तुलसीपुरमा सोमवार १६ जनामा कोरोना पुष्टि


कार्तिक १७, २०७७


दाङ। तुलसीपुरमा सोमवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार प्रतिष्ठानमा परिक्षण गर्दा तुलसीपुर वडा नम्वर ५ का ७ जना, वडा नम्वर ६ का ३ जना, वडा नम्वर १६ का ३ जना , वडा नम्वर १७ का १ जना , वडा नम्वर १८ का १ जना र वडा नम्वर १९ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै तुलसीपुरमा हाल सम्म ५१४ जनामा कोरोना संक्रमण रहेको छ । जसमा ३८५ पुरुष र १२९ महिलामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="