जेनजी आन्दोलनपछि देउवा र ओलीको पहिलो भेट

   मङि्सर २०, २०८२       admin

काठमाडौं ,१९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच काठमाडौं महाराजगञ्जमा भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली शुक्रबार उनीकै निवास पुगेका हुन्।

देउवा र ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको दुवै पक्षको सचिवालयले जनाएको छ। भेटमा देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र ओलीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिए।

भदौ २३ र २४ मा भएको ‘जेन–जी’ आन्दोलनपछि देउवा र ओलीबीच यो पहिलो भेट हो। सो आन्दोलनकै दबाबका कारण ओली प्रधानमन्त्रीबाट हट्नुपरेको थियो भने देउवामाथि उनको निवासमै सांघातिक आक्रमण भएको थियो। आन्दोलनका क्रममा दुवै दलका कार्यालय र नेताहरूका निवासमा आगजनीसमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भिएफएक्स सिनेमा हल तुलसीपुरकाे शिलान्यास

   मङि्सर २०, २०८२       admin

दाङ, १९ मंसिर । दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलले तुलसीपुरमा सञ्चालन गर्न लागेको भिएफएक्स सिनेमा हल तुलसीपुरकाे आज शिलान्यास गरिएको छ ।

नारायणपुर जस्तै सुविधा सम्पन्न हल बनाउने र उच्चस्तरीय प्रविधि जडान गरिने हलमा, भिडियो क्वालिटि र साउन्ड सिस्टम पनि उच्चस्तरीय हुने हल निर्माण कम्पनी सिनेमा वर्ल्डका अध्यक्ष अरुण रिजालले बताए ।

तुलसीपुर-६ मा रहेको कराई इभेन्टसंगै सटेको जग्गामा आज एक कार्यक्रमकाे आयोजना गरि हलकाे शिलान्यास गरिएको हो । दुई ओटा पर्दामा ५ सय सिट क्षमताको हल सञ्चालन गरिने र आगामी २०८३ काे दशै बाट फिल्म प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।

तुलसीपुरमा हल सञ्चालन गरेपछि यसले तुलसीपुर देखि पश्चिम क्षेत्रका दर्शकलाई फिल्म हेर्नका लागि सहज हुने भिएफएक्स सिनेमा प्रा.लि.का सञ्चालक विजय रावतले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीप दुर्घटना हुँदा १२ जना घाइते

   मङि्सर २०, २०८२       admin

रुकुम पश्चिम,१९ मंसिर । रुकुम पश्चिममा जीप दुर्घटना भएको छ।

रुकुम पश्चिमको मुसिकोटबाट आठबिसकोट राडी तर्फ जाँदै गरेको लु १ ज २०८२ नम्बरको जीप आठबिसकोट–१४ स्थित बाँकेज्युलामा दुर्घटना पर्दा चालकसहित १२ जना यात्रु घाइते भएका छन्।

घटनाको थप विवरण आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्रीसहित सर्वपक्षीय बैठक सुरु

   मङि्सर २०, २०८२       admin

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे आवश्यक तयारी र समन्वयका लागि बैठक बोलाइएको हो।

बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन्।

यस्तै, बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय तथा सुरक्षाकर्मीका शीर्ष अधिकारीहरू पनि उपस्थित रही आगामी निर्वाचनका सुरक्षा तथा व्यवस्थापन विषयमा जानकारी दिइरहेका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गरिरहेका बेला, निर्वाचन आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। निर्वाचनमा भाग लिन आयोगमा निवेदन दिएका दलहरू भने अब निर्वाचन–केन्द्रित गतिविधिमा सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पैसा र शक्तिको प्रभावले मात्र चुनाव नजितोस्: प्रधानमन्त्री कार्की

   मङि्सर २०, २०८२       admin

दाङ,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि सबैले निरन्तर रुपमा लागिरहनुपर्ने बताएकी छन्।

हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले पैसा र शक्तिको पहुँच भएकाले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशभर जनजागरण आवश्यक रहेको उल्लेख गरिन्।

उनले सरकारलाई प्राप्त कार्यादेशभित्र रही दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न सकिने सम्भावनामा आफूले पनि पहल गर्ने बताइन्।

सो अवसरमा हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था समावेश गर्न आग्रह गरेको थियो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई पहिलो प्राथमिकता दिएपछि दलित समुदायको उचित प्रतिनिधित्व हुन नसकिरहेको विषयमा आफूहरूको धारणा प्रधानमन्त्रीसमक्ष राखिएको अध्यक्ष सुनारले बताए।

भेटका क्रममा उनले व्यक्तिगत कारणले प्रधानमन्त्री कार्कीविरुद्ध उठेका केही आलोचनाका विषयमा क्षमायाचनासमेत गर्दै विषम परिस्थितिमा देश सम्हाल्न अगाडि आएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनपीएल : लुम्बिनी र जनकपुर भिड्दै , दुबैलाई जित्नै पर्ने दबाब 

   मङि्सर २०, २०८२       admin

दाङ, १९ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज लुम्बिनीले पहिलो चरणको अन्तिम खेलमा जनकपुर बोल्डसँग प्रतिस्पर्धा गर्दैछ। लुम्बिनी विरुद्ध जनकपुर बोल्स ब्याटिङमा उत छ भने लुम्बिनीले बलिङ गर्दैछ। लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका छन्। दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण रहेको छ। लुम्बिनीले यो खेल जिते सिधै प्लेफमा पुग्न सक्छ भने जनकपुरले यो खेल जिते प्लेअफको सम्भावना जीवितै रहन्छ ।

जनकपुरले आजको खेलमा जान निको लफ्टी इटोनलाई कप्तानी जिम्मेवारी दिएको छ। जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। वायन पार्नेलको स्थानमा संगीत कुरे आएका छन्। 
लुम्बिनीले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।लुम्बिनीले आजको खेल जितेमा प्लेअफमा स्थान पक्का गर्नेछ। लुम्बिनीले शीर्ष चारमा स्थान बनाएको अवस्थामा प्लेअफ समीकरण पूरा हुनेछ। लुम्बिनीले प्लेअफमा स्थान बनाएसँगै अन्य टोलीको सम्भावना पनि सकिनेछ। लुम्बिनी पराजित भए अन्य टोलीका लागि प्लेअफ बाटो खुला हुनेछ। लुम्बिनी भने बाहिरिनेछ।६ खेलबाट ६ अंक निकालेको लुम्बिनी लायन्स आज जित निकाल्दै प्लेअफमा सुरक्षित हुने लक्ष्यमा छ भने जनकपुर पनि प्लेअफको सम्भावना जीवितै राख्न गर या मरको स्थितिमा छ। ५ खेलबाट जनकपुरले हालसम्म १ जितसहित २ अंक मात्र बटुलेको छ। 
जनकपुर बोल्ट्स:  आशिफ शेख, शुभ कंसाकार, अनिल शाह, सचिन भट्ट, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, माज सदाकत, जान निकोल लफ्टी–इटोन, संजय कृष्णमुति, संगीत कोरे
लुम्बिनी लायन्सः रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान, निरोसन डिकोवेल्ला

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेसमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने प्रस्ताव

   मङि्सर २०, २०८२       admin

दाङ,१९ मंसिर । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ ।सात दलिय सहमतिमा प्रदेश प्रमुख समक्ष यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।


शुक्रबारकाे सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएकाे हाे ।सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जबरजस्ती करणी आरोपमा फरार प्रतिवादी पक्राउ

   मङि्सर २०, २०८२       admin

काठमाडौ,१९ मंसिर । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेल रहेका छन्।

उनी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भुजेलले पुतलीबजार–१४ स्थित वन क्षेत्रमा ११ वर्षीया बालिकामाथि २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेका थिए।

उक्त घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मंसिर २३ गते उनलाई १५ वर्ष कैद सजाय सुनाएको थियो।

फैसला सुनिएपछि फरार रहेका भुजेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशअनुसार उनले भुक्तानका लागि स्याङ्जा जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मलामी गएका युवक नदीमा बेपत्ता

   मङि्सर १, २०८२       admin

काठमाडौ,१८ मंसिर ।महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनका अनुसार स्थानीय व्यक्तिको मलामी गएका सनि दमाई चिता बनाउने क्रममा चिप्लिएर नदीमा खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। अहिले नेपाल प्रहरीले अन्य सुरक्षाकर्मी सहित खोज तथा उद्धार कार्य जारी राखेको बोहराले बताए।

त्यसैगरी, नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव आज फेला परेको छ। भुजेला क्षेत्रबाट नदीमा नुहाउँदा बेपत्ता भएका उनी दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब २०० मिटर दक्षिण तर्फ किनारमा मृत अवस्थामध्ये भेटिएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ।

आवश्यक प्रक्रिया पूरा गरी शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युक्रेनी बालबालिकालाई तत्काल रिहा गर्न आह्वान

   मङि्सर १, २०८२       admin

काठमाडौ,१८ मंसिर ।संयुक्त राष्ट्रसंघीय महासभाले जबरजस्ती रूसमा लगिएका युक्रेनी बालबालिकालाई तत्काल र बिनासर्त फिर्ता गराउन आह्वान गरेको छ। महासभाले यो मुद्दा किभ र मस्कोबीचको सम्भावित शान्ति सम्झौतामा सबैभन्दा संवेदनशील विषय बनेको पनि जनाएको छ।

महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासनमा परेका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिनासर्त फिर्ता आवश्यक रहेको उल्लेख गर्दै प्रस्ताव पारित गरेको हो। उक्त प्रस्तावलाई ९१ देशले समर्थन गरेका छन् भने रूससहित १२ देशले विरोधमा मतदान गरेका र ५७ देश मतदानमा अनुपस्थित रहेका छन्।

महासभाले मस्कोलाई निर्दोष बालबालिकाको बलपूर्वक स्थानान्तरण, निर्वासन र परिवारबाट अलग गरिने प्रक्रिया रोक्न तथा पालन–पोषणका नाममा उनीहरूको कानुनी स्थिति परिवर्तन नगर्न आग्रह गरेको छ।

युक्रेनी उप–विदेशमन्त्री मारियाना बेत्साले महासभामा बोल्दै रूसले युद्ध सुरु भएदेखि कम्तीमा २० हजार युक्रेनी बालबालिका अपहरण गरेको दाबी गरिन्। उहाँले हालसम्म १ हजार ८५‍० भन्दा बढी बालबालिका युक्रेन फर्काइएका पनि जानकारी दिइन्।

बेत्साका अनुसार बालबालिकाको तत्काल र बिनासर्त फिर्ता नै युक्रेनमा न्यायपूर्ण शान्तिको मुख्य आधार हो।
यसको प्रतिक्रियामा रूसी उप–राजदूत मारिया जाबोलोत्स्कायाले प्रस्तावलाई अस्वीकार गर्दै आरोपहरू झूटो भएको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology