समाचार

धारापानी महाआरती: भक्तजनहरुको भिड बढ्दै

दाङ,६ साउन। पाण्डवेश्वर महादेव मन्दिर धारापानीले यही श्रावण १ देखि ३२ गतेसम्म संचालन हुने शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती बढ्ने बढ्दै गईरहेको छ । सनातन हिन्दुु धर्मको प्रचारप्रसार तथा मन्दिर परिसर भित्र विभिन्न देवीदेवताका संरचना निर्माणको उद्देश्य राखेर संचालनमा ल्याएको महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती र दानदिव्य बढ्दै गइरहेको मन्दिर व्यवस्थापन … Continue reading धारापानी महाआरती: भक्तजनहरुको भिड बढ्दै

थप पढ्नुहोस् »

विद्यार्थीद्वारा मेट्रो वर्कसप संचालन

दाङ,६ साउन । तुलसीपुर उपमहानगरपालिका द्वारा संचालित मेट्रो कलेजका विद्यार्थीले ´मेट्रो मर्मत केन्द्रसंचालनमा ल्याएका छन् । कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले मर्मत केन्द्र संचालनमा ल्याएका हुन् । मर्मत केन्द्रको उद्घाटन तुलसीपुरका नगर प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष टीकाराम खड्काले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले वर्कसपले विद्यार्थीको पढाइ सँगै सीप र … Continue reading विद्यार्थीद्वारा मेट्रो वर्कसप संचालन

थप पढ्नुहोस् »

देशभर १६ सय बढीमा डेंंगु संक्रमण

काठमाडौँ, ६ साउन । देशभर एक हजार ६५७ मा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गका कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ६५७ जनामा डेंगु पुष्टि भएको जानकारी दिए । इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । … Continue reading देशभर १६ सय बढीमा डेंंगु संक्रमण

थप पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजिनामा

६ साउन, हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो । प्रदेश सभाबाट आफूले … Continue reading बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजिनामा

थप पढ्नुहोस् »

दाङ तुलसीपुर कोरा २०२४ प्रतियोगिता

दाङ, ५ साउन ।दाङ तुलसीपुर कोरा २०२४को प्रतियोगिता सुरु भएको छ । मुख्य प्रायोजक विवाइडी कम्पनि रहेको प्रतियोगिताले  पश्चिम दाङको चिनारीलाई स्थापित गर्ने छ । अरनिको मैदानबाट औपचारिक कार्यक्रम गरि राइडको सुरु गरिएको हो । क्लबका अध्यक्ष रन्जन सिंहको अध्यक्षता तथा त्रिसिद्देस्वरी राप्ती यातायात समितिका अध्यक्ष सुरेश हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । राइडरहरुलाई … Continue reading दाङ तुलसीपुर कोरा २०२४ प्रतियोगिता

थप पढ्नुहोस् »

दाङ तुलसीपुर कोरा २०२४को प्रायोजक विवाइडी

दाङ, ४ साउन ।दाङ तुलसीपुर कोरा २०२४को मुख्य प्रायोजक विवाइडी कम्पनि रहेको छ । शनिवार पश्चिम दाङको चिनारीको लागि हुन लागेको दाङ तुलसीपुर कोरा २०२४को प्रायोजक विवाइडी इलेक्टिक गाडी रहेको विवाइडीका प्रतिनिधि विमल कुमार पौडेलले बताए । विगतका वर्षहरु जस्तै यस वर्ष पनि कोरा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । दाङमा केहि वर्ष देखि कोरा … Continue reading दाङ तुलसीपुर कोरा २०२४को प्रायोजक विवाइडी

थप पढ्नुहोस् »

युएईमाथि नेपालले ऐतिहासिक जित

दाङ,४ साउन  । श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सम्झनाको अर्धसतकश्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईविरुद्ध नेपालकी सम्झना खड्काले अर्धशतक प्रहार … Continue reading युएईमाथि नेपालले ऐतिहासिक जित

थप पढ्नुहोस् »

स्थापना दिवसमा रक्तदान

दाङ,३ साउन। राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले स्थापना दिवस मनाएको छ। समितीले आफ्नो स्थापनाको २८ बर्षको अवधीमा पहिलो पटक स्थापना दिवस मनाएको छ। समितिले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। सो अवसरमा जनाले ३२ जनाले रक्तदान गरेका छन् । जसमा गौरव आचार्य, ईन्दीरा वली, सावित्री चन्द, शिवराज गोराथोकी, एच.पि चन्द, … Continue reading स्थापना दिवसमा रक्तदान

थप पढ्नुहोस् »

सञ्चारिका दाङको अधिवेशन सम्पन्न: अध्यक्षमा अधिकारी

दाङ,२ साउन। सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ। सञ्चारिका जिल्ला अध्यक्ष सुलोचना गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। संञ्चारिका समूहले पत्रकार महिलाहरूको हक हित र क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको सो अवसरमा बोल्ने सहभागीहरूले बताएका थिए। विगतदेखि नै सञ्चारिकाले गर्दै आएको … Continue reading सञ्चारिका दाङको अधिवेशन सम्पन्न: अध्यक्षमा अधिकारी

थप पढ्नुहोस् »

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

दाङ,२ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ।  चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन … Continue reading आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

थप पढ्नुहोस् »