काठमाण्डाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिनापछिका लागि सरेको छ ।
नेकपाकाे केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर यही कात्तिक १५ देखि १७ गतेसम्म बोलाएको बैठक आउँदाे मङ्सिर १५ देखि १७ गतेसम्म आयोजना गर्ने तय भएको जानकारी गराउनुभएको हो ।
कोरोना महामारीको बढ्दो प्रकोपका कारण बैठक स्थगित गरेर एक महिनापछिका लागि सारिएको विज्ञप्तिमा उल्लेख छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस