मुम्बईसँग दिल्ली ५ विकेटले पराजित


असोज २५, २०७७


दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनायो ।

जितका लागि १६३ रनको लक्ष्य पाएको मुम्बईले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १६६ रन बनायो ।

यो जितसँगै मुम्बई र दिल्लीको समान १० अंक भए पनि नेट रनरेटको आधारमा मुम्बई लिगको शिर्ष स्थानमा उक्लिएको छ भने दिल्ली दोस्रो स्थानमा झरेकोे छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="