विदेश

सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु ३४ घाइते

एजेन्सी। अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ दुर्घटनामा परी ३४ जना घाइते भएका छन्। हुनुका साथै ३४ जना घाइते भएका छन् । मंगलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसेको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताए । मंगबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको … Continue reading सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु ३४ घाइते

थप पढ्नुहोस् »

बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

दाङ,२६ असार। भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन् … Continue reading बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

थप पढ्नुहोस् »

भारी वर्षाका कारण चीनमा १ लाख व्यक्ति विस्थापित

काठमाडौं,१७ असार । भारी वर्षाका कारण चीनमा १ लाख मानिस विस्थापित भएका छन्। चीनको अन्हुई प्रान्तमा परेको वर्षाले आठ लाख ११ हजार मानिसलाई प्रभावित बनाएको छ । भने एक लाख ९५ हजार मानिसहरूलाई वासस्थान बाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार बिहानसम्म, अन्हुईका छ प्रान्तीय शहर, ३५ … Continue reading भारी वर्षाका कारण चीनमा १ लाख व्यक्ति विस्थापित

थप पढ्नुहोस् »

गुजरात विमानस्थलको छत भत्कियो

गुजरात,१५ असार । गुजरातको राजकोट विमानस्थलको क्यानेपीको एक भाग भत्किएको छ । विमानस्थल बाहिर भारी वर्षा भएपछि क्यानोपी भत्किएको हो । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार खसेको थियो । शनिबार पनि यस्तै घटना दोहोरिएको छ। गुजरातको राजकोट विमानस्थलबाहिर भारी वर्षापछि क्यानोपीको एक भाग भत्किएको हो । यस दुर्घटनामा कोही घाइते भएको … Continue reading गुजरात विमानस्थलको छत भत्कियो

थप पढ्नुहोस् »

सरकार विरोधी आन्दोलनमा ३० जनाको मृत्यु

केन्या,१५ असार। केन्यामा सरकार विरोधी आन्दोलनमा ज्यान गुमाउनेको सँख्या ३० पुगेको छ । पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ । केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा … Continue reading सरकार विरोधी आन्दोलनमा ३० जनाको मृत्यु

थप पढ्नुहोस् »

मदिरा सेवनबाट मृत्यु हुनेको सँख्या ६३ पुग्यो

बेंगलोर,१३ असार। दक्षिणी भारतको एक सहरमा मदिरा सेवनबाट मृत्यु हुनेको सँख्या ६३ पुगेको छ ।भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ भने तमिलनाडू राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो । घटना गत साताको भएपनि प्रहरीले बिहिबार मात्रै जानकारी गराएको छ । उक्त घटनाले गाउँ नै स्तव्ध भएको … Continue reading मदिरा सेवनबाट मृत्यु हुनेको सँख्या ६३ पुग्यो

थप पढ्नुहोस् »

दिल्लीका मुख्यमन्त्री केजरीललाई सीबीआईले पक्राउ गर्यो

काठमाडौँ,१२ असार। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको छ । कथित मदिरा नीति घोटाला प्रकरणमा सीबीआईले बुधबार बिहान राउज एभिन्यू कोर्ट ९ट्रायल कोर्ट)बाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सीबीआईले मंगलबार राति ९ बजे तिहार जेलमा गएर मदिरा नीतिमा भएको भ्रष्टाचारबारे सोधपुछ गरेको थियो। ईडीले उनलाई सोही आरोपमा मार्च … Continue reading दिल्लीका मुख्यमन्त्री केजरीललाई सीबीआईले पक्राउ गर्यो

थप पढ्नुहोस् »

अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं,११ असार। आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी(ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो। सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता … Continue reading अफगानिस्तान सेमिफाइनलमा

थप पढ्नुहोस् »

वर्षापछिको बाढीका कारण ११ जनाको मृत्यु

हेफेई– चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी र डुबानका कारण विभिन्न बालीमा क्षति पुग्नुका साथै सडकहरू काटिएको छ … Continue reading वर्षापछिको बाढीका कारण ११ जनाको मृत्यु

थप पढ्नुहोस् »

दिल्लीका मुख्यमन्त्री अरविन्द जमानतमा रिहा

काठमाडौ,७ असार। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवा जमानतमा रिहा भएका छन् । मदिरा घोटाला प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरिवालाई अदालतले जमानत दिएको हो। उनलाई दिल्लीको राउज एवेन्यु अदालतले अन्तरिम जमानत दिएको हो । केजरिवाल हाल न्यायिक हिरासतमा रहेका छन् । उनी दिल्लीको तिहाड जेलमा छन् । अदालतले जमानत दिएसँगै उनी भोलि थुनामुक्त हुन सक्ने … Continue reading दिल्लीका मुख्यमन्त्री अरविन्द जमानतमा रिहा

थप पढ्नुहोस् »