काठमाण्डाै । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे आज नेपाल आउन लाग्नुभएको हो ।
नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । आज नेपाल आउने भारतीय सेनाध्यक्षले बिहीबार उच्च तहमा भेटवार्ता गर्नुहुनेछ ।
नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसक्नुभएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस