जाजरकोट। जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ।
जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार दुर्घटनामा परेको हो।
सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको हो। घटनास्थलमा पुगेको प्रहरीका अनुसार एक जनाको शव निकालिएको छ, भने बाँकी ४ जनाको शव खोलामा देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।
घटनाबारे यकिन विवरण नआइसकेको उनले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस