समाचार

शिक्षामन्त्री बने रघुजी पन्त

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीले गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेका हुन्। स्वास्थ्यको कारण देखाउँदै विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त … Continue reading शिक्षामन्त्री बने रघुजी पन्त

थप पढ्नुहोस् »

विमानस्थल सञ्चालन हुनुपर्छ : मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे दिगाे सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताएका छन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दीगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको उल्लेख … Continue reading विमानस्थल सञ्चालन हुनुपर्छ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा सारेको हो। बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी निर्णय गरिने बताए।  त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा … Continue reading कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

थप पढ्नुहोस् »

बजेट जनमुखी बनाउन मुख्यमन्त्रीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनमुखी बजेट बनाउन निर्देशन दिएका छन । जनसन्देश दिनेगरी बजेट तर्जुमा गर्न सोहि अनुसार नीति ल्याउन मातहतका निकायलाई निर्देशन दिएका हुन  । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा  आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्रीले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना … Continue reading बजेट जनमुखी बनाउन मुख्यमन्त्रीको निर्देशन

थप पढ्नुहोस् »

युवतीमाथि गोली प्रहार

दाङ। बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ । रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय … Continue reading युवतीमाथि गोली प्रहार

थप पढ्नुहोस् »

दाङमा ६ घन्टामा ५६ मिलिमिटर पानी पर्यो

दाङ । पश्चिम नेपालमा निरन्तर बर्षा भइरहेको छ ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पानी दाङमा परेको छ । दाङमा पछिल्लो ६ घन्टामा ५६ मिलिमिटर पानी परेको छ । अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको छ ।पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर … Continue reading दाङमा ६ घन्टामा ५६ मिलिमिटर पानी पर्यो

थप पढ्नुहोस् »

दाङमा सवारी दुर्घटना दुई जनाको मृत्यु

दाङ । दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।पुर्बपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गााउपालिका-५ लठ्ठहवामा  बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगरबाट दाङकाे तुलसीपुर जाँदै गरेकाे बा ३ ख ७९९६ नम्बरकाे बस देउखुरीमा दुर्घटना भएको हो ।दुर्घटनामा कम्तिमा २४ जना घाइते भएका छन ।  मृत्यु हुनेमा घाेराही उपमहानगर … Continue reading दाङमा सवारी दुर्घटना दुई जनाको मृत्यु

थप पढ्नुहोस् »

बैकको स्थापना दिवसमा रक्तदान

दाङ। सिटिजन्स बैंक को १८ औ स्थापना दिबसको अबसरमा सिटिजन्स बैंक  तुलसीपुर शाखाले रक्तदान  कार्यक्रम  गरेको छ। रक्तसन्चार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोगमा  बैंक परिसरमा कार्यक्रममा २० जनाले रक्तादान गरेका शाखा प्रमुख घनश्याम भन्डारीले जानकारी दिए । रगतको अभाबमा कसैले अकालमै ज्यान गुमाउन न परोस भन्ने उद्धेश्यले सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सस्थाले विभिन्न समयमा विविध कार्य … Continue reading बैकको स्थापना दिवसमा रक्तदान

थप पढ्नुहोस् »

बजेट तयारीमा लुम्बिनी, सिलिङ २९ अर्ब

दाङ । लुम्बिनी प्रदेशले यसपटक बजेट खुम्च्याउने भएको छ। आर्थिक वर्ष २०८१/८२ मा महŒवांकाक्षी बजेट ल्याएको लुम्बिनीले घाटाको सामना गरे पनि यस पटक उपयोगी र यथार्थ बजेट ल्याउने तयारी गरेको हो।  आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि चालु आवको भन्दा झन्डै ११ करोड रुपैयाँ कम बजेट ल्याउने सरकारले प्रारम्भिक तयारी गरेको छ। आउँदो आर्थिक वर्षका … Continue reading बजेट तयारीमा लुम्बिनी, सिलिङ २९ अर्ब

थप पढ्नुहोस् »

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

दाङ। l राप्ती राजमार्ग अवरुद्ध भएको छ। दाङ सल्यान रुकुम अन्तर्गतको सडकखण्डमा वर्षाका कारण पहिरो आउँदा राजमार्ग ठप्प भएको हो। वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध हुदा यातायातका साधनहरू बाटोमा रोकिएका छन्। भने आवागमन बन्द रहेको छ । तुल्सीपुर सल्यान सडक खण्डको कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध … Continue reading पहिरोले राप्ती राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »