समाचार

नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

दाङ, २२ माघ ।निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।रिक्त २३ पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी … Continue reading नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

थप पढ्नुहोस् »

महायज्ञको लक्ष्य पुरा हुने संकेत

दाङ,२० माघ । तुलसीपुरमा सञ्चालित महायज्ञको ५ करोड आर्थिक संकलनको लक्ष्य पुरा हुने भएको छ । मानव सेवा आश्रमको मानव स्मारक निर्माणार्थ महायज्ञमा ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य लिएको छ । शनिवार दिउँसोसम्म ४ करोड २४ लाख ४० हजार रुपैयाँ आर्थिक संकलन भइसकेको छ । महायज्ञमा लक्ष्य अनुसारको रकम संकलन हुने निश्चित जस्तै भएको … Continue reading महायज्ञको लक्ष्य पुरा हुने संकेत

थप पढ्नुहोस् »

सवारी दुर्घटना हुँदा ३ जना घाइते

दाङ,२० माघ । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । शनिबार बिहान तुलसीपुर ६ भ्याली भ्यु होटेल अगाडी ज्ञानज्योती स्कुलबाट आउदै गरेको रा ५ प ३५१७ नम्बरको मोटरसाइकल र बिपरित दिशातर्फ गइरहेको १ प १६२० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी … Continue reading सवारी दुर्घटना हुँदा ३ जना घाइते

थप पढ्नुहोस् »

अर्घाखाँचीमा जिप दुर्घटना 

दाङ, २० माघ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-२, ढाकावाङ्गको थापाडाडामा जिप दुर्घटना भएको छ । ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको देउराली यातायात ब्यावसायी प्रालि काे लु १ ज १६७९ नम्बरकाे जिप दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

थप पढ्नुहोस् »

महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारबाट १४ लाख सहयोगको घोषणा

दाङ,१८ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारहरुले आर्थिक सहयोगको प्रतिवद्धता गरेका छन् ।मानव सेवा आश्रमको मानव स्मारक निर्माणको सहयोगार्थ महायज्ञमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेत एक कोठा निर्माणमा लाग्ने लागत ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त … Continue reading महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारबाट १४ लाख सहयोगको घोषणा

थप पढ्नुहोस् »

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान,१८ माघ । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान सल्यान बागचौर नगरपालिका ८ कोटमौलाबाट डाँगीगाउँ जादै गरेको रा १ त ३८५७ नम्बरको ट्याक्टर कोटमौला भित्रि सडकखण्डमा दुर्घटना भएको हो दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका ६ वडागाउँका १९ वर्षीय चालक जनक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।कोटमौलाबाट … Continue reading ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

थप पढ्नुहोस् »

महायज्ञको छैठौँ दिन मध्यान्ह्सम्म २ करोड ५८ लाख आर्थिक संकलन

दाङ,१८ माघ । दाङको तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । माघ १३ गतेदेखि तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन भएको महायज्ञमा विभिन्न दानदाताहरुबाट २ करोड ५८ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ महायज्ञ सञ्चालनको छैठौँ दिन बिहिबार मध्यान्ह्सम्म २ करोड ५८ लाख ६८ हजार ७ सय २५ रुपैयाँ आर्थिक सहयोग संकलन … Continue reading महायज्ञको छैठौँ दिन मध्यान्ह्सम्म २ करोड ५८ लाख आर्थिक संकलन

थप पढ्नुहोस् »

मुगु र हुम्लामा हिमपात,किसान खुसी

मुगु,१८ माघ । कर्णालीका दुइ हिमाली जिल्लामा हिमपात र वर्षा भएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र मुगुमा हल्का हिमपात र वर्षा सुरु भएको हो । बुधबार रातिदेखि मुगु र हुम्लाको उच्च लेकाली बस्तीतिर हल्का हिमपात र बेसीमा वर्षा भएको छ । मुगुको पर्यटकीय गन्तव्य रारामा आधा इन्च हिउँ जमेको छ । गत … Continue reading मुगु र हुम्लामा हिमपात,किसान खुसी

थप पढ्नुहोस् »

महायज्ञको चौथो दिन २५ लाख संकलन

दाङ,१६ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञको चौथो दिन २५ लाख बढि आर्थिक संकलन भएको छ । महायज्ञको चौथो दिन मंगलबार विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी २५ लाख २२ हजार ९ सय ९९ रुपैयाँ प्राप्त भएको छ । मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा विदेशबाट समेत आर्थिक सहयोग जुटेको छ । चौथो दिनमा सबैभन्दा … Continue reading महायज्ञको चौथो दिन २५ लाख संकलन

थप पढ्नुहोस् »

पाष्टर महतरा दम्पत्तीको महायज्ञमा सहयोग,भन्छन् -“मानवता भन्दा ठुलो धर्म छैन “

दाङ,१६ माघ । मानव सेवा आश्रमको आयोजनामा तुल्सीपुरमा संचालित महायज्ञमा समाजसेवी तथा चर्चका पास्टर महतरा दम्पत्तिले आर्थिक सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६का टोप बहादुर महतरा र गिता महतराले २५ हजार १ सय ५ रुपैयाँ महायज्ञमा आर्थिक सहयोग गरेका हुन् ।महतरा तुलसीपुरको दमारगाउँमा रहेको चर्चको पाष्टर हुन । महताराले हिन्दू धर्मा अनुसार सञ्चालित श्रीमद्भागवत सप्ताह … Continue reading पाष्टर महतरा दम्पत्तीको महायज्ञमा सहयोग,भन्छन् -“मानवता भन्दा ठुलो धर्म छैन “

थप पढ्नुहोस् »