समाचार

अतिक्रमित जग्गाको लगत विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौ,३१ वैशााख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले परिपत्र जारी गर्दै अस्पताल तथा प्रतिष्ठानहरूलाई आफ्नो जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार यकिन गर्न र कुनै प्रकारको अनधिकृत संरचना निर्माण वा अतिक्रमण भएको भए त्यसको … Continue reading अतिक्रमित जग्गाको लगत विवरण पठाउन मन्त्रालयको निर्देशन

थप पढ्नुहोस् »

सुकुम्बासीलाई मासिक १५ हजार

काठमाडौ,३१ वैशाख। सरकारले सुकुम्बासीलाई मासिक १५ हजार रुपैयाँ उपलव्ध गराउने भएको छ । वास्तविक सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी बसोबास व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको हो। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी दिएका हुन्। समिति सभापति हरि ढकालका अनुसार … Continue reading सुकुम्बासीलाई मासिक १५ हजार

थप पढ्नुहोस् »

नीति तथा कार्यक्रममाथिको छलफल सुरु

काठमाडौ,३१वैशाख। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गर्दै बुधबार बैठक अवरुद्ध गरेका विपक्षी दलहरूले आज भने छलफल सञ्चालन गर्न दिएका छन् । नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराएका सांसदहरूले आफ्ना प्रस्ताव प्रस्तुत गरिरहेका छन् । बैठकको सुरुवातमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल … Continue reading नीति तथा कार्यक्रममाथिको छलफल सुरु

थप पढ्नुहोस् »

सुनचाँदीको भाउ फेरि बढ्यो

दाङ,३१ वैशाख। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यही सुन तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। … Continue reading सुनचाँदीको भाउ फेरि बढ्यो

थप पढ्नुहोस् »

लमहीका प्रशासकीय अधिकृत डाँगीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा

दाङ,३१ वैशाख। झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला तीन उपसचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समितिमा संकलित राजस्व रकम हिनामिना गरिएको प्रकरणमा अख्तियारले हाल लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका गेहेन्द्रबहादुर डाँगी, नगर विकास समितिका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल र नरहरि … Continue reading लमहीका प्रशासकीय अधिकृत डाँगीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा

थप पढ्नुहोस् »

एकै कक्षाका तीन विद्यार्थी बेपत्ता

काठमाडौ,३० वैशाख । रौतहटमा एकैसाथ तीन विद्यार्थी सम्पर्कविहिन भएका छन् । कटहरिया नगरपालिकाको बजार क्षेत्रबाट एकै कक्षामा अध्ययनरत तीन बालक तीन दिनदेखि बेपत्ता भएपछि परिवारसँगै प्रहरी प्रशासन पनि तीव्र खोजीमा जुटेको छ। कटहरिया–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकिल अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार र भरत दास सरभंगका १२ … Continue reading एकै कक्षाका तीन विद्यार्थी बेपत्ता

थप पढ्नुहोस् »

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

गुल्मी,३० वैशाख ।श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।गुल्मीकोईस्मा गाउँपालिका–६ साहुघर बस्ने ४५ वर्षीय थमनबहादुर कुमाललाई उनकी ४३ वर्षीया श्रीमती एमी कुमालको हत्या गरेको आरोपमा मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थमनले कुटपिट गर्दा एमी गम्भीर घाइते भएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट धनार्जेबाट खटिएको टोलीले उनलाई … Continue reading श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

थप पढ्नुहोस् »

बालविवाह मुक्त अभियानबारे सार्वजनिक सुनुवाईः सामाजिक व्यवहार अझै मुख्य बाधक

दाङ,३०वैशाख । बालविवाह कानुनी रुपमा निषेधित भएपनि समुदायमा भने सामाजिक अभ्यासजस्तै गरेर  स्वीकार गर्दा न्यूनीकरण  हुन नसकेको  सरोकारवालाहरुले  बताएका छ्न । बालविवाह हुँदा विवाहको निमन्त्रणा स्वीकार गर्ने, भोज खाने र मौन समर्थन गर्ने प्रवृत्तिले बालविवाह अन्त्यका प्रयासलाई कमजोर बनाइरहेको उनीहरुले बताए । दंगीशरणको चखौरामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाले सामाजिक सोच र व्यवहार परिवर्तन हुन … Continue reading बालविवाह मुक्त अभियानबारे सार्वजनिक सुनुवाईः सामाजिक व्यवहार अझै मुख्य बाधक

थप पढ्नुहोस् »

अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयन भएनन्: सांसद श्रेष्ठ

काठमाडौ,२९ वैशाख । सांसद भुमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले संविधानले दिएको अधिकार प्राप्त नभएको बताएकी छन् । उनले आफ्नो समुदायका लागि कानुन निर्माणमा ढिलाइ भएको र अधिकार कार्यान्वयन नभएको बताएकी हुन् । उनले दशकौँदेखि उक्त समुदाय ओझेलमा परेको उल्लेख गर्दै संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन … Continue reading अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयन भएनन्: सांसद श्रेष्ठ

थप पढ्नुहोस् »

एसईई नतिजामा सुधारः ६५.९८ प्रतिशत ग्रेडेड

दाङ,२९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्षको तुलनामा सुधार देखिएको छ। यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने गत वर्ष ६१.८१ प्रतिशत मात्र ग्रेडेड भएका थिए। बोर्डका शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यस वर्ष नतिजामा करिब ४.१७ प्रतिशतले सुधार आएको हो। यस वर्ष कुल … Continue reading एसईई नतिजामा सुधारः ६५.९८ प्रतिशत ग्रेडेड

थप पढ्नुहोस् »