दाङ,९ मंसिर । आन्तरिक प्रतिस्पर्धाको प्रक्रिया तोडिएको र स्थानीय व्यक्तिहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै लुम्बिनी बचाऊ महाअभियानले लुम्बिनी विकास कोषका सदस्य सचिवको हालसालै गरिएको नियुक्ति बदर गर्न माग गरेको छ।
अभियानले आइतबार कोषका उपाध्यक्ष ल्याहारक्याल लामालाई ज्ञापनपत्र बुझाउँदै लुम्बिनीको समृद्धि, गरिमा र स्थानीय सहभागिता सुनिश्चित गर्न नियुक्ति तत्काल खारेज गर्न आग्रह गरेको हो।
सरकारले गत साता गोरखाका इन्जिनियर दीपक श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको थियो। तर, लामो समयदेखि स्थानीय व्यक्तिलाई नै सदस्य सचिवमा अवसर दिनुपर्छ भन्ने माग गर्दै आन्दोलित हुँदै आएको महाअभियानले बाहिरी व्यक्तिलाई नियुक्ति गर्नु अनुचित भएको बताएको छ।
अभियानका अगुवा रामविकास चौधरीका अनुसार, यसअघि कायम रहेको प्रतिस्पर्धात्मक नियम उल्लंघन गरेर नियुक्ति गरिएको र यसले अनावश्यक विवाद निम्त्याएको छ। उनले नियुक्तिअघि स्थानीय सरोकारवाला, बुद्धिजीवी र अभियानकर्मीहरूसँग कुनै परामर्श नगरिएको भन्दै आपत्ति जनाए।
अभियानले बुझाएको विज्ञप्तिमा भनिएको छ, “लुम्बिनीको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्त्व बुझ्ने योग्य स्थानीय व्यक्तिलाई सदस्य सचिव बनाइनुपर्छ।” विज्ञप्तिमा चेतावनी दिइएको छ कि शान्तिपूर्ण ढंगले राखिएको माग बेवास्ता भएमा अभियानले जनताको साथमा संघर्षका कार्यक्रम सुरु गर्न बाध्य हुनेछ।
अभियानले परम्परादेखि लुम्बिनीको माटोसँग घुलमिल भएका स्थानीयलाईै उपेक्षा गर्दै गरिने नियुक्तिले स्थानीयको भावना निरन्तर रूपमा चोट पुर्याउँदै आएको पनि उल्लेख गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,९ मंसिर ।नेपाल जेनजी फ्रन्टले प्रवासी नेपालीहरूलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन माग गर्दै सोमबार निर्वाचन आयोगमा तीन बुँदे मागपत्र बुझाएको छ।
फ्रन्टका प्रतिनिधि बिनिता बोगटी, अमृता बनलगायतले निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई उक्त मागपत्र हस्तान्तरण गरेका हुन्।
फ्रन्टले विदेशमा बसोबास गर्ने नेपाली नागरिकका लागि दूरवर्ती मतदान (remote voting) प्रणाली वा अन्य उपयुक्त वैकल्पिक व्यवस्था तत्काल लागू गर्नुपर्ने उल्लेख गरेको छ।
यससँगै, रोजगारी, शिक्षा तथा अन्य कारणले गृहजिल्लाबाहिर बसेर काम गर्ने नागरिकलाई समेत सहज रूपमा मतदान गर्ने वातावरण बनाउन आग्रह गरिएको छ।
मागपत्रमा भनिएको छ, “देशभित्रै एक जिल्लाबाट अर्को जिल्लामा बसोबास गर्ने नागरिकको संख्या उल्लेखनीय छ, तर उनीहरू पनि मताधिकारबाट व्यवहारिक रूपमा वञ्चित छन्।”
फ्रन्टले राज्यले कानूनी र प्राविधिक जटिलताको बहाना दिँदै नागरिकलाई संविधानले प्रदत्त मताधिकार उपयोग गर्न नदिएको आरोप पनि लगाएको छ।
त्यस्तै, विश्वभर रहेका नेपालीसम्म पुग्ने गरी मतदान–शिक्षा तथा जनचेतना कार्यक्रम डिजिटल माध्यममार्फत सञ्चालन गर्नुपर्ने माग पनि राखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ८ मंसिर । दाङको तुलसीपुर–९ बेलुवामा सुतेकै स्थानबाट एक १५ वर्षीय बालक बेपत्ता भएका छन्। गएराती करिब ११ बजेतिर शुभम शर्मा अचानक बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ।
हिजो साँझ खाना खाएर सुतेका शुभम राति बाहिरबाट ढोका लक गरिएको अवस्थामा हराएको बालककी आमा शारदा शर्माले बताइन्। उनका अनुसार शुभम सम्भवतः गेटबाट हाम फालेर घरबाट निस्किएको हुनसक्ने अनुमान गरिएको छ।
आफन्त तथा छिमेकीमार्फत विभिन्न ठाउँमा खोजतलास गर्दा पनि बालक फेला नपरेपछि परिवारले प्रहरीमा निवेदन दिएको बताइएको छ।
शुभमलाई देख्ने जो–कसैलाई नजिकको प्रहरी कार्यालय वा ९८१०१७००४० नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको छ।
यता, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बालक हराएको सूचना प्राप्त भएकाले खोजी कार्य तीव्र बनाइएको छ। खोजीका लागि सबै प्रहरी युनिटमा सर्कुलर पठाइएको उनले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
सुर्खेत,८ मंसिर । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा एक किशोर र एक किशोरी एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। मृतकहरू जुम्लाका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर–१० की १६ वर्षीया दीपिका चौधरी रहेको प्रहरीले जनाएको छ।
दुवैजनाको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको र आफन्तहरूले पहिचान गरिसकेको सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीले जानकारी दिए। घटनास्थल मुचुल्का गरेर दुवैको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।
घटनाको कारणबारे अझै स्पष्ट हुन बाँकी रहेको र उनीहरू प्रेम सम्बन्धमा थिए कि थिएनन् भन्नेबारे परिवारका सदस्यहरूले केही खुलाएका छैनन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्ति विषयमा प्रकाशित–प्रसारित समाचारहरूबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक स्पष्टिकरण जारी गरेको छ ।
सोमबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री र सचिवालयले पारदर्शिता, मितव्ययिता र जवाफदेहिताका मानकलाई कडाईका साथ पालना गर्दै आएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार जेनजी आन्दोलनको बलमा बनेको यो सरकार राज्यकोषमा कम भार पर्ने गरी न्यून जनशक्तिबाट सचिवालय सञ्चालित हुँदै आएको छ । प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (११औँ संशोधन २०८१) अनुसार प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीले नियुक्त गर्न पाउने र अन्य पदमा प्रमुख स्वकीय सचिवले नियुक्ति गर्न सक्ने व्यवस्था रहेको सचिवालयले स्मरण गराएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीले अत्यन्त विश्वासिलो र पारिवारिक रूपमा सहयोग पुर्याउनसक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको उल्लेख छ । प्रधानमन्त्रीको परिवारमा श्रीमान् मात्र भएकाले वृद्ध उमेरको अवस्थाका कारण नजिक रहेर सहयोग गर्न सक्ने व्यक्ति आवश्यक भएको पनि स्पष्ट गरिएको छ । रातदिन खटिनुपर्ने जिम्मेवारीका कारण विश्वासिलो व्यक्तिको नियुक्ति गरिएको भन्दै यसलाई अनावश्यक रूपमा विवादित नबनाउन आग्रह गरिएको छ ।
सचिवालयले केही समाचारमा थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा नातेदार ठहर्याएर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै त्यस्ता सामग्रीप्रति विश्वस्त नहुन पनि आग्रह गरेको छ ।
सचिवालयका अनुसार कार्यविधिमा ७ सल्लाहकार नियुक्त गर्न सकिने भए पनि हाल २ मात्र छन् । १९ विज्ञ कर्मचारीको दरबन्दी भएकामा ४ जनामात्र नियुक्त छन्, जसमा एक अवैतनिक रहेको उल्लेख छ । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी भए पनि १४ जनामात्र कार्यरत रहेको र अहिले प्रधानमन्त्रीले आवश्यकताअनुसार २० जनाको सानो सचिवालयबाटै काम अघि बढाइरहेको सचिवालयले जनाएको छ ।
विज्ञप्तिमा सरकारले जेनजी आन्दोलनको मर्मअनुसार सुशासन, निष्पक्षता र भयरहित वातावरणमा चुनाव गराउन प्रतिबद्ध रहेको बताउँदै भ्रामक सामग्रीबाट ध्यान भंग गराउने प्रयासमा नपर्न जनसाधारणलाई अनुरोध गरिएको छ ।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ ,८ मंसिर । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकार गठन भएयता मन्त्रीहरूले भ्रष्टाचार र गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै राजीनामा माग गरिएको हो ।
जेनजी मुभमेन्ट नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको आरोप लगाइएको छ । अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका–नाता पर्ने व्यक्तिलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाइएको छ ।
जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा यी सबै कार्य प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता वा संरक्षणबिना सम्भव नहुने उल्लेख गरिएको छ । विज्ञप्तिमा सरकारले नैतिकता, पारदर्शिता र जवाफदेहिताको मानक पूरा गर्न नसकेकाले प्रधानमन्त्री सुशीला कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ८ मंसिर । गरिमा बिकास बैंक घोराही शाखाले क्षेत्रीय कार्यालय कोहलपुर सँगको समन्वयमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्यानीटरी प्याड, भेन्डिङ मेसिन र डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ ।
आइतबार गरिमा बिकास बैंक घोराही शाखाका प्रबन्धक बलदेव धिताल, अपरेशन इञ्चार्ज इश्वरी प्रकाश वली, कर्जा प्रमुख आरती बस्नेत तथा कर्मचारी दिपेश चौधरीले क्याम्पस प्रमुख डा नारायण पन्थी, सहायक क्याम्पस प्रमुख राजेन्द्र कुमार रेग्मी, बिबिए निर्देशक सुदर्शन रिजाल तथा स्वबियु सभापति दिपेश डिसी लगायतका पदाधिकारीहरुको उपस्थितिमा बैंकले सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
बैंक प्रबन्ध बलदेव धितालले बैकको १९ औ बार्षिक उत्सवको अबसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका छात्राहरुका मानविय सेवामा सहयोग पु¥याउन उदेश्यले स्यानीटरी प्याड, भेण्डिङ मेसिन तथा डिस्पोजन मेसिन हस्तान्तरण गरिएको बताए ।
मेसिन हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख डा. नारायण पन्थी तथा स्वविय सभापति दिपेश डिसीले क्याम्पसको आवश्यकता पुरा गर्न सहयोग गरेकोमा बैंक परिबारलाई धन्यवाद दिए । बैंक क्याम्पसमा यस अघि पनि बित्तिय साक्षरताका विविध कार्यक्रममा सहयोग गरिरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ ७ मंसिर।सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालत अवहेलनासम्बन्धी मुद्दामा ‘किन कारबाही नगर्ने ?’ भनी लिखित जवाफ पेश गर्न आदेश गरेको छ।
राजदूत फिर्तासम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोप लगाउँदै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा अवहेलनाको निवेदन दर्ता गरेका थिए। सिलवालले प्रधानमन्त्रीविरुद्ध कानूनी कारबाही गर्न माग गर्दै निवेदन पेस गरेका थिए।
सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हरि फूयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले प्रधानमन्त्री कार्कीलाई लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ मंसिर ।राजधानीको राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामार्फत नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार समूह एकीकृत भई ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ गठन गरिएको छ।
नयाँ पार्टीले वाम–लोकतान्त्रिक तथा अन्य परिवर्तनकारी शक्तिहरूलाई एउटै छातामुनि लैजाने लक्ष्य राखेको बताइएको छ।
घोषणा सभामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री जनार्दन शर्मा र पूर्व–रास्वपाका नेता सन्तोष परियारलगायत नेताहरूको उपस्थिति थियो।
पार्टीले नेसपाको पहिलेदेखि प्रयोग हुँदै आएको ‘आँखा’ चुनाव चिन्ह निरन्तरता दिने र नेतृत्व ७ सदस्यीय अध्यक्ष मण्डलमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ।
वरिष्ठ नेता भट्टराई, शर्मा आदि पदाधिकारी तहमा नरहने तर संरक्षक वा सल्लाहकार भूमिकामा रहने अपेक्षा गरिएको छ। नेसपा संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराती र सन्तोष परियारबीच मंसिर ७ मा भएको ५ बुँदे सहमतिअनुसार यो एकता सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सन्तोष परियारले देश गम्भीर राजनीतिक संकटमा रहेको उल्लेख गर्दै सबै प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्ति एकजुट भएर मात्र समाधान सम्भव हुने बताए। उनले जेनजेड पुस्ता र राष्ट्रप्रेमी युवालाई पार्टीको अभियानमा सामेल हुन आह्वान गरे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,७ मंसिर ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ।
इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० को उडानमार्फत विराटनगर पुगेका बस्नेत सवार गाडीमा प्रदर्शनकारीहरूले बेलुनको लोला र रङ हानेका छन्।
दुर्व्यवहारको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्। उनीहरूले बस्नेतको विरोधमा नाराबाजी समेत गरेका थिए।
बस्नेत भने विमानस्थलबाट इटहरीतर्फ अघि बढिसकेका छन् भने विराटनगर क्षेत्रमा अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
यसअघि पनि सिमरा विमानस्थलमा एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेतमाथि प्रदर्शनकारीहरूले विरोध जनाउँदै अवरोध गर्ने प्रयास गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस