समाचार

प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ माथि भ्रष्टाचारको मुद्दा

दाङ,२३ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पूर्वउपकुलपति डा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अनुसन्धानका क्रममा खरिद प्रक्रियामा अनियमितता पाइएको र सोही आधारमा डा. भण्डारीसहित १३ जनामाथि १२ करोड सात लाख ६० हजार रुपैयाँ … Continue reading प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ माथि भ्रष्टाचारको मुद्दा

थप पढ्नुहोस् »

अस्पतालमा बेड अभाव, कुर्चीमै राखेर उपचार

दैलेख, २३ असोज । बिरामीको चाप अत्यधिक बढेसँगै जिल्ला अस्पताल दैलेखले बिरामीहरूलाई कुर्चीमै राखेर उपचार गर्न थालेको छ। २०४२ सालमा ओपीडीका रूपमा बनेको साँघुरो भवनमा बेड अभाव भएपछि यस्तो अवस्था आएको हो। १५ शैय्याको क्षमता रहेको उक्त अस्पतालमा हाल ५८ बेडसम्मको व्यवस्थापन गरी सेवा दिइँदै आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा। मनोज विश्वकर्माले जानकारी … Continue reading अस्पतालमा बेड अभाव, कुर्चीमै राखेर उपचार

थप पढ्नुहोस् »

१० प्रर्दशनकारी पक्राउ

काठमाडौं, २३ असोज । जेनजी आन्दोलनमा धोका भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १० जनाभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । बिहानैदेखि माइतीघर–बानेश्वर क्षेत्र वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले जनशान्ति र सुरक्षाको दृष्टिले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको … Continue reading १० प्रर्दशनकारी पक्राउ

थप पढ्नुहोस् »

कर्णाली नदीमा एक महिलाको शव फेला

हुम्ला, २३ असोज । कर्णाली नदी किनारमा एक युवतीको शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका–धुलाचौर नजिकै कर्णाली नदीको छेउमा बुधबार बिहान शव देखिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । प्रहरीका अनुसार शव बिहान ९ बजे मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा यो शव असोज १० गतेदेखि … Continue reading कर्णाली नदीमा एक महिलाको शव फेला

थप पढ्नुहोस् »

तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

काठमाडौं, २३ असोज। अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशका तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीले कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात पूर्णरूपमा ठप्प भएको जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार सबैभन्दा बढी प्रभाव कोशी प्रदेशमा परेको छ। संखुवासभाका दुई स्थानमा कोशी राजमार्ग, इलाममा मेची … Continue reading तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

सर्वोच्चमा अझै नियमित सुनुवाइ ठप्प

काठमाडौँ, २३ असोज। जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि सर्वोच्च अदालतले हालसम्म बन्दीप्रत्यक्षीकरण बाहेकका नियमित प्रकृतिका मुद्दामा सुनुवाइ सुरु गर्न सकेको छैन । आगलागीबाट पूर्ण रूपमा क्षति पुगेको सर्वोच्चले हाल पाल टाँगेर बन्दी प्रत्यक्षीकरण निवेदन मात्र हेर्दै आएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार दसैँपछि नियमित सुनुवाइ सुरु गर्ने तयारी भए पनि इजलास … Continue reading सर्वोच्चमा अझै नियमित सुनुवाइ ठप्प

थप पढ्नुहोस् »

फरार रहेका तीन कैदी पक्राउ

दाङ, २२ असोज । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका सुर्खेतको लेकवेशी नगरपालिका–२ का गिरबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका दमाई सुर्खेतमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथोकीका अनुसार फरक मुद्दामा फरार रहेका … Continue reading फरार रहेका तीन कैदी पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरका ब्यबसायी रिजालको निधन

दाङ, २२ असोज । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ व्यवसायी हेमन्त रिजालको अमेरिकामा निधन भएको छ। ६६ वर्षीय रिजालको अमेरिकाको क्यालिफोर्नियामा उपचारका क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए। एक वर्षअघि उपचारका लागि अमेरिकामा पुगेका रिजाल त्यहाँ छोरी–ज्वाइँसँग बस्दै आएका थिए। तुलसीपुर क्षेत्रको व्यापार विस्तार र … Continue reading तुलसीपुरका ब्यबसायी रिजालको निधन

थप पढ्नुहोस् »

‘तुलसीपुर रिडर्स क्लब’ को अध्यक्षमा खड्का

दाङ,२२ असोज । दाङको तुलसीपुरमा ‘तुलसीपुर रिडर्स क्लब’ गठन भएको छ । मंगलबार तुलसीपुरमा सम्पन्न भेलाले अमर खड्कालाई संयोजक बनाएको हो ।पठन संस्कृतिको विकासका लागि उक्त क्लव गठन गरिएको हो । विषेश गरि पठन संस्कृतिको विकास गर्दै नयाँ श्रष्टाहरुलाई प्रोत्सहन गर्ने लक्ष्य राखिएको छ । श्रष्टाका लेख रचना वाचन गर्ने, तुलसीपुर क्षेत्रमा साहित्कि गतिबिधिलाई थप … Continue reading ‘तुलसीपुर रिडर्स क्लब’ को अध्यक्षमा खड्का

थप पढ्नुहोस् »

दसैँ अवधिमा एक करोड बढी मुल्यको खाद्यान्न बिक्री

सुर्खेत,२२ असोज । कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेतले दसैँ अवधिमा एक करोडभन्दा बढी मूल्य बराबरको खाद्यान्न बिक्री गरेको छ। भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको कम्पनीले दुई साताको अवधिमा रु १ करोड १३ लाख ५ हजार ७९१ बराबरको खाद्यान्न बिक्री गरेको जनाएको छ। यसअघि दैनिक करिब रु १ लाखको … Continue reading दसैँ अवधिमा एक करोड बढी मुल्यको खाद्यान्न बिक्री

थप पढ्नुहोस् »