दाङमा कोरोनाबाट थप १ जनाको ज्यान गयो


कार्तिक ०७, २०७७


दाङ। दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ad

मालपोत कार्यालय घोराही, दाङमा कार्यरत नायब सुव्वा हिराबहादुर डाँगीको शुक्रबार विहान ३ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

ad

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी डाँगीलाई ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई विहीबार राति एक्कासी स्वासप्रस्वासमा समस्या भएपछि कोरोना बिशेष अस्पताल बेलझुण्डी पुर्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="