समाचार

सौरवको ‘लज्जावती’ शुक्रबारदेखि हलमा

दाङ,२८ साउन। दाङका युवा सौरव वलीद्वारा निर्मित चलचित्र ‘लज्जावती’ भोली शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्र प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा प्रेम, भावना र जीवनका विभिन्न उतारचढावलाई प्रस्तुत गरिएको छ। चलचित्र पत्रकार संघ दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा संघका केन्द्रीय सदस्य ध्रुवराज न्यौपानेले दाङकै … Continue reading सौरवको ‘लज्जावती’ शुक्रबारदेखि हलमा

थप पढ्नुहोस् »

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या चार पुग्यो, अझै ८ जना बेपत्ता

रोल्पा,२८ साउन। रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। जिल्लाको थबाङ गाउँपालिका-५ कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको हो । पहिरोमा परेर अझै आठ जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन्। गएराति पौने ९ बजे घरमाथिबाट अचानक खसेको पहिरोले स्थानीयका ६ वटा घर तथा गोठ पुरेको थियो। … Continue reading रोल्पा पहिरो: मृत्यु हुनेको संख्या चार पुग्यो, अझै ८ जना बेपत्ता

थप पढ्नुहोस् »

प्यूठानका विभिन्न खोला किनारमा पाँच शव फेला

प्यूठान,२८ साउन । प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये तीन पुरुष र दुई महिलाको रहेको प्रहरीले जनाएको छ। बिहान करिब साढे ७ बजे स्वर्गद्वारी नगरपालिका-९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको थियो। त्यसपछि स्वर्गद्वारी नगरपालिका-३ किमिचौरस्थित माडी खोला किनारमा शरीरको माथिल्लो … Continue reading प्यूठानका विभिन्न खोला किनारमा पाँच शव फेला

थप पढ्नुहोस् »

लागूऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

दाङ,२८ साउन । दाङको तुलसीपुरमा लागूऔषध दुर्व्यसन तथा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा उक्त कार्यक्रम गरिएको हो । तुलसीपुर उपमहानगरपालिका, नगर युवा परिषद् र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजनामा तथा इलाका प्रहरी कार्यालय तुलसीपुर र दिव्यकुञ्ज एकेडेमीको सहकार्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दिव्यकुञ्ज एकेडेमीमा सचेतना कार्यक्रम आयोजना गरिएको हो। … Continue reading लागूऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु,दुई गम्भीर घाइते

रोल्पा,२८ साउन । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ८ः४० बजे माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन्। पहिरोमा … Continue reading पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु,दुई गम्भीर घाइते

थप पढ्नुहोस् »

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता: दुई घाइते

दाङ,२७ साउन । भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरहनजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो। प्रहरीका अनुसार बालुसंग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा जिप दुर्घटनामा परेको हो। बेपत्ता हुनेमा जिप चालक दाङका २३ वर्षीय … Continue reading भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता: दुई घाइते

थप पढ्नुहोस् »

औषधि वितरण प्रणाली सुधार गर्न १३ बुँदे प्रस्ताव पेश

दाङ,२७ साउन । औषधिको वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेपाल औषधि थोक व्यवसायी संघले औषधि व्यवस्था विभागसमक्ष १३ बुँदे प्रस्ताव पेश गरेको छ। संघका केन्द्रीय अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीसमक्ष सुझावपत्र बुझाएको हो। सुझावपत्रमा औषधिको वितरण प्रणाली, व्यवसायीको भूमिका, भुक्तानी, मार्जिन, ह्यान्डलिङ शुल्क तथा सरकारी खरिद प्रक्रियासहितका … Continue reading औषधि वितरण प्रणाली सुधार गर्न १३ बुँदे प्रस्ताव पेश

थप पढ्नुहोस् »

श्रीमानले लगाइदिए पेट्रोल छर्किएर श्रीमतीको शरीरमा आगो

सुर्खेत,२७ साउन। सुर्खेतमा एक पुरुषले श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाइदिँदा एक महिला घाइते भएकी छन्। सुर्खेतको भेरीगंगा नगरपालिका-१३ रामघाटमा श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिएका हुन्। मंगलबार साँझ करिब ५ बजे ४९ वर्षीय जयबहादुर रानाले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगो लागेपछि उनकी छोरी पुष्पा रानाले आगो … Continue reading श्रीमानले लगाइदिए पेट्रोल छर्किएर श्रीमतीको शरीरमा आगो

थप पढ्नुहोस् »

निर्णय प्रक्रियामा युवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

दाङ,२६ साउन। युवालाई नेतृत्व तहमा स्थापित गर्दै स्थानीय तहदेखि नीति निर्माण र निर्णय प्रक्रियासम्म उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवस- २०२६ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ तुलसीपुरमा आयोजित युवाका सवाल, सम्भावना र चुनौती विषयक अन्तरसंवादमा सहभागीहरुले युवा सहभागितालाई औपचारिकतामा सीमित नराखी … Continue reading निर्णय प्रक्रियामा युवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

थप पढ्नुहोस् »

सुरसरी र सप्तरी प्रदर्शनमा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने

काठमाडौ,२६ साउन । सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । साउन १० गते … Continue reading सुरसरी र सप्तरी प्रदर्शनमा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने

थप पढ्नुहोस् »