दाङ। दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते भएका छन् ।
बबईको भाङाबारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० नम्बरको यात्रु बहाक बस र तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको लु४१प २१३ नम्बरको मोटरसाईकल तुलसीपुर उपमहानगरपालिका–२ कुमालगडीमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । घाइते मध्य एकको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका–९ नुवागाउँ निबासी २३ बर्षका किरन पुन र सल्यानको सारदा नगरपालिका–९ मार्के निबासी २१ बर्षका लक्ष्मण बोहरा घाइते भएका छन् । घाइते मध्य मोटरसाईकल चालक पुनको अवस्था सिरियस रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस