भने ‘नेवा: देय दवु (नेवा: राष्ट्रिय मञ्च)’ र ‘नेवा: मिसा दवु’ को सहआयोजनामा महोत्सव सञ्चालन हुनेछ।

संघका केन्द्रीय उपाध्यक्ष नरेशराज भण्डारीका अनुसार नेवारी समुदायको महत्वपूर्ण तथा गुणस्तरीय परिकार “यमरी” लाई केन्द्रमा राख्दै, यमरी पूर्णिमा लक्षित गरी महोत्सव आयोजना गरिएको हो। चिसो मौसममा नयाँ अन्नका परिकारहरूको सांस्कृतिक महत्व रहेकाले कार्यक्रमले परम्परा र संस्कृतिलाई जोड्ने अपेक्षा गरिएको उनले बताए।

आयोजक समितिका उपाध्यक्ष अशोक श्रेष्ठका अनुसार महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, नेवारी सांस्कृतिक पहिचानको प्रसार तथा स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।

गत वर्ष तीन दिन चलेको महोत्सवबाट ३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष एक सातासम्म चल्ने महोत्सवबाट करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ।
महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।

पत्रकार सम्मेलन उपाध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत तथा प्रकाशन सम्बन्धी विवरण निवर्तमान अध्यक्ष पुष्कर श्रेष्ठले प्रस्तुत गरे भने सहजीकरण तुफानबाबु श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु: क्षतिपूर्ति नपाएपछि राजमार्ग अवरुद्ध

   मङि्सर २१, २०८२       admin

काठमाडौ,२० मंसिर ।रौतहटको चन्द्रपुर नगरपालिका–६, मोतियाही पुलनजिक चपुर–गौर सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।


गौरबाट चन्द्रनिगाहपुरतर्फ जादै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलले ज्यान गुमाएका हुन्।

घटनापछि मृतकका परिवार र बस सञ्चालक पक्षबीच क्षतिपूर्तिबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो। तर बसधनीले कानुनले तोकेको भन्दा बढी क्षतिपूर्ति नदिने अडान लिएपछि स्थिति तनावग्रस्त बनेको हो।

यो अडानपछि मृतकका आफन्तले राजमार्ग ठप्प पारेका छन्। चन्द्रनिगाहपुर चोकमा सयौँ सवारीसाधन अलपत्र परेका छन्। मृतकका आफन्तले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङको लमहीमा गोली चल्यो

   मङि्सर २१, २०८२       admin

दाङ , २० मंसिर । दाङको लमहीमा गोली चलेको छ। अज्ञात समूहले एक सुन पसलमा गोली प्रहार गरेको बताइएको छ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गोली चलाउनेको खोजीकार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक बाबुराम बस्नेतले लमहीको एक सुनचाँदी पसलमा  गोली चलेको पुष्टि गरे । घटनाको थप अनुसन्धान भइरहेको उन्ले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरको ब्रेक

   मङि्सर २१, २०८२       admin

काठमाडौं ,२० मसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ʻब्रेकʼलगाएको छ। एनपीएलको दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिमलाई हराउँदै विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा ʻब्रेकʼलगाएको हो। 

सुदूरपश्चिमले विराटनगरलाई दिएको लक्ष्य ११.२ ओभरमा पुरा गर्दै विराटनगरले सुदूरपश्चिमको जितलाई ब्रेक लगाएको हो। यो इनिङमा विराटनगरले बनाएको स्कोर प्रतियोगिताको हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा १२ जना फरार अभियुक्त पक्राउ

   मङि्सर २१, २०८२       admin

दाङ,२० मंसिर। दाङ प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ कार्यमा तीव्रता दिएको छ। केही दिनको अन्तरालमा मात्रै झन्डै १२ जना फरार अभियुक्तहरु दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अदालतबाट फैसला भइसकेका तर पक्राउ नपरेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने कार्य निरन्तररुपमा भइरहेकै हो।  पछिल्लो एकसातामा मात्रै  प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।


दाङ प्रहरी प्रवक्ता चक्रबहादुर शाहले , यही मंसिर १४ गतेदेखि अहिलेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको छ। यसैगरी उनीहरूबाट २३ हजार ५२ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्नेछ फैसला छ । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

साविक विजेता जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

   मङि्सर २०, २०८२       admin

दाङ, १९ मंसिर ।  लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।  शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । 
लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा चितवन राइनोज, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् । कर्णाली यसअघि नै बाहिरीसकेको टिम हो। त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले लिएको १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसका यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त

   मङि्सर २०, २०८२       admin

काठमाडौ,१९ मंसिर । मधेस प्रदेशमा कांग्रेसका प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेससहित ६ राजनीतिक दलको समर्थनमा यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेको छ।

यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल गरी ६ दलका ७७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। जसपा नेता मनिष सुमनका अनुसार दाबी पत्रमा हस्ताक्षर नभए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि यादवलाई प्राप्त छ।

पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले १७ मंसिरमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। दाबी पेस गर्ने समय १९ मंसिर साँझ ५ बजेसम्म रहेको थियो।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार ६ दलको समर्थनसहित यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology