दाङमा मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गयो, दुई घाईते


कार्तिक १३, २०७७


दाङ। दाङमा मोटरसाईकलले  ठक्कर दिदा एक पैदल यात्रीको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।

ज्यान जानेमा लमही २ दोलही बस्ने ७५ बर्षका भरथारी चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

भे १० प १५४९ नम्वरको मोटरसाईकलले पैदल यात्री चौधरीलाई लमही १ नर्ति नजिकै बुधवार अपरान्ह ठक्कर दिदा गम्भिर घाईते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारकै क्रममा बेलुकी साढे छ बजे निधन भएको प्रदेश प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । सोहि दुर्घटनामा परि मोटरसाईकल चालक अछाम बागंगढी गाउँपालिका ५ बस्ने २९ बर्षिय भोला रावल र सवार रुकुम सानो भेरी गाउँपालिका ५ बस्ने २३ बर्षिया उमा केसी घाईते भएका छन् ।

उनीहरुको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="