दाङमा प्रहरी जवानको ज्यान गयो


मङि्सर ०१, २०७७


दाङ। दाङमा ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको ज्यान गयको छ ।

ad

गएको कार्तिक २७ गते बिहान डिउटीको क्रममा एक्कासी चक्कर लाग्यो भनेको ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको उपचारको क्रममा कोहलपुरमा ज्यान गएको हो ।

ad

हापुरेमा कार्यरत प्रहरी जवान जगत बहादुर खत्रीलाई उपचारका लागि तुलसीपुर, घोराही हुँदै कोहलपुर लगिएको थियो ।

प्रहरी जवान खत्रीको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए । विगत एक बर्षदेखि ईप्रका हापुरेमा कार्यरत प्रहरी जवान खत्रीले गाडी चलाउने काम गर्थे ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="