दाङ। तुलसीपुरमा मंगलबार मात्र ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको स्वावमा पिसिआर परिक्षण गर्दा तुलसीपुरमा थप ३० जना नँया र ४ जनामा पुनः संक्रमण देखिएको छ । थपिएका संक्रमित पुरुष १२ र महिला १८ जना रहेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।
संक्रमण देखिनेमा वडा न २ का १ जना , वडा न ५ का १० जना त्यस्तै ६ का १० जना , १२ का २ जना , वडा न १५ का १ जना , १६ का ३ जना , वडा न १८ मा २ जना र १९ मा १ जना रहेका छन।
यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ६२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २१५ रहेको छ । यस्तै हालसम्म कोरोना मुक्त हुनेको संख्या ४०४ रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस