बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक गणेश ओलीले जानकारी दिए ।
ज्वरो आएपछि सभामुख घर्तीले बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको ओलीले बताए ।
उनका अनुसार सभामुख घर्ती बुटवल रामनगरस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका छन् । सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरेका प्रेस संयोजक ओलीले बताए । यसअघि आज नै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस