काठ विक्रि वितरणमा प्रतिबन्ध लगाएकोमा वन महासंघद्वारा बिरोध


मङि्सर १२, २०७७


दाङ। सरकारले वन क्षेत्रबाट काठ कटान ओसार पसार तथा विक्रि वितरणमा प्रतिबन्ध लगाएपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल विरोधमा उत्रिएको छ ।

ad

सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय कार्यक्रमअनुसार दाङ सहित देशभरका सबै जिल्ला महासंघले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

ad

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आह्वानमा जिल्ला महासंघ दाङले निमित्त प्रमुख जिल्ला अधिकारी यामबहादुर बुढामगर र डिभिजन वन अधिकृत बिजयराज सुवेदीलाई भेटेर ज्ञापन पत्र बुझाइएको सामुदायिक वन उपभोक्ता महासंघ दाङले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको नेतृत्वमा वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्का, केन्द्रीय सदस्य सावित्रा राना, जिल्ला महासंघका पदधिकारी सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझिसकेपछि निमित्त प्रमुख जिल्ला अधिकारी यामबहादुर बुढामगर र डिभिजन वन अधिकृतहरुले आफूहरुले सम्वन्धित निकायमा ज्ञापनपत्र पठाइदिने बताए ।

महासंघ नेपालका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काले आफूहरुले पहिलो चरणको आन्दोलन अन्र्तगत सांकेतिक रुपमा ज्ञापनपत्र बुझाएको र माग सुनुवाई नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

उक्त ज्ञापनपत्रमा रोकिएका काठ कटान, ओसार पसार र विक्रि वितरण तत्काल खुला गर्नुपर्ने, सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजनामा उल्लेख भए बमोजिम साधारण सभाले गरेको निर्णयअनुसार वन सम्बद्र्धनका कार्यहरु गर्न पाउनु पर्ने, दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता, सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैंगिक समानता र सामाजिक समावेशीकरणलाई समेत ध्यानमा राखि दिगो वन व्यवस्थापन गर्न पाउनु पर्ने, सामुदायिक वनले गर्ने उद्यम, पर्यापर्यटन तथा कृषि वनका कार्यक्रम गरी समृद्धिमा टेवा पुर्याउने र वैज्ञानिक वन व्यवस्थापन कार्यविध, २०७१ खारेज गर्नु पर्ने लगायतका १० बुँदे माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="