समाचार

दाङमा जेठ १५ गतेसम्म लकडाउन थप

दाङ। दाङमा दुई हप्ता लकडाउन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नुका साथै ज्यान जानेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । दाङमा वैशाख १७ गतेदेखि लकडाउन हुँदै … Continue reading दाङमा जेठ १५ गतेसम्म लकडाउन थप

थप पढ्नुहोस् »

कर्णालीमा दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल … Continue reading कर्णालीमा दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

थप पढ्नुहोस् »

रहेनन कलाकार भुसाल

दाङ। दाङका कलाकार सन्दिप भुसालको कोरोना संक्रमणबाट निधन भएको छ । तुलसीपुर ६ घर भएका भुसालको कोरोनाबाट संक्रमित भइ काठमाण्डौ स्थित मेडिसिटि अस्पतालमा उपचार गराईरहेको बेला निधन भएको हो । उनले थुप्रै टेलिसिरियल देखि लिएर थुप्रै नेपाली चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका थिए भने ‘बाचा’, ‘पुरानो हुदैन माया’ लगायतका नेपाली चलचित्रहरुको निर्माण समेत गरिसकेका थिए … Continue reading रहेनन कलाकार भुसाल

थप पढ्नुहोस् »

काेराेनाबाट थप २२५ जनाकाे ज्यान गयाे, ९ हजार ४८३ जना सङ्क्रमित

काठमाण्डाै । कोरोना सङ्क्रमणका कारण नेपालमा थप २२५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टा र यसअघिको विवरणसहित थप दुई सय २५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ८४ पुगेको छ । यस्तै २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २० … Continue reading काेराेनाबाट थप २२५ जनाकाे ज्यान गयाे, ९ हजार ४८३ जना सङ्क्रमित

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासकाे मत

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको छ । संविधानको धारा १ सयको उपधारा १ बमोजिम उहाँले संसदमार्फत विश्वासको मत लिन असफल हुनुभएको हो । बैठकमा जम्मा खसेको २ सय ३२ मतमध्ये प्रधानमन्त्री ओलीले ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै विपक्षमा १ सय २४ जनाले मत हालेका … Continue reading प्रधानमन्त्री ओलीले पाएनन् विश्वासकाे मत

थप पढ्नुहोस् »

दाङमा श्रीमानको खुँडा प्रहारबाट श्रीमतिको ज्यान गयो

दाङ। दाङमा श्रीमानले खुँडा प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । गढवा गाउँपालिका वडा नं. २ का ४० बर्षीय धनिराम चौधरीले ४३ बर्षीय श्रीमति सीता चौधरीलाई खुँडा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।‘आपसी बिबादमा श्रीमानले श्रीमतिमाथि खुँडा प्रहार गरेको र लमही तर्फ उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु … Continue reading दाङमा श्रीमानको खुँडा प्रहारबाट श्रीमतिको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरमा अटो एम्बुलेन्स सुरु

दाङ।तुलसीपुर उपमहानगरपालिकामा अटोलाई एम्बुलेन्सका रुपमा सन्चालन गर्ने गरि तयारी गरिएको छ । तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटोल संचालकसंग समन्वय गरेर ९ वटा अटोलाई लकडाउन भरी एम्बुलेनसका रुपमा प्रयोग गर्ने गरी तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए । तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामहरुसंग चर्को भाडा … Continue reading तुलसीपुरमा अटो एम्बुलेन्स सुरु

थप पढ्नुहोस् »

दाङमा १ हप्ता लकडाउन थप

दाङ । कोरोना माहामारीको संक्रमण तिव्र गतिमा फैलिएको भन्दै दाङमा १ हप्ता लकडाउन थपिने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले हाल जारी लकडाउनलाई आउदो जेठ १ गते सम्म लम्ब्याउने निर्णय गरेको हो । यस अघि गएको बैशाख १७ गते विहान ६ … Continue reading दाङमा १ हप्ता लकडाउन थप

थप पढ्नुहोस् »

शान्तिनगरमा थप ७ जनामा कोरोना पुष्टि

दाङ। दाङको शान्तिनगर गाउँपालिकामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको पीसीआर परीक्षणमा ५ जना र एन्टिजेन परीक्षणमा २ जना गरि ७ जनामा संक्रमण देखिएको हो ।यस्तै शान्तिनगरमा सक्रिय संक्रमितको संख्या ५१ पुगेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो । शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा ६ … Continue reading शान्तिनगरमा थप ७ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

कोरोनाबाट एकैदिन ५५ जनाको ज्यान गयो, थप ७६६० जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो एकैदिन मृत्यु भएका संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा ७ हजार ६ सय ६० जनामा नयाँ … Continue reading कोरोनाबाट एकैदिन ५५ जनाको ज्यान गयो, थप ७६६० जनामा संक्रमण

थप पढ्नुहोस् »