माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट ६ शव निकालियो
रसुवा । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो। घटनास्थलमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।