फिचर

हिमपहिरोको जोखिम बढ्दै: परम्परागत पूर्वसूचना प्रणाली पर्याप्त नहुने चेतावनी

काठमाडौ,१८ भदौ । नेपाल-चीन सीमावर्ती क्षेत्रमा गत हप्ता आएको विनाशकारी बाढी तथा पहिरोले हिमाली क्षेत्रमा बढ्दै गएको नयाँ किसिमको विपद् जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी, चट्टान र बरफ मिसिएर तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ्दै गएको भन्दै परम्परागत पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार … Continue reading हिमपहिरोको जोखिम बढ्दै: परम्परागत पूर्वसूचना प्रणाली पर्याप्त नहुने चेतावनी

थप पढ्नुहोस् »

हिमाल एकाडेमीको अभिभावक शिक्षा कार्यक्रम

तुलसीपुर , ३० साउन । हिमाल एकाडेमी तुलसीपुरले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयसँग सम्बन्धित विभिन्न विषय, बालबालिकाको शिक्षण–सिकाइमा अभिभावकको भूमिका तथा बालबालिकाको समग्र विकासका लागि अभिभावकले ध्यान दिनुपर्ने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो। विद्यालय सञ्चालक समितिका अध्यक्ष विनयकुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका कक्षा ३ सम्म … Continue reading हिमाल एकाडेमीको अभिभावक शिक्षा कार्यक्रम

थप पढ्नुहोस् »

निर्णय प्रक्रियामा युवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

दाङ,२६ साउन। युवालाई नेतृत्व तहमा स्थापित गर्दै स्थानीय तहदेखि नीति निर्माण र निर्णय प्रक्रियासम्म उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवस- २०२६ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ तुलसीपुरमा आयोजित युवाका सवाल, सम्भावना र चुनौती विषयक अन्तरसंवादमा सहभागीहरुले युवा सहभागितालाई औपचारिकतामा सीमित नराखी … Continue reading निर्णय प्रक्रियामा युवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

थप पढ्नुहोस् »

तुलसीपुरमा गठामंगल पर्व मनाइयो

दाङ,२६ साउन । तुलसीपुरमा परम्परागत विधिअनुसार गठामंगल पर्व मनाइएको छ। नेवार समुदायको प्राचीन सांस्कृतिक तथा धार्मिक पर्व गठामङ्गल अर्थात् घण्टाकर्ण मंगलबार तुलसीपुरमा परम्परागत विधिअनुसार मनाइएको छ। नेवा देय दवु तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुरको वीरेन्द्रचोकमा विभिन्न सांस्कृतिक गतिविधिसहित पर्व मनाइएको हो। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गललाई नेवार समुदायले वर्षभर मनाउने चाडपर्वमध्ये पुरानो पर्वका रूपमा … Continue reading तुलसीपुरमा गठामंगल पर्व मनाइयो

थप पढ्नुहोस् »

कमैया मुक्ति दिवसमा चौधरीको शुभकामना:फेरि दासताको चक्रमा फर्किन नपरोस्

दाङ साउन २। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ३६ हजार मुक्त कमैया परिवारका लाखौँ सदस्यहरूको पूर्ण पुनर्स्थापना र उचित व्यवस्थापन हुन नसकेको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। २६ वर्षअघि मुक्त घोषणा गरिएका कमैयाहरूको अवस्था अहिलेसम्म पनि उस्तै नै रहेको भन्दै यसतर्फ राज्यको ध्यानाकर्षण पनि गरेका छन्। नेपालमा कमैया मुक्ति आन्दोलनका अगुवासमेत रहेका चौधरीले कमैया … Continue reading कमैया मुक्ति दिवसमा चौधरीको शुभकामना:फेरि दासताको चक्रमा फर्किन नपरोस्

थप पढ्नुहोस् »

दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र प्रदर्शन हुँदै

दाङ,२ असार । स्थानीय कथावस्तु र कलाकारलाई प्राथमिकता दिँदै दाङ र रोल्पामा छायांकन गरिएका दुई नेपाली चलचित्र दाङमै प्रदर्शन हुने भएका छन्। यसलाई स्थानीय फिल्म उद्योगको प्रवर्द्धनतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ। ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेका ‘इहिरी द हन्टर’ र ‘द रिच्युअल’ नामक चलचित्रहरू असार ५ गतेदेखि १२ गतेसम्म घोराहीस्थित होटल डोकोको माइक्रो … Continue reading दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र प्रदर्शन हुँदै

थप पढ्नुहोस् »

लुम्बिनीका चार जिल्लामा भोलि सार्वजनिक बिदा

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले भूम्या पर्वको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार असार १ गते रोल्पा, दाङ, प्यूठान र रुकुम (पूर्वी भाग) मा बिदा दिइएको हो। मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ उपसचिव सुरेन्द्र चन्द्र आचार्यले विशेषगरी सम्बन्धित समुदायको पर्वलाई लक्षित गरी बिदा दिइएको जानकारी … Continue reading लुम्बिनीका चार जिल्लामा भोलि सार्वजनिक बिदा

थप पढ्नुहोस् »

स्वयंसेविकाको योगदानको कदर हुन्छ: मुख्यमन्त्री

दाङ,१९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कामको प्रशंसा गर्दै उनीहरूको हकहितका लागि सरकार सकारात्मक रहेको बताएका छन्। सोमबार नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशले मुख्यमन्त्री कार्यालयमा बुझाएको मागपत्र ग्रहण गर्दै उनले स्वयंसेविकाहरू समुदायस्तरको स्वास्थ्य सेवामा महत्वपूर्ण रहेको बताए। मातृ–शिशु स्वास्थ्य, खोप, परिवार नियोजन र जनचेतनामा उनीहरूको योगदान ठूलो रहेको … Continue reading स्वयंसेविकाको योगदानको कदर हुन्छ: मुख्यमन्त्री

थप पढ्नुहोस् »

​शिक्षकको मौन संघर्ष

विवेक देवकोटा । ​शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र होइनन् उनीहरू समाज निर्माणका अदृश्य शिल्पी हुन् । सक्षम नागरिक, जिम्मेवार नेतृत्व र सभ्य समाज निर्माणको आधार शिक्षककै ज्ञान, त्याग र समर्पणमा अडिएको हुन्छ तर विडम्बना, समाजलाई उज्यालो दिने यही वर्ग आफैँ अनेकौँ मौन संघर्षको घेराभित्र आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । शिक्षकका पीडा प्रायः सार्वजनिक … Continue reading ​शिक्षकको मौन संघर्ष

थप पढ्नुहोस् »