फिचर

रुपन्देही–३ मा कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जनाको सिफारिस

दाङ,२४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले पूर्वमन्त्री बालकृष्ण खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीलाई प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस गरेको छ। साथै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) को नाम सिफारिस … Continue reading रुपन्देही–३ मा कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जनाको सिफारिस

थप पढ्नुहोस् »

प्रधानमन्त्रीलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

काठमाडौं, २४ मंसिर। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घ सहित देशभरका नागरिक समाज, संघसंस्था र मानवअधिकार अभियन्ताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई समसामयिक विषयसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका छन्। महासङ्घका अध्यक्ष अर्जुन भट्टराईका अनुसार पत्रमा लोकतन्त्र, संविधान र मानवअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको सुनिश्चितता, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा स्वच्छ र भयरहित निर्वाचनको माग राखिएको छ। … Continue reading प्रधानमन्त्रीलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

थप पढ्नुहोस् »

आन्दोलनका कारण रोकिएको भन्सार जाँचपास पुनः सुरु

काठमाडौं,२४ मंसिर । भन्सार एजेन्टको आन्दोलनका कारण रोकिएको भन्सार जाँचपासको काम फेरि शुरू भएको छ। आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्ता सकारात्मक भएपछि आन्दोलन रोकिएको हो। महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति जारी गर्दै, भन्सार विभागले माग सम्बोधनका विषयमा सकारात्मक प्रतिक्रिया दिएकोले ‘पेनडाउन’ कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन्। भन्सार विभागले पनि विज्ञप्ति … Continue reading आन्दोलनका कारण रोकिएको भन्सार जाँचपास पुनः सुरु

थप पढ्नुहोस् »

तुलसीपुरमा सडक खाना महोत्सव सुरु

दाङ,२३ मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडकखाना महोत्सव सुरु भएको छ । नेवार समुदायको संस्कार र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले उक्त खाना महोत्सव सुरु भएको हो। मङ्गलबार एक औपचारिक कार्यक्रमका बीच खाना महोत्सवको उद्घाटन समेत गरिएको छ। महोत्सवमा नेवारी परिकार, कला तथा सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ … Continue reading तुलसीपुरमा सडक खाना महोत्सव सुरु

थप पढ्नुहोस् »

राप्रपा इलाम अध्यक्षसहित १५ जना पक्राउ

काठमाडौ,२३ मंसिर । इलाममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्रपाका इलाम जिल्ला अध्यक्ष टीकाराम चौहानसहित इलाम, झापा र ताप्लेजुङका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतको म्याद थपेर अनुसन्धान जारी … Continue reading राप्रपा इलाम अध्यक्षसहित १५ जना पक्राउ

थप पढ्नुहोस् »

टरिगाउँ विमानस्थलबाट असहाय,अशक्तलाई छुट

दाङ ,२३ मंसिर । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट काठमाडौं यात्राका लागि असहाय, अपाङ्ग, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष भाडा छुट दिने व्यवस्था गरेको छ। एयरलाइन्सका प्रमुख बलबहादुर सुनारका अनुसार दाङ–काठमाडौं उडानको सामान्य भाडा रु ८,७७५ रहेकामा छुट पाउने वर्गका यात्रुले रु ७,६४५ मात्र तिर्नुपर्छ। हाल टरिगाउँबाट हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र … Continue reading टरिगाउँ विमानस्थलबाट असहाय,अशक्तलाई छुट

थप पढ्नुहोस् »

लोकतन्त्र कमजोर भए मानवअधिकार संकटमा पर्छ: गृहमन्त्री अर्याल

काठमाडौं,२२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार सुनिश्चिततामा गम्भीर चुनौती उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्। ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एक अर्काका परिपूरक भएकाले लोकतन्त्र सुदृढ भए मात्र मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए। उनका अनुसार प्रतिनिधिसभा निर्वाचन … Continue reading लोकतन्त्र कमजोर भए मानवअधिकार संकटमा पर्छ: गृहमन्त्री अर्याल

थप पढ्नुहोस् »

तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने

दाङ,२० मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने भएको छ। महोत्सवको उद्देश्य, मिति, स्थान र प्रमुख आकर्षणबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले विस्तृत जानकारी दिएको हो। महोत्सव मंसिर २३ देखि २९ गतेसम्म तुलसीपुर–५ (ग) लाईन, उपमहानगरपालिका गेटनजिक आयोजना हुनेछ।‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित हुने महोत्सवमा विभिन्न नेवारी परिकारहरूको … Continue reading तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने

थप पढ्नुहोस् »

कांग्रेसका यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौ,१९ मंसिर । मधेस प्रदेशमा कांग्रेसका प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेससहित ६ राजनीतिक दलको समर्थनमा यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेको … Continue reading कांग्रेसका यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त

थप पढ्नुहोस् »

जेनजी आन्दोलनपछि देउवा र ओलीको पहिलो भेट

काठमाडौं ,१९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच काठमाडौं महाराजगञ्जमा भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली शुक्रबार उनीकै निवास पुगेका हुन्। देउवा र ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको दुवै पक्षको सचिवालयले जनाएको छ। भेटमा देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र ओलीकी धर्मपत्नी … Continue reading जेनजी आन्दोलनपछि देउवा र ओलीको पहिलो भेट

थप पढ्नुहोस् »