विदेश

क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

काठमाडौ,१ भदौ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्र सुरवात हुन भएकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई ७ सुझाव दिएको छ। दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ। विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको … Continue reading क्यानडा जाने विद्यार्थीलाई दूतावासको ७ सुझाव

थप पढ्नुहोस् »

३७ वर्षीय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री

काठमाडौँ,३२ साउन। पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । … Continue reading ३७ वर्षीय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री

थप पढ्नुहोस् »

सर्वोच्च अदालतले गर्यो प्रधानमन्त्रीलाई बर्खास्त

एजेन्सी। थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए पिचित चुइनवान । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्रीमात्रै नभएर सबै मन्त्रीहरुको … Continue reading सर्वोच्च अदालतले गर्यो प्रधानमन्त्रीलाई बर्खास्त

थप पढ्नुहोस् »

रुसमा संकटकाल घोषणा

एजेन्सी । रुसमा क्षेत्रीय संकटकाल घोषणा गरिएको छ । युक्रेनी गतिविधिका कारण उत्पन्न अवस्थालाई मध्यनजर गदै क्षेत्रीय संकटकाल घोषणा गरिएको हो । अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको यस क्षेत्रका संकटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लो डकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका हुन् । उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण … Continue reading रुसमा संकटकाल घोषणा

थप पढ्नुहोस् »

पेरिस ओलम्पिकमा स्वर्ण जितेका ज्वाँइलाई ससुराको भैँसी उपहार

काठमाडौं,२८ साउन । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्वाइलाई ससुराले भैँसी उपहार दिएका छन् । पेरिस ओलम्पिकमा ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई उनका ससुराले उपहार स्वरुप भैँसी दिएका हुन् । नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो । अर्सदका ससुरा मोहम्मद … Continue reading पेरिस ओलम्पिकमा स्वर्ण जितेका ज्वाँइलाई ससुराको भैँसी उपहार

थप पढ्नुहोस् »

जापानमा ७.१ रेक्टरको भुकम्प, सुनामीको चेतावनी

काठमाडौँ,२४ साउन । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति … Continue reading जापानमा ७.१ रेक्टरको भुकम्प, सुनामीको चेतावनी

थप पढ्नुहोस् »

इरानमा २९ जनालाई मृत्युदण्ड

काठमाडौँ,२३ साउन । इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । नर्वेको मानवअधिकार संगठनले दिएको जजानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो … Continue reading इरानमा २९ जनालाई मृत्युदण्ड

थप पढ्नुहोस् »

प्रधानमन्त्रीको राजिनामा पछि सेनाको अन्तरिम सरकार बन्दै

काठमाडौं,२१ साउन । बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ। सेना प्रमुख वकार(उज(जमानले मिडियालाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा गरेकी हुन्। प्रधानमन्त्री हसिनाले देश छोडिन् प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन्। निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले … Continue reading प्रधानमन्त्रीको राजिनामा पछि सेनाको अन्तरिम सरकार बन्दै

थप पढ्नुहोस् »

प्रधानमन्त्री हसिनाले देश छोडिन्

काठमाडौँ, २१ साउन । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएसंगै देश छोडेको बिबिसीले जनाएको छ । प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेको खबर बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् । सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च … Continue reading प्रधानमन्त्री हसिनाले देश छोडिन्

थप पढ्नुहोस् »

लेबनानमा रहेका नेपालीलाई सर्तकता अपनाउन आग्रह

काठमाण्डौ,१७ साउन। लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो । लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतमा रहेकोअवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । … Continue reading लेबनानमा रहेका नेपालीलाई सर्तकता अपनाउन आग्रह

थप पढ्नुहोस् »