नेकपाको स्थायी समिति बैठक सुरु, ओली भने उपस्थित भयनन


मङि्सर २१, २०७७


काठमाडौ। नेकपाको स्थायी समिति बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने  जानकारी  दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो यी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । शनिबारको सचिवालय बैठककमा पनि ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए ।

ad

सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="