दाङ। दाङको तुलसीपुरमा अटो पल्टिदा २ जना घाइते भएका छन् ।
जसपुरबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ५०४५ नम्बरको अटो वडा नम्बर १२ पुकार पसल नजिकै बिहान ८ः३० बजेको समयमा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ ।
घाइते हुनेमा अटो चालक वडा नम्बर १२ कौवापुर बस्ने वर्ष २० का निशल डागी र अटोमा सवार टरिगाँउ बस्ने वर्ष ७२ का चुडामणी बस्नेत रहेको प्रहरीले बताएको छ ।
घाइते डाँगी को राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ ।
अर्का घाइते बस्नेतको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस